लैनसिं बाङ्देलको प्रतिमा स्थापना गर्ने किरात राई यायोक्खा खोटाङको घोषणा
खोटाङ, असोज ६ । किरात राई यायोक्खा खोटाङले चर्चित साहित्यकार लैनसिं बाङ्देलको प्रतिमा स्थापनासँगै स्मृति पार्क निर्माण गर्ने भएको छ । बिहिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै यायोक्खाले नयाँ कार्य योजना प्रस्तुत गरको हो । जसमा बाङ्देलको प्रतिमा स्थापनासँगै स्मृति पार्क निर्माण गर्ने योजना पनि यायोक्खाले बनाएको घोषणा गरिएको छ ।
नाछिरिङ राई थर भएका लैनसिंह बाङ्देलको पुख्र्यौली थलो ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङदेलमा पर्छ । जिल्ला सदरमुकाम दिक्तेलमा करीब ६७ सालतिर साहित्यकार लैनसिं बाङदेलको प्रतिमा राख्ने भनेर ल्याइएको थियो । तर भित्र्याइएको सात वर्षसम्म पनि प्रतिमा राख्न कसैले वास्ता नगरेपछि पुख्र्यौली घर राखाबाङदेलमा आफन्तले लगेको बुझिएको छ । अहिले किरात राई यायोक्खाले सदरमुकाममा प्रतिमा स्थापन गर्ने घोषणा गरेको छ । कहाँ स्थापना गर्ने भन्ने विषयमा सरोकारवाला निकायसँगको छलफल पश्चात टुंगीने न...









