खोटाङ : कृषि गणनाका लागि ६२ जना गणक र १७ जना सुपरीवेक्षक खटिने
खोटाङ, वैशाख १ । खोटाङमा कृषि गणनाको लागि ६२ जना गणक र १७ जना सुपरीवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो ।
गणनाका लागि खोटाङमा गणक र सुपरीवेक्षक गरी जम्मा ७९ जना स्थलगत कर्मचारी खटाइने कृषि गणना कार्यालय खोटाङका अधिकृत जितबहादुर कोइरालाले जानकारी दिनुभयो । गणनामा खटिने कर्मचारीका लागि दिक्तेलमा चैत २५ गतेदेखि तालिम सञ्चालन भइरहेको छ । तालिम वैशाख ३ गतेसम्म जारी रहनेछ ।
कोइरालाका अनुसार कृषि गणना कार्य वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ । ४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ ।
कृषि गणनाका लागि जिल्लाका १० वटै पालिकाहरूका ७९ वडामध्ये ७४ वडाका १८१ वटा क्षेत्र छानिएका छन् । छानिएका गणना क्षेत्रबाट २० देखि ३...









