दिक्तेल : निर्वाचन कार्यालय अगाडिको सडक ढलान धमाधम, हेलिप्याडसम्म सडक पुग्दै
खोटाङ, कात्तिक १७ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडक ढलान कार्य धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट लोकसेवा र निर्वाचन कार्यालय हुँदै जिल्ला अस्पताल जाने सडकको ढलान कार्य धमाधम भइरहेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहनेगरी विनियोजन गरेको आर्थीक वर्ष २०७९/८० को रु ५६ लाख ६४ हजारमा उक्त सडक ढलान भइरहेको हो । ३० पौषमा सम्पन्न गर्नेगरी २६ असोजमा सम्झौता भएको सडक ढलानको हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । सोही रकमले अल्छेढुंगाबाट अस्पतालसम्मको सडकमा बिग्रीएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने छ ।
यस्तै, सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकको ट्रयाक खोलि...






