Saturday, August 1News That Matters

ताजा अपडेट

हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने

हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, माघ २७ । तेस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि बन्द गरिएको प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने भएको छ । माघ ७ गतेदेखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको मन्दिर फागुन १ गतेदेखि खुलाउने निर्णय भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिनुभयो । जिल्लामा तेस्रो लहरमा लगातार कोभिडका संक्रमितको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर बन्द गरिएको थियो । दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने हुँदै आएको थियो । यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएको मन्दिर ८ महिना पछि गत भदौमा खोलिएको थियो । धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ...
खोटाङमा आज एकैदिन ४८ जना कोरोना संक्रमणमुक्त

खोटाङमा आज एकैदिन ४८ जना कोरोना संक्रमणमुक्त

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ २७ । खोटाङमा आज एकैदिन ४८ जना कोरोना संक्रमित निको भएका छन् । केही समयअघि संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका उनीहरू संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । यस्तै जिल्लामा आज ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्थानमा गरिएको १०० जनाको एन्टिजेन परीक्षणमा ४ जनामा मात्र संक्रमण देखिएको हो । जिल्लामा पछिल्लो समय निरन्तर दैनिक थपिने संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढिरहेको छ । यसले सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । अघिल्लो दिनसम्म सक्रिय संक्रमितको संख्या १ सय ६६ रहेको जिल्लामा आज थपिएकासहित यो संख्या १ सय २२ मा झरेको छ । संक्रमित सबैको अवस्था सामान्य रहेकाले उनिहरु होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।...
खोटाङमा गोरु काट्ने तीन जना पक्राउ

खोटाङमा गोरु काट्ने तीन जना पक्राउ

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ २३ । खोटाङमा गोरु काट्ने तीन जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ पक्राउ परेका हुन् । आज अपरान्ह ४ बजेतिर सोही नगरपालिका–२ दिखुवामा गोरु काटेर मासु बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूको साथबाट गोरु काट्न प्रयोग गरिएको एउटा बञ्चरो र चार वटा खुकुरी बरामद गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
खोटाङमा एकैदिन ३१ जना कोरोनामुक्त

खोटाङमा एकैदिन ३१ जना कोरोनामुक्त

ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ २३ । खोटाङमा एकैदिन ३१ जनाले कोरोना भाइरस संक्रमण जितेका छन् । केही समयअघि संक्रमण पुुष्टि भई होम आइसोलेसनमा बसेका उनीहरू संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । एकैदिन तेस्रो लहरयताकै धेरै संक्रमित निको भएको जिल्लामा आज ७ जना नयाँ बिरामी थपिएका छन् । जिल्लाको विभिन्न स्थानमा ४० जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखा परेको हो । जिल्लामा केही दिनयता थपिनेभन्दा संक्रमित निको हुने दर निरन्तर बढेको छ । जसकारण सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । अघिल्लो दिनसम्म २ सय २८ जना सक्रिय संक्रमित रहेको जिल्लामा आज थप भएकासहित यो संख्या २ सय ४ मा झरेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म कुल जनसंख्याको ६६ दशमलव ५५ प्रतिशत अर्थात् १ लाख १६ ह...
खोटाङबाट प्रदेश १ मा दुई जना मन्त्री

खोटाङबाट प्रदेश १ मा दुई जना मन्त्री

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ २३ । खोटाङले प्रदेश १ मा दुई जना मन्त्री पाएको छ । मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तारका क्रममा खोटाङ प्रदेश सभा (क) का सांसद राजन राईलाई सामाजिक विकास मन्त्री र प्रदेश सभा (ख) का सांसद रामकुुमार राई ‘पासाङ’ लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नियुुक्त गर्नुभएको हो । दलीय भागबण्डाका क्रममा राजनले नेकपा एकीकृत समाजवादी र रामकुमारले नेकपा माओवादी केन्द्रबाट मन्त्रीको जिम्मेवारी पाउनुभएको हो । मुुख्यमन्त्री राईले प्रदेशमा आज ८ जना मन्त्री नियुुक्त गर्नुभएको छ । आज थप ८ जना मन्त्री नियुक्त भएपछि प्रदेश १ को मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् । नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।...
अनेरास्ववियु खोटाङले बत्ती बालेर सरकार खोज्यो !

अनेरास्ववियु खोटाङले बत्ती बालेर सरकार खोज्यो !

