Friday, July 31News That Matters

ताजा अपडेट

मेयर राई र उपमेयर राउतको नेतृत्वमा हलेसी क्षेत्रको सरसफाइ

मेयर राई र उपमेयर राउतको नेतृत्वमा हलेसी क्षेत्रको सरसफाइ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १९ । त्रिधार्मिक तपोभूमि हलेसी बजार क्षेत्रको सरसफाइ गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकका मेयर विमला राई र उपमेयर रमेश कुमार राउतको नेतृत्वमा आज सो क्षेत्रको सरसफाइ गरिएको हो । सरसफाइको लागि मेयर राई, उपमेयर राउत स्वयं फिल्डमा खटिनु भएको छ । अब हरेक बिहिबार बिहान ९ देखि ११ बजेसम्म सरसफाइ गरिने मेयर राईले जानकारी दिनुभयो । मेयर राईले भन्नुभयो “आफुले नगरि अरुले गर्दैनन्, हरेक काममा सुरुमा आफै अघि सर्ने हो त्यसैले म आफै फिल्डमा खटिएर आजबाट सरसफाइको सुरुवात गरिएको छ ।” सुन्दर र स्वच्छ हलेसी तुवाचुङ नगरपालिका बनाउन दीर्घकालिन सोच सहित आगामि दिनमा काम सुरु गरिने पनि उहाँको भनाइ छ । जसकालागि सरसफाइका कर्मचारी थप्ने, डम्पिङ साइड व्यवस्थापन गर्दै जाने सोच पनि नगरपालिकाले अघि सारेको उहाँले बताउनुभयो । हलेसी बजार क्षेत्र मात्र नभएर नगरपालिका भित्रका सबै बजार क्षेत्रमा सरसफाइ गरिनेछ । “हले...
हलेसी तुवाचुङ : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी

हलेसी तुवाचुङ : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको छ । नगर प्रमुख विमला राईको अध्यक्षतामा बुधबार बसेको शिक्षा शाखा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अंग्रेजी माध्यमबाट के कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि शुक्रबार सबै बिद्यालयका प्रधानाध्याप, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र ११ वटै वडाका वडाध्यक्षहरुलाई अन्तरक्रियाका लागि बोलाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपश्चात पहिलो पटक बसेको शिक्षा शाखा समितिको बैठकले शैक्षिक गुणस्तरकालागि अन्य ४ निर्णय समेत गरेको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार अति न्यून विद्यार्थी भएका विद्यालयको समायोजन, कक्षा घटुवा गर्ने साथै बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापन गर्ने निर्णय गरिएको छ ...
सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवस : हलेसी र दिक्तेलमा वृक्षरोपण

सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवस : हलेसी र दिक्तेलमा वृक्षरोपण

Banner News 2, ताजा अपडेट, समाज
खोटाङ, जेठ १८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सुरु गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघको २७ औँ स्थापना दिवसको अवसरमा आज नगरपालिकाको वडा नम्बर ५ दुर्छिमस्थित बालकन्या बोखिम सामुदायिक वनमा वृृक्षरोपण गरेर कार्यक्रमको सुरुवात गरिएको हो । सामुदायिक वन उपभोक्ता हलेसी तुवाचुङ नगरको आयोजना एवं वृक्षरोपण पहल नेपाल दुर्छिमको समन्वयमा आजबाट सुरु भएको वृक्षरोपण कार्यक्रम नगरभित्रका ७२ वटै सामुदायिक वनमा सञ्चालन हुने सामुदायिक वन नगर अध्यक्ष अगीन्द्र राईले जानकारी दिनुभयो । ‘वनको दिगो व्यवस्थापनकालागि सामुदायिक वनको अधिकार, उद्यमशिलता र ससत्त संगठन समृद्धिको आधार’ नारासहित सुरु गरिएको वृक्षरोपण कार्यक्रमको पहिलो दिन आज हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईको प्रमुख आतिथ्यतामा बालकन्या बोखिम सामुदायिक वनमा २ सय वटा बिरुवा रोपिएको उहाँको भनाइ छ । ...
खोटाङमा पनि देखियो अमेरिकन फौजी किरा

खोटाङमा पनि देखियो अमेरिकन फौजी किरा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १८ । खोटाङमा यो वर्ष पनि अमेरिकन फौजी किरा देखिएको छ । जिल्लाको बिभिन्न ठाउँमा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि मकैमा फौजी किरा लागेको कृषकहरुले बताएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश ठाउँमा मकैमा फौजी किरा देखिएको छ । दिक्तलसँगै रावा बेसी, दिप्रुङ चुइचुम्मा र साकेला गाउँपालिकामा पनि फौजी किरा देखिएको छ । फौजी किरा देखिएपछि मकै उत्पादनमा कमी आउने डरले कृषकहरु चिन्तीत बनेका छन् । हुर्किरहेको मकैको पात खाएर छिद्रा बनाइदिएको, मकैको गुभोको हरियो भाग खाएर मकै नष्ट हुने अवस्थामा पुगेको कृषकहरुको दुखेसो छ । यस्तै घोका लाग्ने थालेका मकैको घोगामा समेत क्षती पु¥याएको कृषक बताउछन् । कृषकहरुको मकैमा फौजी किरा लागेको थाहापाएपछि यतिबेला किरा व्यवस्थापन अर्थात नियन्त्रणका लागि स्वयं स्थानीय तह र कृषी ज्ञान केन्द्र खोटाङ लागिपरेको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँप...
आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल

आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल

अर्थ, ताजा अपडेट
काठमाडौं, जेठ १७ । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोक्नुभएको छ ।...
रोजगारीको प्रलोभन देखाएर अढाइ करोड ठगी गरेको आरोपमा सोलखुम्बुका एकसहित पाँच जना पक्राउ

रोजगारीको प्रलोभन देखाएर अढाइ करोड ठगी गरेको आरोपमा सोलखुम्बुका एकसहित पाँच जना पक्राउ

ताजा अपडेट, समाचार, समाज
खोटाङ, जेठ १६ । आकर्षक रोजगारी र तलबको प्रलोभन देखाई भिजिट भिसामा दुबई पठाएर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोलुखुम्बु घर भएका एकसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ घर भएका होमबहादुर खड्का, लमजुङको राईनास नगरपालिका–३ घर भएका मधुविलास बाँस्कोटा, कागेश्वरी मनोहरा नगरपालिका–७ निवासी रञ्जना ढकाल प्याकुरेल, रुपन्देहीको देवदह नगरपालिका–५ घर भएका राजु भन्ने खुमबहादुर बस्याल र कागेश्वरी मनोहरा–७ घर भएका सन्तोष प्याकुरेललाई ठगी आरोपमा पक्राउ गरिएको हो । हालसम्म ७६ जना पीडितले दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ ठगी भएको भनी उनीहरुविरुद्ध लिखित जाहेरी दिएको ब्यूरोले जनाएको छ । भिजिट भिसामा नेपालबाट दुबई पठाएर दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज एलएलसीको सञ्चालक कोमलराज उपाध्याय समेतको समूहले ‘आर्मस गार्ड’ मा ...
खोटाङका २ महिला उद्यमी प्रदेश १ सरकारबाट ५० हजार नगदले सम्मानित

खोटाङका २ महिला उद्यमी प्रदेश १ सरकारबाट ५० हजार नगदले सम्मानित

Banner News 1, ताजा अपडेट, समाज
खोटाङ, जेठ १६ । प्रदेश १ सरकारले खोटाङका २ जना महिला उद्यमीलाई सम्मान गरेको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले महिला अधिकार दिवसको अवसर पारेर आज प्रदेश १का १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरेको हो । जसमा खोटाङका भद्रकुमारी श्रेष्ठ र झरना श्रेष्ठलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा अन्य जिल्लाबाट ताप्लेजुङको नैनकला गुरुङ र कौशिला देवान मादेन, पाँचथरकी दिकी शेर्पा र जुनुकुमारी लावतीलाई सम्मान गरिएको छ । त्यस्तै इलामको विमला ढुंगेल, सन्तकुमारी राई, बिर्तामोड ५ झापाकी उमा कटुवाल भण्डारी, भद्रपुर ८ का अनिता कार्की र शर्मिला अधिकारीलाई पनि सम्मान गरिएको छ । मोरङको कुमारी विस्वास, इटहरीकी धनकुमारी तामाङ, वराहक्षेत्रकी मुना न्यौपाने पाण्डेलाई पनि सम्मान गरिएको छ । धनकुटाकी सुमित्रा बुढाथोकी, ईश्वरी मस्राङ्गी, तेह्रथुमको शान्तिला फुदोङ, बिष्णुमायाँ लिम्बु, भोजपुरकी रसिला त...
७ दिनभित्र दिक्तेलबजार सडक ढलानको काम सुरु गर्न अल्टिमेटम

७ दिनभित्र दिक्तेलबजार सडक ढलानको काम सुरु गर्न अल्टिमेटम

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १६ । खोटाङ सदरमुकाम दिक्तेलबजारभित्रको सडक ढलानको काम ७ दिनभित्र सुचारु गर्ने वातावरण मिलाउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगा र निर्माण कम्पनीलाई ताकेता गरेको छ । सडकको ढलान कार्य लामो समयदेखि स्थगित भएका कारण यातायात अवरुद्ध भएको, हिँडडुल गर्नसमेत समस्या भएको, निर्माणाधनी बाटो अलपत्र रहेका कारण दुर्घट्नाको जोखिम भएको तथा स्थानीयबासीहरूबाट व्यापक जनगुनासो आएकाले हप्ता दिनभित्र पुनः काम सुचारु गर्नका लागि पहल गरिदिन मेयर तीर्थराज भट्टराईले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सोमबार पत्रचार गर्नुभएको हो । मेयर भट्टराईले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई बोधार्थ राखेर निर्माण कम्पनी एससीएफ बिएनएस जेभीलाई भने ७ दिनभित्र निर्माण कार्य सुचारु गरी यथाशीघ्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । तोकेको समयामा पनि काम सुचारु...
उदयपुर : त्रियुगाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उदयपुर : त्रियुगाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी हुनुभएको छ । बस्नेतले १३ हजार ९ सय ५९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउले ११८७३ मत ल्याउनुभयो । पूर्वमेयरसमेत रहेका एकीकृत समाजवादीका बलदेब चौधरीले ९१४७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा भने एमालेकी महेश्वरी राई निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसकी सरिता राईलाई हराउनुभयो । महेश्वरीले १३ हजार ७०३ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ९८१ मत ल्यानुभयो । नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीले ६५६८ मत पाउनुभयो । त्रियुगाका १६ वडामध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ४ र ३ वडा माओवादी केन्द्रले जितेको छ । त्रियुगामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । त्रियुगामा निर्वाचन सकिएको ११ दिनपछि गणना सुरू गरिएको थियो । तोकिएकै...
दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १६ । बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त अयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा उक्त आयोजना निर्माण गर्...