खोटाङका युवा समाजसेवामा सक्रिय, ४३६ जनालाई दिए निःशूल्क यातायात सेवा
खोटाङ, असोज २१ । युवाहरुको यस्तो एउटा अभियान, जहाँ समस्यामा परेका महिलाहरुले निःशूल्क यातायात सेवा पाए । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनबाट गन्तव्यसम्म पुग्न सके । तर, उनीहरुलाई कुनै शूल्क लागेन ।
सवारी साधन पाउन नसकेर समस्यामा परेका, वृद्ध र विपन्न अवस्थाका चेलीलाई लक्षित गर्दै खोटाङका युवाहरुले सञ्चालन गरेको यो अभियानले दसैँ अवधिभर ४ सय ३६ जनालाई सेवा दिएका छन् । ‘दसैँ तिहार, चेलीलाई उपहार’ नामक यस अभियान खोटाङका युवाहरुले अघिल्लो वर्षबाट सुरु गरेका थिए । यो वर्ष पनि निरन्तरता पाएको यस अभियानले दसैँमा माइती मावली जानआउन समस्यामा परेका चेलीहरुलाई ठुलो राहत प्रदान गरेको छ । तिहारमा पनि यस अभियानलाई निरन्तरता दिने जिल्ला संयोजक सञ्जय कुमार राईले बताउनुभएको छ । खोटाङबाट सुरु भएको युवाहरुको यो निश्वार्थ अभियान भोजपुर र सङ्खुवासभा जिल्लामा पनि सुरु भएको छ ।
खोटाङमा यस वर्ष जिल्ला सद...









