दिप्रुङ चुइचुम्मामा १६ लाख बढी खाना खाजामा खर्च, मृत्यु भएका ब्यक्तिको खातामा भत्ता निकासा
राजकुमार सरगम (भट्टराई)
खोटाङ, असार ६ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विविध शिर्षकमा १६ लाख बढी खाना र खाजामा मात्र खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको कार्यालयले निकालेको गाउँपालिकाको लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाले खाना र खाजामा विविध शिर्षकबाट १६ लाख ३६ हजार ७८५ रुपैयाँ खाना र खाजामा मात्र खर्च गरेको जनाएको छ ।
गाउँपालिकाले खर्च गर्दा मितव्ययिता अपनाएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । एक आर्थिक वर्षमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कर्मचारी पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा १ करोड २४ लाख ८१ हजार खर्च गरेको छ । विविध शिर्षकमा १६ लाख ३६ हजार ७८५ रुपैयाँ खाना र खाजामा मात्र खर्च गरेको छ ।
कर्मचारी पदाधिकारी बैठक र अन्य भत्तामा ३८ लाख ४० हजार खर्च देखिन्छ । अनुगमन मुल्याङ्कन र भ्रमण खर्चमा ३१ ला...









