Sunday, April 26News That Matters

समाचार

लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ५ । खोटाङको रावा बेसी गाउँपालिका–३ लामिडाँडाको खेल मैदान व्यक्तिको नाममा रहेको पाइएको छ । सुरुमा संस्थाको नाममा जग्गा नामसारी गर्दिने भनेर मैदान निर्माण गरेपनि हाल सम्म व्यक्तिकै नाममा जग्गा रहेको खुलेको हो । लामिडाँडा स्थित पात्लेमा खेल मैदान निर्माण भइरहेको छ । प्रदेश नम्बर १ सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेको मैदानको हालसम्म सम्याउने काम सकिएको छ । यस्तै मैदानको तलबाट तारजालीको ग्याबिङ र मैदान अगाडि पनि केही ठाउँमा सिमेन्ट प्लास्टर गरेर माथी उठाउने काम भएको छ । दुई आर्थीक वर्षमा २०/२० लाख गरी जम्मा ४० लाख लगानी भइसकेको मैदानको जग्गा अझै व्यक्तिकै नाममा रहनु शङ्कास्पद रहेको स्थानीयको भनाइ छ । मैदान निर्माण भइरहेको जग्गा केशर बहादुर श्रेष्ठको नाममा रहेको छ । श्रेष्ठको अगाडिनै मृत्यु भइसकेको हो भने जग्गा उहाँको कान्छा छोरोले खेल मैदानकोलागि निशुल्क प्रदान गर्ने घोषणा ...
हलेसी तुवाचुङ : जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम सम्बन्धि विज्ञद्वारा अभिमुखिकरण

हलेसी तुवाचुङ : जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम सम्बन्धि विज्ञद्वारा अभिमुखिकरण

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिलाई वार्षिक नीति तथा कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । निति तथा कार्यक्रम समबन्धि विज्ञ बिके महर्जनले जनप्रतिनिधिहरुलाई आज भर्चुअल माध्यमबाट अभिमुखिकरण तालिम प्रदान गर्नु भएको हो । महर्जचनले भर्चुअल माध्यमबाट अभिमुखिकरण गरेपश्चात नगरपालिकाका प्रमुख विमला राई, उप–प्रमुख रमेश कुमार राउत र निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि किरण आचर्यले पनि अन्य जनप्रतिनिधिलाई भौतिक उपस्थितीमा अभिमुखिकरण गर्नुभएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा के कस्ता कार्यक्रमहरु समेट्ने, कस्ता कार्यक्रमलाई प्रथामिकता दिने लगायतका विषयमा तालिम प्रदान भएको प्रवक्ता गिरीले बताउनुभयो ।  गिरीले भन्नुभयो, “प्राय जनप्रतिनिधिहरु नयाँ छौँ । निर्वाचित भएको केही समय मात्रै भ...
रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ४ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर वडा कार्यालयको सेवा अब चापर्खकबाट लिन सकिने भएको छ । वडा कार्यालय टाढा भएको कारण सास्ती खेपिरहेका पोखरी, चापखर्क र पैयाँका नागरिकले घर छेउबाटै वडाको सेवा पाउने भएका हुन् । साविकाको वडाहरु १ र २का नागरिकलाई वडा सम्म आएर फर्कन दिन नै माया मार्नु पर्ने अवस्था छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि अब हरेक महिनाको २ र १५ गते चापखर्क सामुदायिक भवनबाट वडाको सेवा प्रदान गरिने वडाध्यक्ष चिरनञ्जीवि कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीले भन्नुभयो, “संघीयताले गाउँघरमा सिंहदरबार ल्याएको भनिएपनि पैयाँ, चापखर्क र पोखरीका जनतालाई वडा सम्म आएर फर्कन एक दिन नै लाग्ने गरेको छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि हामीले उनिहरुको घर छेउमै गएर सेवा दिने निर्णय गरेका छौँ ।” नवनिर्वाचित वडाध्यक्ष कार्कीले आफ्नो चुनाव घोषणा पत्रमा माथिल्लो...
रावा बेसी : डुम्रेधारापानी वडाको सेवा अब तीन ठाउँबाट

