दिक्तेलबारीमा शहरी स्वास्थ्य केन्द्र स्थापना
खोटाङ, मङ्सिर १३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको ग्रामिण क्षेत्र दिक्तेलबारीमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । दिक्तेलको साविक ३ नम्बर वडा दिक्तेलबारीमा स्वास्थ्य केन्द्रको स्थापनासँगै बुधबार औपचारिक उद्घाटन गरिएको हो ।
दिक्तेल बजारमा अवस्थित जिल्ला अस्पतालसम्म आउन उक्त क्षेत्रका मानिसलाई २ घण्टा लाग्ने गरेको छ । बाक्लो जनसंख्या रहेको त्यस क्षेत्रका मानिसलाई आधारभूत स्वास्थ्य सेवा सोही ठाउँबाट प्रदान गर्ने उद्श्यले शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र सञ्चालनकालागि नगरपालिकाले अघिल्लो वर्ष २ कोठे पक्की भवन निर्माण गरेको थियो । मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राई लगायतको उपस्थितिमा स्वास्थ्य केन्द्रको बुधबार औपचारिक उद्घाटन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले...









