Saturday, April 25News That Matters

समाचार

उपचार खर्च अभावहुँदा खोटाङकी १७ वर्षीया हेमा अस्ताइन्

उपचार खर्च अभावहुँदा खोटाङकी १७ वर्षीया हेमा अस्ताइन्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ २२ गते । उपचार खर्च अभावहुँदा खोटाङकी १७ वर्षीया हेमा राईको मृत्यु भएको छ । बिरामी भएकी हेमालाई दुई वर्ष अगाडी परिवारले अस्पताल लादा एउटा मिर्गौला फेल भएको रिपोर्ट आएको थियो । पछि उनको दुवै मिर्गौला फेल भएपछि बिहिबार निधन भएको हो । दुई वर्ष अगाडी एउटा मिर्गौला फेल भएको थाहा भएपछि अस्पतालले परिवारलाई उपचारका लागि आर्थिक संकलन गर्न सुझाव दिएको थियो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडा घर भइ हाल भक्तपुर बस्दै आएका हेमाको परिवारले आर्थिक संकलन गर्न सकेनन् । बुवा ओम बहादुर र आमा तुलसाले उपचारका लागि रकम संकलन गर्न नसक्दा अन्ततः छोरी हेमा सधाका लागि बिदा भएकी छिन् । कक्षा ९ मा अध्ययन गरिरहेकी हेमा एउटा मृगौला फेल भएपछि पुनः विद्यालय जान सकिनन् । सामान्य औषधि खाएर घरमै बसिरहेकी हेमाको अर्को पनि मिर्गौला फेल भयो । परिवारले उपचार खर्च जुटाउन नसक्दा म...
राजापानीमा बाघ आतंक एकै दिन दुई बाख्रा र एउटा गाई मार्यो

राजापानीमा बाघ आतंक एकै दिन दुई बाख्रा र एउटा गाई मार्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघले एकै दिन तीन वटा पशुचौपाया मारेको छ । बुधबार जंगलबाट चराएर घर फर्काउदै गर्दा बाटैमा बाघले तीन पशुचौपाया मारेको हो । राजापानीको साविक ७ नम्बर वडा आहालेका फडिन्द्र कट्वालको दुई वटा बाख्रा र सुबास कार्कीको एउटा गाई मारेको हो । स्थानीय टुर्सीउ जंगलबाट चरेर फर्किदा बाटैमा तीन वटै पशुचौपाया मारेको स्थानीय सुबास कार्कीले बताए । बाख्राको केही भाग खाएर गाई खादै गर्दा कार्की लगायतले बाघलाई भेटेका थिए । गाई मारेर खादै गरेको बाघले मान्छेलाईसमेत आक्रमण गरेको कार्कीले बताए । तर चार जना भएकाले बाघले मान्छेलाई केही गर्न नसकेको उनको भनाइ छ । बाघ गत राती गाउँभित्रै पसेको थियो । गाउँमा केही बिगार नगरेको बाघले जंगलबाट गाउँ फर्किदा बाटोमा पशुचौपाया मारेको छ । जसकारण अहिले स्थानीयमा क्रास बढेको कार्कीले बताए । यश अघि पनि बेलाबेलामा बाघले उक्त ...
निजामती कर्मचारी युनियनको स्थापना दिवसमा बिरामीहरुलाई फलफुल वितरण

