शैक्षिक सुधारमा हलेसी तुवाचुङको निरन्तर प्रयास, प्रधानाध्यापकलाई रातो बङ्गलाको प्रशिक्षण
खोटाङ, माघ १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २२ वटा विद्यालयका प्रधानाध्यापकलाई नेतृत्व विकास र शिक्षण सामाग्री व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेसन पाटन ललितपुरसँगको सहकार्यमा रातो बङ्गला स्कूलमा तीन दिने तालिम प्रदान गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेसन ललितपुरसँग तीन वर्ष सहकार्य गर्ने समझदारी भएको छ । सोही कार्यक्रम अन्तरगत २२ वटा विद्यालयका प्रानाध्यापक, शिक्षा शाखाका कर्मचारी र कार्यक्रम सञ्चालनको लागि नियुक्त गरिएको दुई जना फिल्ड अधिकृतलाई तालिम प्रदान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो ।
नगरपालिकाको ४५ दशमलव २२ र रातो बङ्गलाको ५४ दशमलव ७८ प्रतिशत लागत साझेदारीमा तीन वर्षसम्म चल्ने उक्त कार्यक्रमका लागि नगरपालिकाका २२ वटा विद्यालय छनोट गरिए...









