भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण
राजकुमार भट्टराई (सरगम)
खोटाङ, माघ २२ । खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो ।
२०७८ भदौ १२ गते उक्त विद्यालयमा रहनु भएका एक जना शिक्षक सरुवा भएर गएपछि विद्यालयको पुरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो । कक्षा १–३ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । ३ वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहनु भएको छ ।
विद्यालयमा अन्य शिक्षक नभएपछि विरामी हुँदासमेत विद्यालय जानु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । ‘विद्यालय बन्द गर्न मिलेन, त्यसैले विरामी हुँदा पनि जानु पर्ने समस्या छ । ओढ्ने ओछ्याउने कपडा लिएर जान्छु विद्यालय र आराम गर्दै विद्य...









