जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन
खोटाङ, पुस १३ । खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ६४ बर्षको उमेरमा राती १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धन बहादुर राईले जानकारी दिनुभयो । मुटु रोगबाट पीडित श्रेष्ठको अघिलो बर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आउनु भएको पारिवारीक श्रेतले जनाएको छ ।
२०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो । २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति , २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । यस्तै श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
श्रेष्ठको निधनबाट सिंगो नेपाली कांग्रेस पार्टी शोकमग्न बन्न पुगेको जिल्ला सभापति बिष्णु क...









