हलेसी मन्दिर : कोरोनाको कारण आम्दानी घट्यो, तीन वर्षमा १ करोड ९२ लाख भेटी संकलन
खोटाङ, फागुन १३ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण त्रिधार्मिक स्थल हलेसी मन्दिरको आम्दानीमा उच्च गिरावट आएको छ । गत तीन आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै हलेसी सूचना केन्द्रले मन्दिरको वार्षिक आम्दानी घटेको जनाएको हो ।
सूचना केन्द्रका प्रमुख सयन्द्र राईले मन्दिरबाट तीन आर्थिक वर्षको अवधिमा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २ सय १५, २०७६/०७७ मा ५३ लाख ८९ हजार ८ सय ६९ र २०७७/०७८ मा ५१ लख २८ हजार ४ सय ४ रुपैयाँ गरी तीन आर्थिक वर्षमा जम्मा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ भेटी संकलन भएको विवरण सूचना केन्द्रले सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वर्ष २०७४/०७५ मा भन्दा १ सय ९ प्रतिशत बढी आम्दानी भएकोमा त्यसपछिका दुई वर्ष आम्दानी घटेको देखिएको छ । कोरोना महामा...