रावा बेसी : डुम्रेधारापानी वडाको सेवा अब तीन ठाउँबाट

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले वडाको सेवा तीन ठाउँबाट पाउन थालेका छन् । भूगोल ठुलो भएको कारण वडा कार्यालयसम्म पुग्न नागरिकलाई सास्ती भएपछि तीन ठाउँबाट वडाको सेवा दिन थालिएको हो । भोर्लेनी, धारापानीका नागरिकलाई वडा कार्यालयसम्म आउन ४ घण्टा सम्म लाग्ने गरेको छ । त्यसैले सो क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै हप्ताको एक दिन भोर्लेनी गाउँ घर क्लिनिकबाट सोमबार र धारापानी स्वास्थ्य इकाइको भवनबाट बुधबार सेवा दिन सुरु गरिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो, “देशमा संघीयता आएको छ, अब गाउँ गाउँमा सिंहदरबार भनिएको छ तर वडा कार्यालयको सेवा लिनलाई दिननै माया मारेर ४ घण्डाको बाटो हिड्नु पथ्र्यो । त्यसैले नागरिकलाई संघीयताको प्रत्याभूती दिलाउन हामीले हप्ताको १÷१ दिन गरेर दुई दिन भोर्लेनी र धारापानीबाट वडाको सेवा दिन थालेका छौ...
चालू अधिवेशनबाटै प्रदेश १ को नाम टुंग्याउन सरकार र एमाले सहमत

चालू अधिवेशनबाटै प्रदेश १ को नाम टुंग्याउन सरकार र एमाले सहमत

Banner News 1, ताजा अपडेट, समाचार
जेठ ३१, विराटनगर – प्रदेश १ को नामकरणको विषय यही अधिवेशनबाट टुंगो लगाउन सरकार र प्रतिपक्षी दल नेकपा एमाले सहमत भएका छन् । सरकारका तर्फबाट प्रदेशको नामाकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक जयराम यादव तथा एमालेले गठन गरेको नामाकरण सहजीकरण कार्यदलका संयोजक हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयमा आज उक्त छलफल भएको प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका संयोजक यादवले बताए । ‘माननीय हिक्मत कार्कीलाई नेकपा (एमाले)ले प्रदेशको नामाकरणबारे टोलीको संयोजक तोकेको हुनाले उहाँसँग कुराकानी भएको हो,’ यादवले भने, ‘यही अधिवेशनबाट नामको टुंगो लगाउने भन्ने विषयमा सहमति भएको छ ।’ यता, पूर्वमन्त्रीसमेत रहेका कार्कीको सचिवालयले पनि छलफलबाट यही बजेट अधिवेशनभित्र अन्य दलहरूसँग पनि छलफल गरेर प्रदेशको नामाकरणलाई सार्थक निष्कर्षमा पुर्याउने सहमति भएको जनाएको ...
ओखलढुंगा : बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित ४ जना पक्राउ

ओखलढुंगा : बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित ४ जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, जेठ ३१ । बालिका बलात्कार अभियोगमा ओखलढुंगामा चार जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका ३ स्थित कक्षा ८ मा अध्ययनरत बालिकामाथि फरक समय र स्थानमा पटक–पटक बलात्कार गरेको आरोप एक प्रधानाध्यापक सहित अन्य तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल छन् । उनीहरुविरुद्ध सोमबार जाहेरी परेको थियो । जाहेरी पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटना अनुसन्धान अघि बढेको र अभियुक्तहरुलाई म्याद थप प्रक्रियामा लगिएको प्रहरीको भनाइ छ ।...
जिसस खोटाङको प्रमुखमा जसपाका सनबहादुर र उपप्रमुखमा माओवादीका सुरेश

जिसस खोटाङको प्रमुखमा जसपाका सनबहादुर र उपप्रमुखमा माओवादीका सुरेश

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ ३० - जिल्ला समन्वय समिति (जिसस) खोटाङमा गठबन्धनका उम्मेदवार वियजी भएका छन् । जिससको प्रमुख, उपप्रमुख र सदस्य सबैमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट प्रमुखमा जसपाका सनबहादुर राई निर्वाचित हुनुभएको छ । जिल्लाका दुई नगरपालिकाका प्रमुख/उपप्रमुख र आठ गाउँपाकिाका अध्यक्ष/उपाध्यक्ष गरी २० जना मतदाता थिए । जिसस प्रमुखमा निर्वाचित सनबहादुरले प्रतिस्पर्धी नेकपा एमालेका किशोर श्रेष्ठलाई १२ मतले पछि पार्नुभयो । सनबहादुर १६ मत ल्याएर विजयी हुँदा किशोरले ४ मत प्राप्त गर्नुभयो । जिसस उपप्रमुखमा गठबन्धनबाट माओवादीका सुरेश तामाङ विजयी हुनुभएको छ । सुरेशले १६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका  सन्तोष राईले ४ मत ल्याउनुभयो । जिससको सदस्यहरूमा भने अरू दलले उम्मे...
हौँचुर स्वास्थ्य चौकीलाई परदेशी युवाहरुको फ्रीज र बेड उपहार

