तीन वर्षमा खोटाङका १८३ जनाले आत्महत्या गरे, कसरी रोक्न सकिन्छ आत्महत्या ?
खोटाङ, असोज २ । तीन वर्ष भित्रमा खोटाङमा १ सय ८३ जनाले आत्महत्या गरेका छन् । आर्थीक वर्ष २०७६/७७ देखि ०७८/७९ भित्रमा जिल्लाका १ सय ८३ जनाले विभिन्न कारणले आत्महत्या गरेर ज्यान गुमाएका छन् । चालु आर्थीक वर्ष ०७९/८० को दुई महिनामै ९ जनाले आत्महत्या गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममा प्रहरी निरीक्षक राम बालक रायले आत्महत्या सम्बन्धी तथ्याङक प्रस्तुत गर्दै जिल्लाको तीन वर्षको अवस्था बताउनुभएको हो । रायका अनुसार तीन वर्षमा सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र आत्महत्या भएको छ । यस नगरपालिकामा ४१ जनाले आत्महत्या गर्दा सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा ८ जनाले आत्महत्या गरेका छन् ।
जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकामा ११/११ जनाले आत्महत्या गर्दा हलेसी तुवाचुङ नगरपालिकामा २३, दिप...









