खोटाङको एक विद्यालयमा पानी पिउदा तीन विद्यार्थी बिरामी
खोटाङ, चैत १४ : खोटाङको एक विद्यालयमा पानीको कारण तीन जना विद्यार्थी बिरामी परेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा स्थीत दाम्ली माध्यमिक विद्यालयमा अध्यानरत तीन जना विद्यार्थी सोही विद्यालयमा पानी पिउने क्रममा बिरामी परेका हुन् ।
विद्यालय नजिकैको धाराबाट जारमा पानी ल्याएर राखिएको अवस्थामा पानी पिउदा ती विद्यार्थी बिरामी परेका डिकुवाका वडाध्यक्ष हरीकुमार खड्काले बताउनुभयो । जारमा राखिएको पानी अन्य विद्यार्थीले पिउदा केही नभएपनि अन्तिममा पानी पिउने तीन जना विद्यार्थी बिरामी परेका हुन् । पानी पिउदै गर्दा बिषाधीको गन्ध आएको विद्यार्थीले बताएका थिए । विद्यार्थी बिरामी परेपछि हेर्दा पानीमा मेटासीट जस्तो सेतो तरलपदार्थ भेटिएको खड्काको भनाइ छ ।
जारमा राखेको पानीमा कसैले बिषाधी मेसाइदिएको हुन सक्ने आशंका गरिएको छ । विद्यार्थी बिरामी परेपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई सहि...









