दिक्तेल रुपाकोटले पाठेघरको समस्या भएका महिलाको निःशूल्क अप्रेसन गरिदिने
खोटाङ, कात्तिक १४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिदिने भएको छ । काभ्रेस्थित मेमोरीयल अस्पताल बनेपामा लगेर पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिदिने भएको हो ।
सामुदायिक सेवा प्रतिष्ठान मध्यपुरठिमि भक्तपुरको आर्थिक सहयोगमा नगरपालिकाले महिलाहरुको निःशूल्क उपचार गर्न लागेको जनाएको छ । केही समय अघि सबै वडामा पुगेर नगरपालिकाको स्वास्थ्य टोलीले पाठेघर खसेका महिलाहरुको पहिचान गरेको थियो । पहिलो र दोस्रो डिग्रीसम्म समस्या भएका महिलाहरुको पाठेघरमा रिङ प्रेसरी राखेर सोही समयमा उपचार गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । तेस्रो र चौथो डिग्री समस्या भएका महिलाहरु ३२ जना रहेका छन् । उनिहरुको अप्रेसन नै गर्नु पर्ने भएकाले मेमोरीयल अस्पताल लान...









