Tuesday, April 28News That Matters

समाचार

खोटाङमा गजलको कार्यक्रम हुँदै

खोटाङमा गजलको कार्यक्रम हुँदै

Banner News 2, कला, साहित्य, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २२ । खोटाङमा गजलको कार्यक्रम हुने भएको छ । अचानो नेपालको आयोजना असोज २५ गते मंगलबार समन्वय समितिको हलमा हुने भएको हो । कार्यक्रममा युवा पुस्ताले रुचाएको गजलकार सुमन स्मारिकाको एकल वाचन रहनेछ । स्थानीय गजलकारहरुले पनि वाचन गर्न पाउने आयोजक समितिले जनाएको छ । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा स्मारिकाले दुई दर्जन गजल वाचन गर्ने अचानो नेपालका अध्यक्ष विशाल बिहानीले बताउनुभयो । गजलकार स्मारिकाले वाचन गरेका गजलहरु युटुवमासमेत चर्चित छन् । ‘जिल्लामा साहित्य क्षेत्रको विकाससँगै साहित्यलाई रुचाउने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गरी गजलको कर्याक्रम आयोजना गरेका छौँ । सबैको साथ र सहयोग मिल्नेछ, कार्यक्रममा स्थानीय गजलकारहरुले आएर गजल वाचन गर्नुहुनेछ, साहित्यलाई अर्थात गजललाई मन पराउनेहरुले आएर सुन्नुहुनेछ भन्नेमा हामी विश्वस्त छ ।’ अध्यक्ष बिहानीले भन्नुभयो । खोटाङमा गजलका कार्यक्...
घनश्याम भूसालले एमाले छाडे, स्वतन्त्र उम्मेदवारी दिने

घनश्याम भूसालले एमाले छाडे, स्वतन्त्र उम्मेदवारी दिने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
असोज २२ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।...
खोटाङ प्रतिनिधि सभामा विशाललाई टिकट, प्रदेशमा पि.के राई र राम दंगाल

खोटाङ प्रतिनिधि सभामा विशाललाई टिकट, प्रदेशमा पि.के राई र राम दंगाल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २१ । एक मात्र प्रतिनिधि सभा रहेको खोटाङमा विशाल भट्टराईलाई एमालेले टिकट दिएको छ । २०७४ को चुनावमा एमालेबाट बामगठबन्धनका साझा उम्मेद्वार बनेका भट्टराई भारी मत पाएर विजयी भएका थिए । पार्टीको संसदीय दलका प्रमुख सचेतकसमेत बनेका भट्टराईलाई पुनः चुनाव लड्न एमालेले टिकट दिएको एमालेका एक नेताले बताए । यस्तै, प्रदेश सभा ‘क’ मा पाँचकर्ण राई (पि.के) लाई पार्टीले टिकट दिएको छ । ०७० सालको चुनावमा सोही क्षेत्रबाट विजयी भएका राईलाई ०७४ को चुनावमा पार्टीले विश्राम दिएको थियो । प्रदेश सभा ‘ख’ मा एमालेका जिल्ला अध्यक्षसमेत रहेका राम दंगालले टिकट पाएका छन् । जिल्लाबाट एकल सिफारिस भएका दंगाललाई टिकट दिने फाइनल भएको एमालेका एक नेताले बताए ।...
खोटाङमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

खोटाङमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १२ । खोटाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम दिक्तेलबाट खार्मी जाँदै गरेको ट्याक्टरबाट खसेर मंगलबार साँझ करीब ७ः३० बजे खार्मीका अन्दाजी ५३ बर्षिय टेक बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गाउँमा किनारा पसल गर्दै आएका राई सामान लिन दिक्तेल आएका थिए । दिक्तेलबाट प्र. १.०२.००३ त १४९२ नम्बरको ट्याक्टरमा सामान लिएर जादै गर्दा सोल्मा डाडाँटोलमा ट्याक्टरको क्याविनबाट खसेर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । अस्पताल ल्याउने बित्तिकै उनको मृत्यु भएको बताइएको छ । बाटो अप्ठेरो भएका कारण गुड्दै गरेको ट्याक्टरबाट खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम बालक रायले बताउनुभयो । राईको शव पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ ।...
खेलाडीहरुको स्तर उन्नतिकालागि वडाद्धारा तालिम सञ्चालन

