Thursday, September 24News That Matters

ट्रेन्डिङ

खोटाङका क्याम्पसहरुमा स्ववियु चुनाव अन्योलमा

खोटाङका क्याम्पसहरुमा स्ववियु चुनाव अन्योलमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन २९ । खोटाङका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाले नेटो काटिसक्दा खोटाङका क्याम्पसहरुमा निर्वाचन हुने कुनै छाँटकाँट छैन् । चैत ५ गते (स्ववियु) निर्वाचन हुने भनिए पनि जिल्लाका ७ वटै क्याम्पसमा तोकिएको समयमा चुनाव नहुने निश्चितप्राय छ । ५ वटा क्याम्पसले निर्वाचनको कुनै प्रत्रिया नै अघि नबढाएको बुझिएको छ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पसले प्रक्रिया अघि बढाए पनि विवादका कारण निर्वाचन नहुने पक्कापक्की नै भइसकेको बुझिएको छ । सदरमुकाममा रहेको दिक्तेल बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको संगठन दर्तासम्म पुगेर विवादले उत्कर्ष पुगे पछि अन्योलता छाएको हो । त्रि.विको कार्यतालिकालाई केही परिमार्जन गरेर चुनावी प्रक्रियामा गएको क्याम्पस अन्ततः विवाद मिलाउन नसक्ने अवस्थामा पुगेको छ । फागुन १९ गत...
डुम्रेधारापानीको कालिका भगवती वनमा भीषण डढेलो, चार गाउँ जोखिममा

डुम्रेधारापानीको कालिका भगवती वनमा भीषण डढेलो, चार गाउँ जोखिममा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २७ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रे धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा भिषण डढेलो लागेको छ । शनिबार दिउँसो करीब २ बजेबाट सुरु भएको डढेलो साँझसम्म ठुलो क्षेत्रमा फैलिएको स्थानीयले बताएका छन् । साविक ६ नम्बर धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । डढेलोबाट डुम्रेधारापानीका आतमारा, धैरेनिटार, मण्डलीछाप र कोट गाउँ गरी चार गाउँ जोखिममा रहेको उहाँको भनाइ छ । डढेलोले भीषण रुप लिएकाले नजिकै जाने अवस्था नरहेको वडाध्यक्ष पाण्डेले बताउनुभयो । डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइएको अध्यक्ष पाण्डेको भनाइ छ । बस्तीमा डढेलो जान नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २४ । खोटाङमा हुन लागेको बालविवाह प्रहरीले रोकेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा हुन लागेको १७ वर्षिया किशोरीको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पाथेकाका १७ वर्षिया बालिकाको नेर्पाका २२ वर्षीय पुरुषसँग विवाहका लागि मंगलबार तयारी गरिएको बताइएको छ । बाल विवाह हुन लागेको खबर आएपछि प्रहरी चौकी तालखर्कबाट प्रहरी पुगेर रोकिएको प्रहरीले जनाएको छ । बाल विवाह गर्न लागेको भन्ने खबर आएपछि प्रहरी पुगेर सम्झाई बुझाई गरी विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।...
रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका

रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २० । खोटाङको रावा बेसी गाउँपालिका क्षेत्रमा तोरीका बोट लहलह देखिएका छन् । ६ वटा वडा रहेको पालिकाको बेँसी क्षेत्रका खेतहरुमा प्राय तोरी लहलह भएको देख्न सकिन्छ । वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसी, वडा नम्बर ४ डुम्रे धारापानीको कटहरे बेँसी र खार्पाटार, वडा नम्बर ५ दुवेकोलको राउटार र वडा नम्बर ६ हौँचुरको हौँचुर बेँसी, गिद्दे बेँसी र टार बेँसीमा यतिबेला मनै लोभ्याउने गरी तोरी फुलेका÷फलेका छन् । बेँसीसँगै गाउँका खेतबारीमा पनि कतीपय कृषकले तोरी लगाएका हुन् । अघिल्ला वर्षहरुमा पनि कृषकले थोरै मात्रमा तोरी खेती गर्दै आएका थिए । तर यो वर्ष गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेर उन्नत जातको बिउ वितरण गरेपछि अहिले प्राय कृषकको खेतबारीमा तोरी लहलह भएको छ । चितवन लोकल र म...
बाक्सीलामा निर्माणधिन ११ करोडको सव–स्टेशन अलपत्र

बाक्सीलामा निर्माणधिन ११ करोडको सव–स्टेशन अलपत्र

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन १९ । खोटाङमा निर्माणधिन रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र छाडिएको हो । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् । कतिपय उपकरण पानीले भिज्दा बिग्रीने भएपनि खुला आकाशमा राखिएको छ । खुला चौंर भरी थुपारिएका महंगा उपहकरणहरु काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको छ भने क्वाटर र कन्ट्रोल बिल्डिङको निर्माणको काम पनि पुरा भएको छैन् । खुला चौरमा छोडिएको सामान हेर्दा राज्यमा नियमन गर्ने कुनै निकाय नै छैन जस्तो देखिने स्थानीय नागरिक बताउछन् । बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा नलगिएको बताइएको छ । भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण ल...
‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक ताम्राकारको निधन

‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक ताम्राकारको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १९ । ‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक आशिष ताम्राकारको निधन भएको छ । २०३५ साल जेठ ७ गते जन्मिएका गायक ताम्राकारको टिचिङ अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ७.२५ बजे ४४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठ्माठौं सिनामंगलमा परिवारसहित बस्दै आउनुभएको थियो । कलेजो, मिर्गौला लगायतको समस्यबाट पिडित गायक ताम्राकार दुई तीन हप्तादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई केही समय अल्कामा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । ताम्राकारका आखिर, प्रेमपत्र लगायतका एल्बम प्रकाशित छन् । उहाँका ‘प्रेमपत्र लेख्दै पातपातमासहित, मलाई पनि सँगै लैजाउ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन् । उहाँका श्रीमती र दुई छोरी छन् । ताम्राकारको पशुपति आर्यघाटमा दाहसंस्कार ग...
खोटाङमा भूमि प्राप्तिका लागि ७ सय ७९ वटा निवेदन

खोटाङमा भूमि प्राप्तिका लागि ७ सय ७९ वटा निवेदन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १६ । खोटाङमा जग्गा प्राप्तिका लागि ७ सय ७९ वटा निवेदन संकलन भएको छ । जिल्लाका दश वटै पालिकाबाट भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिका लागि निवेदन दिएका हुन् । राष्ट्रिय भूमि आयोगले भदौ १ गते सूचना प्रकाशन गरेर ३५ दिन भित्र निवेदन दिन सक्ने बताएको थियो । तर संघ तथा प्रदेशको निर्वाचन मिति घोषणा भएपछि भदौ २९ गते निवेदन संकलन गर्न रोक लगाइएको थियो । पुनः मंसिर २८ गतेबाट पुस २ गतेसम्म गरी दुई चरणमा निवेदन संकलन गरिएको भूमि आयोक खोटाङ सदस्य–सचिव एवं नापी कार्यालय खोटाङका प्रमुख मदन खत्रीले जानकारी दिनुभयो । जिल्लाका सबै पालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडा कार्यालयमा आएको निवेदन संकलन पश्चात दाविबिरोधका लागि ७ दिनको सूचना वडाले निकालेको थियो । निवेदन संकलनसँगै दावीबिरोध आएको अवस्थामा त्यसको हे...

सन्दीपलाई विदेश जान अनुमति

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।   न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएको हो।  अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न पनि भनेको छ । यस्तै लामिछानेको मुद्दा फास्ट ट्याकमा टुंगो लगाउन सर्वोच्चले जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ ।  बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  यस्तै सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो  । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश...
दिगो विकासका लागि हलेसी तुवाचुङले ल्यायो “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९”

दिगो विकासका लागि हलेसी तुवाचुङले ल्यायो “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९”

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ११ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९” ल्याएको छ । दिगो विकासका लक्ष्य प्राप्तका लागि नगारपालिकाले ल्याएको नयाँ ऐन १२ औँ हिउँदे नगर सभाले पास गरेको छ । नगरपालिकाको समग्र विकासको लागि नगर विकास सम्बन्धि नीति, योजना र कार्यक्रम तर्जुमा, सुशासन प्रवद्र्धन गर्दै दिगो विकासको लक्ष्य प्राप्त हुने गरी ठोस योजना तर्जुमा तयार गर्न, आवश्यक सल्लाह तथा परामर्श दिनका लागि नगर योजना आयोग गठन तथा सञ्चालन ऐन ल्याइएको मेयर विमला राईले बताउनुभयो । ‘हलेसी तुवाचुङ नगरपालिका धार्मिक पर्यटकीय हिसावले धनि छ, रिसर्चका लागि प्रयाप्त संभावना भएको ठाउँ छ, सुनकोशी र दुधकोशीले घेरिएको नगरपालिका प्राकृतिक स्रोतले धनि छ । यति धेरै संभावना बोकेको नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मात्र योजनाको विकासमा प्रयाप्त हुँदैन । त्यसैले अनुभव भएका विज्ञसँग छलफल गरेर, योजना...
खोटाङमा कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट पहिलो, दिप्रुङ चुइचुम्मा दोस्रो

खोटाङमा कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट पहिलो, दिप्रुङ चुइचुम्मा दोस्रो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ११ । कार्यसम्पादन सुचक मूल्यांकनमा खोटाङको १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रकाशित गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार नगरपालिका ६६.७८ अंक प्राप्त गरेर पहिलो बनेको हो । यस्तै, आयोगका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५९.८४ अंक प्राप्त गरेको छ । दिरुमनपा पछि दोस्रो स्थानमा दिप्रुङ चुइचुम्मा रहेको आयोगले जनाएको छ । जन्तेढुंगा गाउँपालिकाले भने जिल्लाको सबैभन्दा कमजोर देखिएको छ । प्रकाशित कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम ४४.०८ अंक ल्याएको छ । अन्य स्थानीय तहले क्रमस ऐसेलुखर्क गाउँपालिकाले ५७.७८ अंक, हलेसी तुवाचुङ नगरपालिकाले ५५.३० अंक, खोटेहाङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ । यस्तै, साकेला गाउँपालिकाले ५१.१३ अंक, रावाबेँसी ग...