हौँचुर स्वास्थ्य चौकीलाई परदेशी युवाहरुको फ्रीज र बेड उपहार

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २८ । रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित हौँचुर स्वास्थ्य चौकीलाई फ्रीज र बेड प्राप्त भएको छ । रोजगारीको सिलसिलामा हाल परदेशमा रहेका सोही गाउँका युवाहरुले सो सामाग्री सहयोग गरेका हुन् । कतारमा रहनुभएका गजेन्द्र खालिङ राईको नेतृत्वमा पोर्चुगलमा रहनुभएका प्रेम राई, कतारमै रहनुभएका संगम कार्की, शान्तीराम नेपाल, मदन गुरुङ, डिक बहादुर गुरुङ, होमकाजी गुरुङ, राजकुमार राई, रबिन गुरुङ र सन्तोष खालिङ राईको समुहले रु ४५ हजार बराबरको उक्त सामाग्री प्रदान गर्नुभएको हो । हाल ललितपुरमा बस्दै आउँनु भएका सोही गाउँका सम्मर खड्काको पनि सहयोग रहेको समुहको नेतृत्व गर्नुभएका राईले बताउनुभयो । प्राप्त सामाग्री सहगोगिदाता मध्येका एक खड्का र वडाध्यक्ष चिरञ्जीवि कार्कीले स्वास्थ्य चौकीलाई हस्तान्त्रण गर्नुभएको छ । यसअघि उपचारमा आएका बिरामी सुत्ने बेडको अभाव र औषधी राख्न फ्रीजको अभाव रहेको थियो । अब सो ...
प्रदेश १ समन्वय परिषद् सदस्यमा खोटाङबाट गिरेन्द्र बहादुर राई मनोनीत

प्रदेश १ समन्वय परिषद् सदस्यमा खोटाङबाट गिरेन्द्र बहादुर राई मनोनीत

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २४ । प्रदेश १ को समन्वय परिषद्को बैठकबाट ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत भएको छ । आज बसेको बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै मुख्यमन्त्री राजेन्द्र कुमार राईले १० जनालाई समन्वय परिषद् सदस्यमा मनोनीत गर्नुभएको छ । मुख्यमन्त्री राईले मनोनीत गर्नुभएको १० जनामा खोटाङ जिल्लाबाट ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रकुमार राई रहनुभएको छ । यस्तै ओखलढुंगाबाट खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पा, मोरङबाट विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, इलामबाट सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राई, भोजपुरबाट साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथकुमार कुलुङ राई मनोनीत हुनुभएको छ । त्यस्तै, उदयपुरबाट उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, सुनसरीबाट इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिताकुमारी चौधरी, धनकुटाबाट छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता ग...
खोटाङ : पाठ्यपुस्तक आइनपुग्दा पढाइ प्रभावित

खोटाङ : पाठ्यपुस्तक आइनपुग्दा पढाइ प्रभावित

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २४ । खोटाङका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अहिलेसम्म सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । पाठ्यपुस्तक उपलब्ध नहुँदा पठनपाठनमा समस्या भएको हो । जिल्लामा ४ सय ८६ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये करिब आधा विद्यालयमा मात्र पुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख सेमन्त गौतमले बताउनुभयो । त्यसमा पनि यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन भएको छ । जसका कारण हालसम्म यी कक्षाका पाठ्यपुस्तक जिल्ला आइपुगेको छैन । ‘अन्य कक्षाका आधाजति पाठ्यपुस्तक आइपुगेको छ । तर, कक्षा ४, ७ र ९ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन भएकाले पठनपाठन अन्योल बनेको छ,’ इकाइ प्रमुख गौतमले भन्नुभयो ।...