रावाबेँसी गाउँपालिका लिची प्रवद्र्धनमा जुट्यो
खोटाङ, चैत १३ । खोटाङको रावाबेँसी गाउँपालिकाले लिचीलाई प्रवद्र्धन गर्ने भएको छ । पालिका भित्रका अधिकांश क्षेत्रमा उत्पादन भइरहेको लिची फललाई प्रवद्र्धन गरेर लाने गाउँपालिकाले जनाएको छ । जसअनुसार गाउँपालिकाको वडा नम्बर १ कुभिण्डेका लिचीको माउबोट छानेर ट्याग लगाएको छ ।
लिचीको बेर्ना उत्पादनमा प्रयोग गर्नका लागि स्वस्थ र गुणस्तरिय दाना फल्ने २० बोटलाई माउबोटका रुपमा छानेर ट्याग लगाइएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राई जानकारी दिनुभयो । करिब अढाइ सय वर्ष अघिदेखि व्यवसायीक रुपमा लिची उत्पादन हुँदैआएको कुभिन्डेमा लिचीको आफै गुणस्तरिय बेर्ना उत्पादन गर्ने र बेर्ना खरिदका नाममा बाहिरिने रकमलाई गाउँमै रोक्ने लक्ष्यका साथ माउबोट छानिएको राईले बताउनुभयो ।
कुभिन्डेमा लिचीका ठूलाठूला करिब तीन–चार सय बोट छन् । वडा समिति, कृषि प्राविधिक, अगुवा तथा अनुभवी किसानसँगको छलफलबाट १३ किसानको बगानका २०...







