Saturday, April 25News That Matters

समाचार

टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते

टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २६ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा आयोजित साबिकको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र महिलातर्फ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले जितेको छ । टेम्मास्थित धिप्लुङ झर्ना न्यु स्टार युवा संस्थाले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिसँगै राजापानीले नगद रु ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ दोस्रो र तेस्रो हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको खुमुम्बु र सोही गाउँपालिकाको वडा नम्बर ७ टेम्मास्थित गोपिलेले क्रमस नगद रु २० हजार र रु १० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष विविचन राईले बताए । महिलातर्फ प्रथम भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले नगद रु ७ हजार ७७७ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो र...
बास्पानीमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, सुङ्देल दोस्रो

बास्पानीमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, सुङ्देल दोस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा आयोजित अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा फुटबल क्लबले जितेको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै नेर्पाले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा बिहिबारबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । शनिबार भएको फाइनल खेलमा सुङ्देल फुटबल क्लबलाई ६–१ गोल अन्रतले हगाउदै नेर्पाले उपाधि जितेको हो । दोस्रो भएको सुङ्देलले नगद रु २० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको खेल संयोजक किरण राईले जानकारी दिए । प्रतियोगिताको सेमिफाईनलिस्ट हुने राईजिङ स्पोर्टस् क्लब बाम्राङ र सप्तेस्वर स्पोर्टस् क्लबलाई नगद रु ६÷६ हजार प्रदान गरिएको छ । उक्त वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राईले...
खोटाङमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

खोटाङमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २४ । खोटाङमा राती १० बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा सञ्चालन हुने देउसी, भैलो, नाचगान जस्ता सांस्कृतिक क्रियाकलाप राती १० बजेसम्म मात्र गर्न पाइने भएको हो । परम्परालाई मर्यादित एवं अनुशासित बनाउन भन्दै राती १० बजे पश्चात देउसी, भैलो नखेल्न एवं नाचगान नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले सूचना जारी गर्दै जानकारी गराएको छ । यस्तै, आतिसवाजी, पटका जस्ता विस्फोटक पदार्थ ओसार–पसार तथा बिक्री वितरण नगर्न पनि प्रशासनले भनेको छ । प्रशासनले जारी गरेको सूचना अवज्ञा गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो । यस्तै, चाडपर्वमा अखाद्य तथा गुणस्तरहिन वस्तु बिक्री नगर्न, जुवातास, सट्टेवाजी, चिट्ठा जस्ता क्रियाकलाप नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न पनि सूचनामा भनिएको छ । यदि कसैले यस्तो गरेको प...
तीर्थालुका लागि त्रि–धार्मिक स्थल हलेसीमा सुविधायुक्त अतिथि गृह

तीर्थालुका लागि त्रि–धार्मिक स्थल हलेसीमा सुविधायुक्त अतिथि गृह

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २२ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब ५ करोडको लगानिमा सुविधायुक्त अतिथि गृह निर्माण गरिएको हो । त्रि–धार्मिक स्थल हलेसीमा आउने तीर्थालुको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका र नेपाल आयल निगमले संयुक्त लगानिमा भवन निर्माण गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ बाट भवन निर्माण गर्न सुरु गरिएको थियो । सुरुमा सबै लगानि आयल निगमको हुने भनिएको थियो । तर आयल निगमबाट रु २ करोडमात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु २ करोड ९६ लाख बजेट विनियोजन गरेर भवन निर्माण सम्पन्न गरेको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कुल लागत रु ४ करोड ९६ लाख (भ्याटसहित) अनिल लक्ष्मि जेभी निर्माण कम्पनीले अतिथि गृह निर्माण गरेर जिम्मा लगाइसकेको छ ।...
खोटाङ : जसले ढिलो मोटरसाइकल चलाउछ, उसले १० हजार जित्ने प्रतियोगिताहुँदै

खोटाङ : जसले ढिलो मोटरसाइकल चलाउछ, उसले १० हजार जित्ने प्रतियोगिताहुँदै

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २२ । खोटाङमा “स्लो राइड” मोटर साइकल प्रतियोगिता हुने भएको छ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल खोटाङको आयोजनामा “स्लो राइड” मोटर साइकल प्रतियोगिता हुन लागेको हो । जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा कात्तिक २४ गते हुने उक्त प्रतियोगितामा प्रथाम हुने ब्यक्तिले रु १० हजार १११ नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने ब्यक्तिले क्रमश रु ६ हजार ६६६, रु ४ हजार ४४४ नगदको साथमा मेडल र प्रमाणपत्र पाउने खेल संयोजक कविराज रिजालले बताउनुभयो । यस्तै, “स्लो राइड” मोटर साइकल प्रतियोगितासँगै हण्डिफोर प्रतियोगिता पनि युवा संघले आयोजना गरेको छ । हण्डिफोरको प्रथम हुने ब्यक्तिले रु ५ हजार ५५५ नगदसँगै मेडल र प्रमाणपत्र पाउने छन् । सोही दिन शुभ दिपावलीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम पनि हुने राष्ट्रिय युवा संघ नेपा...
हलेसी तुवाचुङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकको तलबबाट भूकम्पपीडितलाई सहयोग

हलेसी तुवाचुङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकको तलबबाट भूकम्पपीडितलाई सहयोग

