Tuesday, September 22News That Matters

ट्रेन्डिङ

खोटाङमा सम्बन्ध विच्छेद गर्ने बढे, मूख्य कारण गरिबी

खोटाङमा सम्बन्ध विच्छेद गर्ने बढे, मूख्य कारण गरिबी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २० । खोटाङमा सम्बन्ध विच्छेद गर्नेहरु दुई वर्षको अन्तरालमा दोब्बरले बढेका छन् । आर्थीक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थीक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेद गर्नेहरु दोब्बरभन्दा बढीले बढेका हुन् । जिल्ला अदालत खोटाङको तथ्याङ्क अनुसार आर्थीक वर्ष २०७६/०७७ मा ७० वटा मुद्दा परेका थिए । जसमा ३५ वटा मुद्दा फछ्र्यौट भएको छ । आर्थीक वर्ष २०७७/०७८ मा सम्बन्ध विच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दिए । जसमा ३४ वटा फछ्र्यौट भएको छ । जिल्लामा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या हरेक वर्ष बृद्धि भइरहेको छ । गत आर्थीक वर्ष २०७८/०७९ मा यो संख्या ह्वात्तै बढेको छ । विभिन्न कारण देखाउदै सम्बन्ध विच्छेद सम्बन्धि १ सय ८४ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय ३८ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत खोटाङको प्रशासन शाखामा कार्यरत नायब सुब्बा सोनाम श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अदालतमा उक्त आर्थीक ...
खोटाङमा ६ म्याग्निच्युडको भूकम्प, घरहरु सामान्य चर्किए, मानवीय क्षति भएन

खोटाङमा ६ म्याग्निच्युडको भूकम्प, घरहरु सामान्य चर्किए, मानवीय क्षति भएन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १५ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार (आज) बिहान ८ : १३ बजे ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । खोटाङसँगै आसपासका जिल्ला साथै काठमाडौं उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) उमेश लम्सालले बताउनुभयो । “भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै पशुचौपायको क्षति भएको छैन् । केन्द्रविन्दु वरीपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन् । के कती घर चर्किए भन्ने विषयको हामी खोजी गरिरहेका छौँ ।” डिएसपी लम्सालले भन्नुभयो ।...
खोटाङमा भेटियो ५ मिटर लामो अजिंगर

खोटाङमा भेटियो ५ मिटर लामो अजिंगर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा अजिंगर भेटिएको छ । डिकुवाको छोम्पाङ स्थित एक स्थानीयको घर भित्रको खाटमुनी (खाटको खुट्टामा) बेरिएको अवस्थामा फेला परेको सोही ठाउँका स्थानीय रमेश राईले जानकारी दिनुभयो । राईको भनाइ अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टमा बेरिरहेको अवस्थामा अजिंगर भेटिएको थियो । केही समयसम्म पनि अजिंगर कतै नगएपछि स्थानीयले पुजाँ गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छाडिदिएको राईले बताउनुभयो । अजिंगर करीब ५ मिटर लामो रहेको उहाँको भनाइ छ । अजिंगर ठूलो सर्प हो । यो प्रायः घना वन जंगलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ । यो कहिलेकाहीँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्ने जानकारहरु बताउँछन । खोटाङमा भने आजसम्म यति ठुलो अजिंगर नदेखिएको नागरिकको भनाइ छ ।...
खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १६ । खोटाङमा ५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सीलाका १६ वर्षिय बालक पक्राउ परेका हुन् । उनि बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन् । उनले सोही गाउँकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप छ । बालिका आफ्नै घरमा खेलिरहेको अवस्थामा ललाई फकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्तीकरणी गरिरहेको अवस्थामा बालिकाको आमाले देखेपछि बालक फरार भएका थिए । परिवारले प्रहरीलाई खबर गर्नसाथ खटिएको बाक्सीला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहिबार (आज) बिहान २ बजे राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेका बालकलाई जबरजस्तीकरणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी कार्यालयको निगरानी कक्षामा राखेर थप अनुसन्धान भइरहेको सूचना अ...
रावा बेसी : ३८ करोड ३९ लाख रुपैयाँको बजेट पारित, ४५ वर्ष माथिका विधुर पुरुषलाई भत्ता दिने

रावा बेसी : ३८ करोड ३९ लाख रुपैयाँको बजेट पारित, ४५ वर्ष माथिका विधुर पुरुषलाई भत्ता दिने

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १० । रावा बेसी गाउँपालिकाले आर्थीक वर्ष २०७९/८० का लागि ३८ करोड ३९ लाख २ हजार २३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र हरमटारमा आज सम्पन्न ११ औँ गाउँसभाबाट गाउँपालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले पेस गर्नुभएको निती तथा कार्यक्रम र उपाध्यक्ष कौशिला कुमारी गुरुङले पेस गर्नुभएको उक्त बजेट पारित भएको हो । उपाध्यक्ष गुरुङले पेस गर्नुभएको बजेटमा गाउँपालिकाको आन्तरिक आयबाट प्राप्त रु ४० लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त राजश्व बाडफाँड रु ७ करोड १२ लाख ९३ हजार २३ अनुमान गरिएको छ भने संघीय सरकार वित्तिय समानिकरण अनुदान रु ८ करोड ३९ लाख र संस्थाहरुसँगको साझेदारी कार्यक्रमको लागि रु १ करोड ५० लाख रकम विनियोजन भएको छ । वडाकालागि पूजिँगत योजनामा रु १ करोड ५० लाख विनियोजन भएको छ । निती तथा कार्यक्रम रावा बेसी गाउँपालिकाले आगामि आर्थीक वर्...
हलेसी तुवाचुङ : नयाँ आर्थीक वर्षको बजेट पारित, बेसहारा बालबालिका संरक्षण देखि भत्ता वडामा वितरण गर्ने सम्मका कार्यक्रम

