खोटाङमा भूमि प्राप्तिका लागि ७ सय ७९ वटा निवेदन
खोटाङ, फागुन १६ । खोटाङमा जग्गा प्राप्तिका लागि ७ सय ७९ वटा निवेदन संकलन भएको छ । जिल्लाका दश वटै पालिकाबाट भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिका लागि निवेदन दिएका हुन् ।
राष्ट्रिय भूमि आयोगले भदौ १ गते सूचना प्रकाशन गरेर ३५ दिन भित्र निवेदन दिन सक्ने बताएको थियो । तर संघ तथा प्रदेशको निर्वाचन मिति घोषणा भएपछि भदौ २९ गते निवेदन संकलन गर्न रोक लगाइएको थियो । पुनः मंसिर २८ गतेबाट पुस २ गतेसम्म गरी दुई चरणमा निवेदन संकलन गरिएको भूमि आयोक खोटाङ सदस्य–सचिव एवं नापी कार्यालय खोटाङका प्रमुख मदन खत्रीले जानकारी दिनुभयो ।
जिल्लाका सबै पालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडा कार्यालयमा आएको निवेदन संकलन पश्चात दाविबिरोधका लागि ७ दिनको सूचना वडाले निकालेको थियो । निवेदन संकलनसँगै दावीबिरोध आएको अवस्थामा त्यसको हे...