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, कात्तिक २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने तलब कटाएर जाजरकोट र रुकुमका भूकम्पपीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । उनिहरुले पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर रु ११ लाख बढी आर्थिक भूकम्पपीडितलाई सहयोग गरिएको हो । जनप्रतिनिधि, कर्मचारी र शिक्षक गरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको रु ११ लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप पठाइएको नगरपालिकाले जनाएको छ । भूकम्पपीडितका लागि राहतस्वरुप उक्त रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । “कातिक–१७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । यसप्रति हाम्रो नगरपालिका दुःख व्यक्त गर्दछ । यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कातिक–१९ गते बस...
रावा बेसीमा वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज

रावा बेसीमा वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १९ । खोटाङको रावा बेसी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको छ । गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । गाउँपालिकाबाट छनोट भएका पालिका स्तरीय एवं वडाबाट छनोट भएका वडा स्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको हो । चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन भएको बजेटबाट सञ्चालन हुने योजनाहरु उपभोक्ताको सहजताका लागि वडामै पुगेर सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख विनोद राईले बताउनुभयो । कात्तिक १३ गतेबाट सुरु भएको योजना सम्झौता कार्यक्रम १९ गते अर्थात आइतबार (आज) वडा नम्बर ६ हौँचुरमा सञ्चालन भएको थियो । ६ वटा वडा रहेको रावा बेसी गाउँपालिकामा हालसम्म वडा नम्बर ६ हौँचुरसँगै वडा नम्बर २ खार्पा, ४ डुम्रेधारापानी र ५ दुवेकोलका योजनाहरु सम्झौता भइसकेका छन् । वडा नम्बर १ कुभिण्डेमा २१ गते र वडा नम्बर ३ लामिडाँडामा २३...
विद्यालय बन्द गरेर सरस्वती माविका शिक्षकहरु शैक्षिक भ्रमणमा

विद्यालय बन्द गरेर सरस्वती माविका शिक्षकहरु शैक्षिक भ्रमणमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १९ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका छन् । विद्यालय नै बन्द गरेर विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीसहित शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका हुन् । एक साताका लागि कात्तिक १७ गतेबाट समाविको टोली भ्रमणमा निस्किएको बताइएको छ । शिक्षकहरु भ्रमणमा निस्किएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ । नमुना विद्यालयको कार्यक्रम अन्तरगत शिक्षकहरु भ्रमणमा गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्माले बताउनुभयो । ‘उहाँहरु नमुना विद्यालयको कार्यक्रम अन्तरगत भ्रमणमा गएको भन्ने जानकारी नगरपालिकामा आएको छ ।’ उहाँले भन्नुभयो, ‘काम विशेषले केही दिन म पनि बाहिर थिएँ, त्यसैले कहिलेसम्म र कहाँ गएको भन्ने मलाई जानकारी छैन् ।’ हप...
सरस्वती माविको प्रअ नियुक्ति विषयको रिटमा अदालतले दिएन अन्तरिम आदेश

सरस्वती माविको प्रअ नियुक्ति विषयको रिटमा अदालतले दिएन अन्तरिम आदेश

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १६ । खोटाङको दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्रधानाध्यापकको विषयमा परेको रिटमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रकृया मिचेर प्रधानाध्यपक नियुक्त गरेको भन्दै परेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्विीकार गरेको हो । सरस्वती माविमा केशरकुमार राईले प्रअको रुपमा काम गरिरहेको अवस्थामा शिबहरी ढकाललाई प्रअ नियुक्त गरेको भन्दै नगरपालिका, मेयर तीर्थराज भट्टराई, नगर शिक्षा समिति, शिक्षा विकास तथा समन्वय इकाई लगायत विरुद्ध उच्च अदालतमा उत्प्रेषण मिश्रित परमादेश मुद्धा परेको थियो । पाँच वर्षका लागि प्रअको जिम्मेवारी पाएर काम गरिरहेको अवस्थामा नगरपालिकाले विधि मिच्दै अर्को प्रअ नियुक्ती गर्ने निर्णय गरेका कारण अदालतमा रिट हालेको निवर्तमान प्रअ राईको भनाइ छ । तर न्यायाधीश लेखनाथ पौडेल र न्यायाधीश नातिबाबु लामिछानेकोको सं...
कुलमान घिसिङ र एडिबी प्रतिनिधि दूधकोशी जलविद्युत् आयोजना स्थल रभुँवामा

कुलमान घिसिङ र एडिबी प्रतिनिधि दूधकोशी जलविद्युत् आयोजना स्थल रभुँवामा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १५  । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानी कर्ता एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरुले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरिक्षण गरेका छन् । निर्देशक घिसिङसहित एडिबी मनिला हेडक्वाटरबाट रमशे शुक्रमन्याम र एडिबीका नेपाल कन्ट्री डारेक्टर अर्नर्ड कुस्वा बुधबार (आज) आयोजना स्थल रभुँवामा आउनुभएको हो । आयोजनाको पछिल्लो अवस्थाको विषयमा बुझ्न उहाँहरु रभुँवा आउनुभएको प्राधिकरणका उपनिर्देशक एवं दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिनुभयो । उहाँहरुले आयोजनाबाट प्रभावित क्षेत्रका जनप्रतिनिधि र नागरिकसँग छलफलसमेत गर्नुभएको छ । प्रभावित क्षेत्रबाट उपस्थित रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निसा...