हलेसी तुवाचुङ : नयाँ आर्थीक वर्षको बजेट पारित, बेसहारा बालबालिका संरक्षण देखि भत्ता वडामा वितरण गर्ने सम्मका कार्यक्रम

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार ९ । हलेसी तुवाचुङ नगरपालिकाले आगामि आर्थीक वर्ष २०७९/८० का लागि ६४ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । आज सम्पन्न नगरपालिकाको ११ औँ नगरसभामा उप–प्रमुख रमेश कुमार राउतले पेस गर्नुभएको आगामि अर्थाीक वर्षको बजेट बहुमतले पारित भएको हो । नगरपालिकाले नयाँ आर्थीक वर्षकालागि बजेट पारितसँगै उत्कृष्ट युवा व्यावसायि, उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ । नगरपालिकाले नयाँ बजेटमा पुराना अधुरा कार्यक्रम र लोकपृय बनेका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । आज सम्पन्न नगर सभाले नगरपालिकाको विनियोजन ऐन–२०७९ र आर्थिाक ऐन– २०७९ पनि बहुमतले पारित गरेको छ । केही नयाँ कार्यक्रम समेत ल्याएको छ । नगरपालिकाले ल्याएका केही कार्यक्रमहरुलाई यहाँ उल्लेख गरिएको छ । कृषि तथा पशुपालन अगार्निक व्यावसायिक कृषि प्रणालीमा जोड दिदै जैविक कृषि उत्पादन र पशुपन्छी जन्य उत्पादन बढाइ व्यावसायिक र औद्यो...
दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १६ । बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त अयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा उक्त आयोजना निर्माण गर्...
खोटाङको पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो, एमाले तेस्रो

खोटाङको पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो, एमाले तेस्रो

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
पवन खड्का खोटाङ, ६ जेठ । स्थानीय तहको निर्वाचन, २०७९ मा सबैभन्दा बढी पालिकाको प्रमुख, उपप्रमुख र वडाको अध्यक्ष जितेर नेपाली कांग्रेस खोटाङको पहिलो दल बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ स्थानीय तहको प्रमुख, ३ स्थानीय तहको उपप्रमुख र २७ वडाको अध्यक्ष जितेर दोस्रो बनेको कांग्रेस यसपटक ६ स्थानीय तहको प्रमुख, ४ स्थानीय तहको उपप्रमुख र ३२ वडाको अध्यक्ष जितेर पहिलो बनेको हो । कांग्रेसले ३ स्थानीय तहको प्रमुख र १ स्थानीय तहको उपप्रमुख एक्लै लडेर र ३/३ स्थानीय तहको प्रमुख र उपप्रमुख नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजावदी पार्टी (जसपा) सँग गठबन्धन गरेर जितेको हो । वडाको अध्यक्ष भने धेरैमा एक्लै लडेर र थोरैमा गठबन्धन गरेर जितेको हो । गत निर्वाचनमा १ पालिकाको प्रमुख र १२ वडाको अध्यक्ष जितेर तेस्रो बनेको माओवादी यसपटक दोस्रो भएको छ । यसअघि ५ स्थानीय तहको प्रम...
‘सरकारी सुविधा लिन्न, वराहपोखरी–१ लाई नमुना वडा बनाउँछु’

‘सरकारी सुविधा लिन्न, वराहपोखरी–१ लाई नमुना वडा बनाउँछु’

Banner News 2, अन्तरवार्ता, ट्रेन्डिङ, राजनीति, स्थानीय
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको वराहपोखरी गाउँपालिका, वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट ढकबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ । लामो समय शिक्षण पेशामा आबद्ध कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनबाट राजनीतिमा आउनुभएको हो । साविकको वडा नं. ५, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिएर राजनीतिमा होमिनुभएका कार्कीसँग २७ वर्ष लामो समय शिक्षण पेशाको अनुभव छ । गत निर्वाचनमा नेकपा एमालेका टंककुमार मगरसँग वडाध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभएका कार्की सरकारी सुविधा नलिने घोषणासहित यसपटक फेरि वडाध्यक्षको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ । उनै कार्कीसँग रुपकोटखबरका पवन खड्काले गरेको कुराकानी : वडाध्यक्षमा तपाइँको उम्मेदवारी किन ? संक्षिप्तमा भन्ने हो भने सेवा क्षेत्र भनिएको राजनीतिलाई कमाइ गरी खाने भाँडो बनाइँदै लग...
खोटाङ : कुन स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? २०७४ को मत परिणाम सहित हेर्नुहोस्

खोटाङ : कुन स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? २०७४ को मत परिणाम सहित हेर्नुहोस्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, बैशाख ७ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिबेला सबैको ध्यान तानेको छ । निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु उम्मेद्वार छनोटमा व्यस्त छन भने कुन राजनीतिक दलको उम्मेद्वार कस्ता आउनेहुन भन्ने मतदाताको चासो बिषय बनेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ । निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन् । यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेपनि खोटाङमा ती राजनीतिक दलको प्रभाव भने देखिदैन । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित का...