हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा आउने
खोटाङ, पुस १० । रावा बेसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्तहिक हाट सञ्चालनमा आउने भएको छ । नेपालमा कोभिड–१९ फैलिएपछि रोकथामको लागि गरिएको बन्दाबन्दीले बन्द भएको साप्ताहिक हाट पुनः सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ ।
१० पुस २०७७ सालमा सुरु भएको हाट कोरोना फैलिएपछि ३ महिना सञ्चालन भएर बन्द भएको थियो । शुक्रबार गाउँपालिका कार्यालयमा बसेको जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, घरेलु महासंघ, अगुवा कृषक लगायत सरोकार निकायको बैठकले यहि पुस २२ गतेबाट हाट सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलेकै स्थान र समयमा साप्ताहिकरुपमा हरेक शुक्रबार हरमटारमा बजार (हाट) लाग्ने गाउँपालिकाका कृषि शाखा प्रमुख मुगाधन राईले जानकारी दिनुभयो ।
हटिया अर्थात साप्ताहिक हाट बन्द भएपछि कोरोना संक्रमितहरुलाई राख्न उक्त स्थानमा गाउँपालिकाले क्यारेन्टाइन निर्माण गरेको थियो । क्वारेन्टाइनको लागि...








