अहिलेको सरकार आगामि वर्षको बजेट ल्याउन नसक्ने अवस्थामा छ
खोटाङ, चैत ९ । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले अहिलेको संघीय सरकारले आगामि आर्थीक वर्ष २०८०\०८१ को बजेट ल्याउन नसक्ने अवस्थामा रहेको दावी गरेका छन् । एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्यक्रममा खोटाङ आएका रायामाझीले यस्तो दावी गरेका हुन् ।
नेकपाकोे सरकार ढालेर बनेका नयाँ सरकारले दुई वर्षको अन्तरालमा महंगी मात्र बढाएको रायमाझीको भनाइ छ । ‘एमालेको सरकार ढालेर अन्य सरकार बनकोे यो दुई वर्ष कहालीलाग्दो छ । महंगी उकालो लागेको छ, तर विकास ठप्प छ । यो सरकार आगामि बजेट ल्याउन नसक्ने अवस्थामा छ, धेरै बजेट कटौती हुनेवाला छ ।’ उनले भने, ‘त्यही पनि यस्तो सरकारमा जान राजनीतिक दलको कुटाकुट छ । राजनीतिमा इमानदारीता भन्ने हराएको छ ।’
तासको जोकरले बाजी मार्छ तर मान्छे जोकर भएर देश खक्तम भएको रायमाझीको टिप्पणी छ । जसले गर्दा देशको राजनीतिमा खतरा देखिएको उनको भनाइ छ । एमाले...








