हलेसीमा आँखा शिविर हुँदै, मोतीविन्दु भएकाहरुको निःशूल्क अप्रेसन गरिने
खोटाङ, पुस २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सञ्चालन हुने भएको छ । पुस ५ देखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा आँखा सम्बन्धि समस्या भएकाहरुले निःशूल्क उपचार गराउन सक्ने छन् ।
हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । शिविरमा उपस्थित बिरामीहरुको निशुल्क आँखा जाँच हुने आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
आँखा जाँचबाट मोतीविन्दु तथा माइनर अप्रेसन गर्नु पर्ने बिरामीहरुको छनोट गरी निःशूल्क अप्रेसनसमेत गरिने उहाँको भनाइ छ । आवश्यक अनुसार चस्मा ससुल्क र औषधी निशुल्क उपलब्ध हुनेछ । ४० वर्ष माथिका ब्यक्तिहरुलाई निःशूल्क रिडिङ चस्मा प्रदान गरिने श्रेष्ठले बताउनुभय...









