गाडी हिँड्न रोक लगाउने की सडक स्तरोन्नती गर्ने ?
दमन राई
खोटाङ, फागुन १२ । । खोटाङको साकेला गाउँपालिकाको गत माघ २८ गतेको कार्यपालिका बैठकले १० चक्के मालवाहक ट्रकलाई गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गर्यो । उत्तिसका काठ बोक्न भित्र्याइएका हेभीवेट गाडीले कच्ची सडक बिगारेको भन्दै गाउँपालिकाले २० टन क्षमताको ट्रकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।
सो सुचनाको बेवास्ता गर्दै साकेला गाउँपालिका–३ खिदिमाको पुङमा पुगेर काठ लोड गर्दै गरेको अवस्थामा गाउँपालिकाले फागुन ३ गते प्रदेश १–०२–००१ ख ९९७६ नम्बरको १० चक्के ट्रकलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर २० हजार जरिवाना गरेको थियो । ठूलो भार क्षमताको गाडीले सडकमा क्षती पुर्याएका कारण १० चक्के गाडी प्रवेशमा रोक लगाइएको साकेला गाउँपालिका उपाध्यक्ष बिर्सीका राई बताउँछिन् । “१० चक्के गाडीबाट बाटोमा एकदमै ठूलो क्षति भयो । त्यही भएर प्रवेशमा रोक लगाइएको हो,” उपाध्यक्ष राईले भनिन्, “बाटो ...









