खोटाङका अधिकांश बिद्यालय सञ्चालनमा
खोटाङ भदौ २८ गते : कोरोना भाईरस संक्रमणका कारण लामो समय बन्द रहेका खोटाङका अधिकांश बिद्यालयहरु सञ्चालनमा आएका छन । जिल्लामा कोरोनाका संक्रमितको सङ्ख्यामा कमि आएसँगै बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन गर्ने गरी बिद्यालयहरु सञ्चालनमा आएका हुन ।
जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश वटा स्थानीयतहरु रहेका छन । जस मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना भाईरसको संक्रमणबाट बच्न उचित स्वास्थ्य मापदण्ड पालना गर्दै आईतबार बाट बिद्यालयहरुमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा संयोजक तिर्थ बहादुर बिकले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा पनि आईतबार बाटै पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएका छन । अनलाईन कक्षा सञ्चालन गरेर बिद्यार्थीको पठाईलाई निरन्तरता दिईरहेको भएपनि अनलाई कक्षा सोचे अनुसारको प्रभावक...








