मन्त्री र सचिवको घर छेउको विद्यालय ०२७ सालदेखि एउटै भवनमा
खोटाङ, माघ २५ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा हुलाकीस्थित कालिका आधारभुत विद्यलाय वि.स. २०२७ सालमा स्थापना भएदेखि अहिलेसम्म एउटै भवनमा सिमित छ । विद्यालय छेउका घरका ब्यक्तिहरु मन्त्री भए सचिव भए तर विद्यालयमा कसैको नजर गएन ।
विद्यालय स्थापना कालमा जन्मिएका मानिसहरु बृद्ध अवस्थामा पुगिसके । तर विद्यालयको भवनले भने अहिले पनि युवा नै हुनु परेको छ । ०२७ सालदेखि उक्त भवन भित्र बसेर विद्यार्थीहरुले आफ्नो भविष्य निर्माण गरिरहेका छन् । विद्यालय छेउका मानिसहरु नेपाल सरकारको शिक्षा मन्त्री र सचिवसम्म भएका छन् । तर विद्यालयको भवनले त्यनै ब्यक्तिहरुलाई कुरीकुरी गरिरहेको छ ।
नेकपा माओवादीका नेता तथा नेपाल सरकारका पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, गृह सचिव पदम पोखरेल र सरकारका सचिव देवराज पोखरेलको घर कालिका आधारभुत विद्यालय नजिकै छ । गृह सचिव भइसक्नु भएका पोखरेलले अध्...








