Thursday, July 30News That Matters

ट्रेन्डिङ

खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते

खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते भएका छन । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ५ स्थीत सेल्लो खोलामा दुर्घटना हुँदा अटोमा सवार बैधनाथ यादप सामान्य घाईते भएका हुन । बिहिबार (आज) दिउसो पौने ३ बजे छापडाँडा बाट हलेसी माहादेवस्थान तर्फ जादै गरेको १ स ३४८५ नम्बरकोे अटो अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसको प्रहरीले जनाएको छ । दुर्घटना भएको थाहा पाएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटिएर घाईतेको उद्धार गरेको प्रहरी निरीक्षक प्रमोद कार्कीको बताउँनु भयो । घाईते चालकको छापडाडा प्रथामिक अस्पतालमा उपचार भईरहेको छ । अटोमा सवार अन्य १ जना जना सकुसल छन । अटोक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...
भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिक्तेल रुपोकोट मझुवागढी नगरपालिकामा लकडाउन गरिने भएको छ । नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रणको लागि लकडाउन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख दिप नारायण रिजालको अध्यक्षतामा राजनीतिक दल, सुरक्षा निकाय, उद्योग ब्यबसायी, यातायात ब्यबसायी, होटल ब्यबसायी लगायतको बुधबार बसेको बैठकले नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भदौ १ गते बाट १० गते सम्म लकडाउन हुने नगर प्रमुख रिजालले जानकारी दिनुभयो । लकडाउनको समयमा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य सामग्रीको ब्यबस्था मिलाउन नगरबासीलाई नगरले आग्रह समेत गरेको छ । नगरपालिकामा हाल १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन । संक्रिय संक्रमित मध्ये ३ जनाको अस्पतालमा उपचार भईरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कर...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार गराएको छ । योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ । नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । उनले प्रक्रिया पुरा गर्नुपर्ने बताएपछि मन्त्रिपरिषदमा पुगेको नियुक्ति प्रस्तावमाथि छलफल हुन पाएको थिएन । तर, न...
पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु

पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पोखरीमा डुबेर खोटाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ बसाहथान स्थीत आकाशे पानी जम्मा गर्न खनिएको पोखरीमा डुबेर बाहुनीडाँडाका अन्दाजी ४५ वर्षिय साबु राई (तुफान) को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । खेल्दै गरेका बालबालीकालाई पोखरीमा नखेल्न आग्रह गर्दै जाने क्रममा मंगलबार अपरान्ह ४ः३० बजे उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले जानकारी दिनुभयो । मृतक राईलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ । अपाङ्ग समेत रहेका मृतक राई बिगत ९ बर्ष देखि परिवार सहित हलेसीमा बस्दै आएको स्थानीयले बताएका छन । सोही पोखरीमा बि.स. २०५९ सालमा एक बालकको पनि डुबेर मृत्यु भएको थियो ।...
रावाबेसी गाउँपालिका किसानको तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुँदै

रावाबेसी गाउँपालिका किसानको तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुँदै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको रावाबेसी गाउँपालिकाका किसानकोे तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुने भएको छ । गाउँपालिकाले भण्डारनको लागि कोल्ड स्टोर निर्माण गर्ने भएपछि किसानको समस्या समाधान हुने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेख बहादुर थापाका अनुसार कोल्ड स्टोर निर्माणका लागि १ करोड ८० लाख लागतको अनुमान गरिएको छ । जस अन्तरगत १ करोड ६ लाख बजेट गाउँपालिकाले बिनियोजन गरिसकेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा कोल्ड स्टोरको आरसिसि भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाले हाल भवनको डिपिसि सम्मको कार्य सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउँनु भयो । उत्पादनको हिसाबले रावाबेसी गाउँपालिका उर्वर भुमी भएतापनि तरकारी एवं फलफुल सुरक्षित राख्न किसानलाई समस्या हुने गरेको छ । जसले गर्दा किसानको समस्या समाधानको लागि गाउँपालिकाले कोल्ड स्टोर निर्माणको कार्य अघि सारेको गाउँपालिका...
द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्। ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। अमेरिकाबाट भ्वाइसके लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए। झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए। किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत स्वर दिइसकेका छन्। उनले यसअघि इमेज एफएम, कालिका एफएमलगायत चर्चित अवार्डहरू हात पारिसकेका थिए। तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टि...
प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ । यो प्रदेशमा  दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । प्रदेश १ मा मात्र गत वर्ष २०७७/०७८ मा १५ सय १६ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८०२ जनाले आत्महत्या गरेका छन् ।  यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुन्डिएर आत्महत्या हुने गरेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पुरुषभन्दा तेब्बर बढी महिलाले आत्महत्या गर्ने गरेका छन् । ८० प्रतिशत आत्महत्या डिप्रेसन, १० प्रतिशत कडा खाले मनोरोग र बाँकी अन्य कारणले हुने गरेको छ । प्रहरीको तथ्याङ्कमा १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी ४५ प्रतिशत आत्महत्याका घटना हुने गरेको छन् । प्रहरीको तीन...
खोटाङकी चेली एलिना उदासको “भैगो माया लाउदिन” बोलको गीत सार्वजनिक (भिडियो सहित)

खोटाङकी चेली एलिना उदासको “भैगो माया लाउदिन” बोलको गीत सार्वजनिक (भिडियो सहित)

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
खोटाङकी चेली एलिना उदासको नयाँ गीत सार्वजनिक भएको छ । शिशिर भण्डारी इन्टरटेनमेण्ट युटुव च्यानल बाट शनिबार (आज) “भैगो माया लाउदिन” बोलको नयाँ गीत सार्वजनिक भएको हो । शिशिर भण्डारीको शब्द संगितमा तयार भएको गीतमा खोटाङकी नव गायिका उदाससँगै स्वयं भण्डारीको आवाज रहेको छ । कुशल सिंहको संगित संयोजन रहेको “भैगो माया लाउदिन” गीतको भिडियोमा शिशिर भण्डारीसँगै टिकटक भिडियोमा चर्चित जोडि बिना राउत र सरोज प्रजा लगाएतका कलाकारको अभिनय देख्न सकिन्छ । नव गायिका उदास भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्ड सम्म पुग्न सफल भएकी थिईन ।...
एसईईको नतिजा प्रकाशित

एसईईको नतिजा प्रकाशित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक ठानेन ।’ परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक ...
यस्तो बन्यो केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन, केहि समय भित्र सञ्चालनमा आउँदै

यस्तो बन्यो केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन, केहि समय भित्र सञ्चालनमा आउँदै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्य अन्तीम चरणमा पुगेको छ । प्लम्बिङ र कार्यकक्ष ब्यवस्थापनको काम मात्र बाकी रहेको गाउँपालिकाले जनाएको छ । बहुबर्षिय योजनाको रुपमा आर्थीक बर्ष २०७५\०७६ बाट सुरु भएको भवन निर्माणको कार्य अबको २ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रशासन प्रमुख सौ धन राई (युनिक साम्पाङ) ले बताउँनु भयो । गाउँपालिकाको २ करोड २२ लाख रकममा निर्माण भईरहेको भवन ३ तला १६ कोठाको रहेको छ । हाल साविको बाक्सिला गाउँ विकास समितीको भवनबाट गाउँपालिकाको सेवा सञ्चालन भईरहेको छ । कार्यकक्ष अभावको कारण एउटै कोठाबाट ३ वटा शाखा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको प्रमुख राईले बताउँनु भयो । तर अबको दुई महिनामा उक्त समस्याको समधान गर्दै गाउँपालिकाले आफ्नै पक्की भवनबाट सेवा दिने उहाँको भनाई छ ।   हाल गाउँपालिकाको सेवा सञ्चालन भईरहेको भवन...