निजामती कर्मचारी युनियनको स्थापना दिवसमा बिरामीहरुलाई फलफुल वितरण

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा खोटाङमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । जिल्ला अस्पताल खोटाङमा भर्ना भएर उपचार गराइरहेका १८ जना बिरामीहरुलाई मंगलबार बिहान फलफुल वितरण गरिएको हो । युनियनको स्थापना दिवसको अवसरमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा लगायतको फलफुल वितरण गरिएको निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो । युनियनका जिल्ला अध्यक्ष घिमिरेसँगै केन्द्रीय सदस्य अनिल आचार्य र इरन राई, कोशी प्रदेश समिति उपाध्यक्ष भगत आचार्य, सदस्य खेमराज आचार्य, ट्रेड युनियनका जिल्ला सचिव विवेक पराजुली लगायतले फलफुल वितरण गर्नुभएको हो । फलफुल वितरणका तस्विरहरु...
हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १८  । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको आइतबार सार्वजनिक सुनुवाइ गरेको हो । नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा रु ७३ करोड ९० लाख २३ हजार १ सय ८५ अनुमानित बजेट ल्याएको थियो । जसमा कुल बजेटको ८६.६ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९०.५४ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ७८.२८ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा रु १ करोड ११ लाख १५ हजार ७ सय २१ राजश्व संकलन गरेको जनाएको छ । नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवालजवाफ भएको थियो । आइतबार नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन संघीय सांसद राम...
खोटाङ र उदयपुर जोड्ने निर्माणधिन पुलको टावर ढलेपछि सामान बोकेर ६ महिनादेखि ठेकेदार गायब

खोटाङ र उदयपुर जोड्ने निर्माणधिन पुलको टावर ढलेपछि सामान बोकेर ६ महिनादेखि ठेकेदार गायब

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ १४ । खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणधिन रहेको झोलुङ्गे पुलको टावर गत चैतमा ढलेको थियो । केही समयभित्र पुनः टावर निर्माण गर्ने ठेकेदारले प्रतिबद्धता दिए पनि हालसम्म पुल निर्माणको काम भएको छैन् । टावर पुनः निर्माण गर्नुको सट्टा उल्टै टावरको सामान बोकेर ठेकेदार हिडेको स्थानीयको भनाइ छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने उक्त झोलुङ्गे पुल निर्माणको सम्झौता मिति सकिसकेको छ । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको भएपनि ठेकेदारको चरम ढिलासुस्तीको कारण पुल अलपत्र छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत तीन करोड ५० लाखमा पुल निर्माणको जिम्मा लिएका ठेकेदार बशन्त बुढाथोकी अहिले गायब छन् । ढिलासुस्तीमा काम भइरहेदा निर्माण सम्पन्न नहुँदै चैतम...
रावा बेसीका राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो

रावा बेसीका राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १३ । खोटाङको रावाबेँसी गाउँपालिकाका राडीपाखी व्यवसायीले चर्खा र कोरेसो पाएका छन् । राडीपाखी व्यवसायीलाई आवश्यक सामाग्री चर्खा र कोरेसो गाउँपालिकाले प्रदान गरेको हो । गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे, ५ दुवेकोल र ६ हौँचुरका गुरुङ समुदायले यो पेशा गर्दै आएका छन् । गुरुङहरुको पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दैआएका महिलाको व्यवसायीक विकासमा सघाउ पु¥याउन आवश्यक सामाग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बुधबार वडा नम्बर ६ हौंचुरको पोखरी र चाँपखर्क तथा १ कुभिन्डेको गोपिनीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । बिहिबार वडा नम्बर ५ दुवेकोलमा सोही सामाग्री वितरण गरिने उहाँको भनाइ छ । गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रकमले १ सय ७० थान कोरेसो र ५० थान चर्खा खरिद गरिएको गाउँपालिका उपाध्यक्ष कोशिला गुरुङल...
एसईईमा उत्कृष्ट हुने हलेसी तुवाचुङका तीन विद्यालयलाई नगद, उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप

एसईईमा उत्कृष्ट हुने हलेसी तुवाचुङका तीन विद्यालयलाई नगद, उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १३ । हलेसी तुवाचुङ नगरपालिकाले एसईईमा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०७९ को एसईई परिक्षामा नगरपालिका भरी प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय र उत्कृष्ट एक जना विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गरेको हो । नगरपालिका भरीमा सबै भन्दा धेरै (३.२५) जिपिए ल्याउने महेन्द्रद्धोय माध्यमिक विद्यालयकी छात्रा कला राईलाई नगरपालिकाले ल्याप्टप र प्रमाणपत्रले सम्मान गरेको छ । यस्तै १२ वटा माध्यमिक विद्यालय रहेको नगरपालिकामा औसत जिपिएको आधारमा तीन विद्यालयलाई पुरस्कार प्रदान गरिएको नगर शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । (२.३३४) जिपिएसहित महेन्द्रद्धोय माध्यमिक विद्यालय (महादेवस्थान) प्रथम भएको छ । प्रथम हुने विद्यालयलाई नगरपालिकाले रु ५५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरेको छ । यस्तै, (२.१४३) जिपिएसहित सरस्वती माध्यमिक विद्यालय (अर्खौले)...
खोटाङमा व्यावसायिकरुपमा कालिज पालन

