डढेलो गाउँ पस्दा बराहपोखरीका दुई घर जलेर नष्ट, रावाबेसीको ४ ठाउँमा भीषण डढेलो
खोटाङ, वैशाख २७ । खोटाङको बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा डढेलो गाउँ पस्दा दुई घर जलेर नष्ट भएका छन् । डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेर डुम्रेवोटे गाउँका दुई घर र तीन गोठ जलेर नष्ट भएको छ ।
दुई घर र तीन गोठ जलेर नष्टहुँदा अन्दाजी २१ लाख ६६ हजार बराबरको क्षति भएको छ । डुम्रेवोटे मान बहादुर राउतको ढुंगामाटोले बनेको दुई तले दुईवटा घर र बाँसको टाँटीले बनेको एकतले एकवटा बाख्राको गोठ जलेको हो । सोही ठाउँका भिम बहादुर दाहालको एकवटा दुईतले गोठसहित काठपात जलेर नष्ट भएको वडाध्यक्ष ढक बहादुर कार्कीले बताउनुभयो । डढेलो तथा आगलागिका कारण मानवीयत तथा चौपायाँमा क्षति पुगेको छैन ।
मंगलबार बिहान बराहापोखरीकै नापेटारको जंगलबाट सुरु भएको डढेलो अपरान्ह ४ बजे घर नजिक पुगेको थियो । स्थानीयको खबर लगत्तै प्रहरी चौकी बराहापोखरी, इलाका प्रहरी कार्यालय चिसापानी र सशस्त्र प्रहरी बल सुरक्षा बेस ...









