खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउने बढे
खोटाङ कार्तिक ९ गते : जिल्लामा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट संकलन हुने राजश्वमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले पछिल्लो एक महिनामा ४ लाख ७० हजार राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार असोज महिनामा ५ सय ५० वटा सवारी साधन कारबाहीबाट उक्त परिमाणको राजश्व उठेको हो । अघिल्लो महिना भदौमा ५ सय ८७ सवारी साधन कारबाहीबाट ४ लाख ४४ हजार राजश्व संकलन भएको थियो ।
असोज महिनामा नेपालीहरूको महान चाड दसैँ परेकोले विगतमा भन्दा ट्राफिक सुरक्षा व्यवस्था कडा पारिएको तथा सोहीबीच बेमौसमी वर्षाले जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारी साधन कम चलेकाले कारबाहीको संख्या भने केही घटेको खत्रीको भनाइ छ ।
ट्राफिक प्रहरीका अनुसार जिल्लामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा पर्ने गरेका छन् । असोज महिनामा मात्र ३ सय २१ वटा मो...








