विद्यालयमा ७ जना विद्यार्थी, २४ जनाको नाममा दिवा खाजा र किताब खरिदको रकम
खोटाङ, कात्तिक ५ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जलन्धारा प्राथमिक विद्यालयले विद्यार्थीको गलत डाटा नगरपालिकामा पठाउने गरेको पाइएको छ । विद्यालयमा जम्मा ७ जना विद्यार्थी रहेका छन् । तर विद्यालयले आइएमइएस डाटामा २४ जना भरेर पठाएको पाइएको हो ।
नगरपालिकाका मेयर विमला राई, उप–मेयर रमेश कुमार राउत, शिक्षा शाखा संयोजक पदम बहादुर कार्की लगायतको टोली शुक्रबार विद्यालयको अनुगमन गर्न जादा यस्तो पाइएको मेयर राईले बताउनुभयो । स्थानीय अभिभावकका अनुसार विद्यालयमा ७ जना विद्यार्थीले मात्र नाम दर्ता गराएका छन् । शुक्रबार भने तीन जना मात्र विद्यार्थी विद्यालयमा आएका थिए । विद्यालयमा नाम दर्ता नै नगराएका नक्कली विद्यार्थीको नाम लेखेर शिक्षकले हाजिरीसमेत गर्नेगरेको देखिएको मेयर राईको भनाइ छ ।
विद्यालयले नगरपालिकामा पठाएको शैक्षिक सत्र २०७९/८० को आइएमइएस डाटामा २४ जना विद्यार्थी रहेको उल्लेख गरिए...







