हलेसी तुवाचुङका विद्यालयमा धमाधम भवन उद्घाटन, शान्ति आविले पायो नयाँ भवन
खोटाङ, वैशाख २६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित शान्ति आधारभुत विद्यालयको नयाँ भवन बुधबार उद्घाटन गरिएको छ । यस वर्ष नगरपालिकाको लगानीमा ९ वटा विद्यालयका भवनहरु निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएको शान्ति आविको तीन कोठे आरसिसि भवन मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गर्नुभएको हो ।
पञ्चावती आधारभुत विद्यालय मंगलटारको भवन पनि सम्पन्न पश्चात मंगलबार उद्घाटन गरिएको छ । कालिका आवि डिकुवाको भवन निर्माण सम्पन्न भएर उद्घाटन गर्न मात्र बाकी रहेको बताइएको छ । शान्ति आवि, पञ्चावती आवि र कालिका आवि तीन वटा विद्यालयको भवन निर्माणको जिम्मा सुदेवि कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लिएको थियो । उक्त निर्माण कम्पनीले सम्झौता मिति भन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न गरेर २ वटा भवन उद्घाटन गरिएको छ ।
भ्याटसहित ८८ लाख ९९ हजार ६ सय ८१ रुपैयाँ ४५ पैसामा तीन वटा भवन ...