खेलाडीहरुको स्तर उन्नतिकालागि वडाद्धारा तालिम सञ्चालन

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १० । रावा बेसी गाउँपालिका–१ कुभिण्डेका खेलाडीहरुको स्तर उन्नतीका लागि वडाले तालिम सञ्चालन गरेको छ । वडा भित्रका करीब ३० जना पुरुष भलिबल खेलाडीहरुलाई वडाको आयोजनामा तालिम सञ्चालन भएको हो । असोज १ गतेबाट सुरु भएको तालिम अझै केही दिन सञ्चालन हुने वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । ‘खेल क्षेत्रबाटै खेलाडीहरुले केही गर्न सकुन भन्ने हाम्रो चाहाना हो । त्यसैले विज्ञबाट केही कुरा सिकाउन सक्यौँ भने उनिहरुको क्षमता बढ्छ र माथिल्लो स्थानमा पुग्न सक्लान भनेर तालिमको आयोजना गरेका छौँ ।’ राईले भन्नुभयो । गाउँकै एक विद्यालयको प्राङगणमा सञ्चालन भइरहेको तालिमको सहजिकरण नारायण काजी राईले गरिरहनुभएको छ । यसरीनै तालिम दिदै बेलाबेलामा वडामा खेल प्रतियोगिताको आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउनुका साथै स्तर उन्नतिकोलागि वडा सधै लाग्ने वडाध्यक्ष राईले बताउनुभयो । रावा बेसी– ३ लामिडाँडामा गाउ...
कम्पोष्ट प्लान्ट सञ्चालनमा आउदै, दिक्तेल बजारमा स्पिड ब्रेकर राखिने 

कम्पोष्ट प्लान्ट सञ्चालनमा आउदै, दिक्तेल बजारमा स्पिड ब्रेकर राखिने 

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १० । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२, सोल्मामा निर्माण गरिएको कम्पोष्ट प्लान्ट सञ्चालनमा ल्याउन नगरपालिकाले कार्यविधि बनाएको छ । नगरपालिकाले संघीय अर्थ मन्त्रालयको विशेष अनुदान र प्रदेश सरकारको गरी करिब दुई करोड ७० लाख खर्चमा निर्माण गरेको प्लान्ट अहिले बन्द छ । करौडौँ खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा ल्याउन कार्यविधि तयार गरिएको र नगर कार्यपालिकाको आईतबार कसेको बैठकले (कम्पोष्ट प्लान्ट सञ्चालन कार्यविधि २०७९) स्वीकृत गरेको नगरपालिकाले जनाएको छ । यस्तै, बैठकले अन्य ६ वटा निर्णयहरु पनि गरेको छ । नगरपालिकाको मातहतमा कार्यरत करार कर्मचारीहरुको म्याद पुष मसान्तसम्म कायम राख्ने, कृषि तथा पशु सेवा तर्फका कर्मचारीहरु करारमा पदपूर्ति गर्ने निर्णयलाई बैठकलले अनुमोदन गरेको छ । यस्तै, बालि तथा पशु बीमा अनुदान कार्यक्रम सञ्चालन सम्बन्धमा कृषि बीमा कम्पनि र नगरपालिक...
पर्यटकलाई त्रिधार्मिक स्थल हलेसिको महत्व बुझाउन तालिम दिएर गाइड राखिने

पर्यटकलाई त्रिधार्मिक स्थल हलेसिको महत्व बुझाउन तालिम दिएर गाइड राखिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा पर्यटक गाइड राखिने भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन नगरपालिकाले पर्यटक गाइड राख्ने अवधारणा अघि सारेको हो । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । पर्यटकहरुलाई हलेसीको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तालुजनलाई यसको महत्व तथा वास्तविकता भनिने मेयर विमला राईले बताउनुभयो । ‘विभिन्न धारणाकासाथ हलेसीलाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइए...
म्यादी प्रहरीका लागि खोटाङमा १५ सय बढीको आवेदन, असोज ९ बाट छनोट सुरु हुने

