खोटाङका छ स्थानीयतहमा कोरोना भाईरसका सक्रिय संक्रिमतको सङ्ख्या शुन्य
खोटाङ भदौ २१ गते : खोटाङका ६ वटा स्थानीय तहमा कोरोना भाईरसका सक्रिय संक्रिमतको सङख्या शुन्यमा झरेको छ । दुई नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लामा ६ वटा स्थानीय तहमा सक्रिय संक्रिमतको सङख्या शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा हाल कोरोना भाईरसका एक जना पनि सक्रिय संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो ।
आज (सोमबार) जिल्लाको बिभिन्न ठाउँमा ६६ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । परिक्षण गरिएका मध्ये ६ दशमलब ०६ प्रतिशतमा पुष्टि भएको हो । यस्तै आज १६ जना संक्रमणमुक्त भएसँगै जिल्लामा अहिले सक्रिय संक्रमितको सङख्या ५५ रहेको उहाँको...








