हलेसी तुवाचुङमा विद्युतीय चुलो प्रयोग गर्न सुरु, नगरपालिकाद्धारा निःशूल्क वितरण
खोटाङ, असार ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशूल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ । शनिबार नगरपालिकाले यस वर्ष १ सय ३९ जना शिक्षिका र १७ जना पूर्व महिला जनप्रतिनिधिलाई विद्युतीय इन्फ्रारेड चुलो प्रदान गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले २ सय वटा इन्फ्रारेड चुलो खरिद गरेको थियो । जसमध्ये नगरपालिका भरिका शिक्षिक र पूर्व महिला जनप्रतिनिधिलाई शनिबार नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले चुलो प्रदान गर्नुभएको हो । बाकी रहेको चुलो एकल महिला र विधुर पुरुषलाई प्रदान गरिने नगर प्रमुख राईले बताउनुभयो ।
देश बाहिर जाने रकमलाई अध्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई नगरपालिकाले जोड दिएको प्रमुख राईको भनाइ छ । ‘आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अध...