म्यादी प्रहरीका लागि खोटाङमा १५ सय बढीको आवेदन, असोज ९ बाट छनोट सुरु हुने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, ७ असोज । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादि प्रहरीको दरखास्त समय सकिएको छ । गत भदौ ३० गतेदेखि सुरु भएको दरखास्त असोज ६ गते बिहिबार सकिएको हो । खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । जसमा ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक रामबालक रायले बताउनुभयो । दरखास्त समय सकिएसँगै छनोटकालागि जिल्ला प्रहरी कार्यालय खोटाङले सूचना निकालेको छ । स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म दिक्तेलको हेलीप्याडमा सञ्चालन हुने सुचनामा उल्लेख छ । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरिसकेका र पुर्व सुरक्षाकर्मीले भने स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दिन नपर्ने जिल्...
खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउँदै चलचित्र ‘संघार’

खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउँदै चलचित्र ‘संघार’

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज ६ । चलचित्र ‘संघार’ खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने भएको छ । लेखक तथा साहित्यकार प्रयास दुमी राईनिर्देशित संघार दशैं र तिहारलाई लक्षित गरी प्रदर्शन गर्न लागिएको बताइएको छ । चलचित्र दशैंलाई छेको पारेर खोटाङ, उदयपुर र आसपासका जिल्लामा समेत प्रदर्शनमा आउनेछ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको माक्पा, नोरूङ, जलेस्वरी लगायत आसपासका विद्यालयमा, खोटाङकै जन्तेढुंगा गाउँपालिकामा प्रदर्शन गरिने निर्देशक दुमीले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका, बेल्टार बसाहा र भोजपुरको अन्नपूर्ण पानधारे दावा, भोजपुर पाङ्खाङ, चखेवा लगायतका स्थानहरुमा प्रदर्शन गरिने उहाँको भनाइ छ । पुर्वका विभिन्न स्थानमा प्रदर्शन पश्चात चलचित्र संघीय राजधानी काठमाडौँ साथै अन्य देशशरुमा पनि प्रदर्शन गरिनेछ । चलचित्रमा अस्मिता राई, प्रयास दुमी राई, अरुण राई, सुश्मा राई, दुर्गा वान्तावा राई, मनोज राई, अनिशा...
खार्मीका स्थानीय आफै उत्रिय सडक मर्मत गर्न

खार्मीका स्थानीय आफै उत्रिय सडक मर्मत गर्न

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ६ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय सडक मर्मत गर्न आफै उत्रिएका छन् । बर्खाको पानीले गाउँघरका कच्ची सडक ठाउँ ठाउँमा पहिरो र बाढीले अबरुद्ध बनाएपछि स्थानीहरु आफै लागेर सडक मर्मत तथा सफा गरेका छन् । चाडपर्व नजिकीदै गर्दा गाउँमा खाद्यान्न सामान ढुवानी गर्न, एम्बुलेन्स आवतजावत गर्न समस्या भएपछि गाउँले सबै मिलेर सडक मर्मत तथा सफा गरिएको स्थानीय यामकुमार श्रेष्ठले बताउनुभयो । कुटो, कोदालो, बेल्चा, झम्पल लगायतका औजारको सहायतामा खार्मिको कागेनी चौतारादेखि बिसौनी डाँडासम्म करीब ४ किलोमीटर सडक मर्मत तथा सरसफाइ गरिएको उहाँको भनाइ छ । स्थानीय ३० जनाको सहभागितामा खोला खोल्सामा जाली एवं वाल लगाउने र पहिरो गएर पुरीएको ठाउँमा माटो पन्छाउने कार्य गरिएको स्थानीयहरुले बताएका छन् । २०७५ सालमा ट्याक ओपन गरेदेखि अहिलेसम्म उक्त सडक स्तरोन्नती गर्न सम्बन्धित निकायको चासो नगएको...