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ २० । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले बत्ती बालेर सरकार खोजेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सिटामोल जस्तो अत्यावश्यकीय औषधी अभावले नागरिकलाई मर्का पर्दा पनि मौन रहेकोप्रति अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको हो । अनेरास्ववियुले आज साँझ सदरमुकाम दिक्तेलमा इन्धनको मूल्य वृद्धि फिर्ता, सिटामोलको सहज उपलब्धता, कालोबजारी र महँगी नियन्त्रण तथा स्थानीय तह निर्वाचन तत्काल घोषणाको माग गर्दै सांगीतिक -याली निकालेको छ । ‘बत्ती बालेर खोजौँ, सरकार कहाँ छ !’ नारा लेखिएको पर्चासहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले बत्ती बालेरै सरकारविरुद्ध खबरदारी गरेका छन् । असंवैधानिक तवरले सर्वोच्च अदालतको परमादेशबाट बनेको वर्तमान गठबन्धन सरकार नागरिकका समस्यामा अलिकति पनि गम्भीर नबनेकाले प्रदर्शनमा उत्रन बाध्य भएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताउ...
खोटाङमा टयाक्टरले किचेर बालकको मृत्यु

खोटाङमा टयाक्टरले किचेर बालकको मृत्यु

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ १९ । खोटाङमा टयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५, दुबेकोल, भदौरेका १३ वर्षीय बालक रोशन विकको टयाक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ९ बजेको समयमा भदौरेस्थित भित्री सडकखण्डबाट चिन्डेश्वरातर्फ ढुंगा लिन जाँदै गरेको प्रदेश २–०३–००१ त ३२९४ नम्बरको टयाक्टर सडकडमा कोल्टे परी दुर्घटना भएको थियो । दुर्घटनामा परेको टयाक्टरको पाङ्ग्राले किचेर बालक रोशनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । मृतक बालक सोही ट्याक्टरमा मजदुरको रूपमा काम गर्दै आएका थिए । दुर्घटनापछि टयाक्टर र चालक रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि दिक्तेल लगिएको छ ।...
गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ १८ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल खोटाङले विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐनहरूका विरुद्ध वन विभाग परिसर, बबरमहल काठमाडौंमा शान्तिपूर्ण रूपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गरिरहँदा पक्राउ परेका सामुदायिक वन अधिकारकर्मीलाई रिहा गर्न माग गरेको हो । विरोधमा उत्रिँदा पक्राउ परेका सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठकसहितका सामुदायिक वन अधिकारकर्मीलाई नेपाल सरकारको सुरक्षा निकायले धरपकड र गिरप्तार गरेकोप्रति महासंघले भत्र्सना गरेको छ । नेपालको संविधानको धारा १७ बमोजिम प्रत्येक नागरिक र नागरिक समाजलाई आफ्ना सवालहरूका विष...
स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियु खोटाङको माग

स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियु खोटाङको माग

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ १७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले स्थानीय तह चुनावको मिति यथाशीघ्र घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षणपत्र पठाउँदै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई ध्यानकर्षणपत्र पठाउँदै अनेरास्ववियुले जनताको स्वच्छ जनमतबाट नभई अदालतको परमादेशबाट बनेको अप्राकृतिक गठबन्धनको सरकारले संविधानको वस्तुगत भावना र मर्मविपरीत स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरेर नेपाली जनताको आन्दोलनबाट प्राप्त मुलुकको संघीयतालाई नै कमजोर बनाउने दुस्प्रयास गरिरहेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनताको हक अधिकारलाई हनन गरेर लोकतान्त्रमाथि निर्मम प्रहार ग...
वडा कार्यालय र विद्यालय तोडफोडमा संलग्नलाई कारबाही गर्न गाउँपालिकाको माग

वडा कार्यालय र विद्यालय तोडफोडमा संलग्नलाई कारबाही गर्न गाउँपालिकाको माग

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ १६ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले वडा कार्यालय र विद्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले माघ १३ गते बिहिबार राति ऐँसेलुखर्क गाउँपालिका–३ को वडा कार्यालय र वडा कार्यालयसँगै रहेको त्रिभुुवन माध्यमिक विद्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको हो । सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले घटनाको सम्बन्धित वडा कार्यालय, विद्यालय र इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट छानबिनको प्रयास भइरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले हस्ताक्षर गर्नुुभएको विज्ञप्तिमा अज्ञात समूहले वडा कार्यालयको गेटको चाबी तोडेर कार्यालयभित्र प्रवेश गरी वडाध्यक्ष र सचिवको कार्यकक्ष र वडाको सभाहल तोडफोड गरेको, वडाको ल्यापटप, कम्प्युटर जस्ता जिन्सी सामग्री छरपस्ट पारिएको त्यस्तै विद्यालयको कार्यालय छिर्ने ढोका तोफ...