खोटाङमा व्यावसायिकरुपमा कालिज पालन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  राजकुमार भट्टराई (सरगम) खोटाङ, भदौ ११ । कालिज भन्ने बित्तिकै हाम्रो दिमागमा कुनै जंगल आउछ । त्यो स्वभाबिक पनि हो, किनकी हामीले कालिज प्राय जंगलमा देखेका छौँ । तर पछिल्लो समय व्यावसायिकरुपमा कालिज पाल्न सुरु गरिएको छ । अहिले देशका धेरै ठाउँमा कालिज पाल्न थालिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा बिगत २ वर्षदेखि कालिज पालन सुरु भएको हो । सुन्तलेका चन्द्रमणी राईको परिवारले यतिबेला व्यावसायिक रुपमा कालिज पालन गरिरहेका छन् । पहिले खेती हुने जग्गा काम गर्ने मान्छे नहुँदा बिस्तारै जंगलमा परिणत भयो । अहिले त्यही जंगलभित्र कालिज पालन र होमस्टे सञ्चालन भइरहेको छ । सुन्तलेको हर्रेचुङ डाँडामा रहेको आफ्नो नम्मबरी जग्गामा चन्द्रमणीले होमस्टे सञ्चालन गर्ने अनि पाहुनालाई अर्गानिक खाना खुवाने सोँच बनाएको बताउनुहुन्छ । सोही समयमा जापानमा रहेका उहाँको छोरा मुकेश राई पनि गाउँमै उद...
दिक्तेल रुपाकोट : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग

दिक्तेल रुपाकोट : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ३२ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको कार्यविधि, नगर शिक्षा ऐन र संघीय शिक्षा ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले सूचना निकालेको हो । खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै साउन ७ गते बसेको नगरकार्यपालिकाको बैठकलले सबै प्रधानाध्यापकलाई हटाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले तत्कालिन प्रधानाध्यापकहरुले निमित्तकोरुपमा विद्यालयको कामकाज गरिरहनु भएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले बुधबार सूचना प्रकाशन गरेको छ । माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका लागि नगरपालिकाले छुट्टा छुट्टै सूचना निकालेको छ । दिक्तेल ...
खोटाङका ६ ठुला योजना अलपत्र, २ अपुरै, १ अन्योलमा

खोटाङका ६ ठुला योजना अलपत्र, २ अपुरै, १ अन्योलमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम)   खोटाङ, साउन ३१ । वर्षौ अघि ठेक्का लागेका खोटाङका ६ वटा ठुला योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिए पनि जिल्लाका ६ ठुलो योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिन लागेका २ वटा ठुला योजना अपुरै छन् । एउटा देशकै ठुलो योजना अन्योलमा अवस्थामा छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको महुरे–फोक्सिन्टार सडक र मध्यपहाडी राजमार्ग अन्तरगत सेखुवा–चखेवाभन्ज्याङ सडकको कालोपत्रे गर्ने ठेक्का सम्झौता वर्षौँ अघि लागेको थियो । सम्झौता म्याद सकिए पनि निर्माण कम्पनीको लापारबाहीका कारण अहिले सडकको अवस्था ह्दयवेधी छ । यी दुई सडकमा दिनमा सयौँ यात्रुहरु आवतजावत गर्छन् । तर सडक हिलाम्मे र खाल्डाखुल्डीहुँदा यात्रुहरुको कन्तबिजोग छ । सडकको अवस्था नाजुकहुँदा बिरामीलाई समयमा अस्पताल लान नसक्ने अवस्था रहेको स्थानीय बताउछन् । ४९ किलोमिटर महुरे–फोक्सिन्टार सडक...