नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न, के के भए निर्णय ?
खोटाङ कार्तिक २६ : नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न भएको छ । एमालेका संसदिय दलका प्रमुख सचेतक एवं केन्द्रिय सदस्य बिशाल भट्टराईको उपीस्थतीमा आज सम्पन्न बैठकले बिभिन्न महोत्वपुर्ण निर्णय गरेको नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष राम दंगालले जानकारी दिनुभयो ।
केहि समय अगाडि वडा र पालिका अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गरेको एमालेले आगामि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने १० औँ राष्ट्रिय माहाधिवेशनको लागि प्रतिनिधि छनोट बैठकको मुख्य बिषय रहेको उहाँले बताउनु भयो । खोटाङबाट १४ जना माहाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्ने अठोट लिएको एमालेले भोली सम्ममा सचिवालयको बैठकले प्रतिनिधि छनोट गर्ने उहाँको भनाई छ ।
जिल्ला कमिटि बैठकले वडा र पालिका अधिवेशनको समयमा अन्य पार्टीबाट आएका करीब ३ हजार जना नेता कार्यक्रतालाई बिभिन्न जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै आगामी तिन म...








