जापानी र नेपाली मेयरबीच मौलिक संस्कृति, झल्काउने उपहार आदान प्रदान
खोटाङ, माघ १३ । जापान भ्रमणमा जानुभएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका मेयर ओखावा हिदेकोसँग बिहीबार औपचारिक भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप मेयर भट्टराईले हस्तान्तरण गर्नुभएको हो ।
समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित् वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका उपहार तोचिगी नगरका मेयर हिदेकालाई हस्तान्तरण गर्नुभएको छ । जापानकोतर्फबाट तोचिगीका मेयर हिदेकाले त्यहाँको उच्च सम्मान अनुसार प्रदान गरिने अंगुरबाट बनेको प्लेट, स्थानीय हस्तलिपिबाट बनेको पंखा उपहारस्वरुप मेयर भट्टराईलाई हस्तान्तरण गर्नुभएको बताइएको छ ।
मेयर भट्टराईले तोचिगी नगरका मेयर सामु ‘नेपाल र जापानको घनिष्ठ र मित्रवत सम्वन्ध अमर बनाउन...









