Sunday, October 25News That Matters

ताजा अपडेट

सामाजिक सेवा दिवसमा खोटाङमा तीन व्यक्ति सम्मानित

सामाजिक सेवा दिवसमा खोटाङमा तीन व्यक्ति सम्मानित

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १५ : ४२ औँ सामाजिक सेवा दिवसका अवसरमा खोटाङमा तीन जना व्यक्ति सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा विशेष योगदान दिने तीन जनालाई सम्मान गरिएको गैरसरकारी संस्था महांसघ नेपाल, जिल्ला शाखा खोटाङका अध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो ।  सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडा सदस्य प्रकाशकुमार श्रेष्ठ, सोही वडाका युवा कविराज रिजाल र सोही नगरपालिका २ सोल्माका समाजसेवी चन्द्रप्रसाद आचार्य रहनुभएको छ ।  वडा सदस्य श्रेष्ठलाई कोभिड महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएको, रिजाललाई कलिलो उमेरमै पनि कोभिड महामारी नियन्त्रणमा दिलोज्यान लगाएर खटिएको तथा आचार्यलाई वृद्धवृद्धा, अशक्त तथा अपांगलाई ४ हजार २ सय बढी लट्ठी निःशुल्क वितरण गरेर सहयोग गरेकाले सम्मान गरिएको अध्यक्ष राईले बताउनुभयो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि खोटाङका प्रमुख जिल्ला अधि...
दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १५ : नेपाल टेलिकमले खोटाङका थप दुई स्थानमा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–८, दोर्पा र साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडामा फोरजी सेवा विस्तार गरिएको टेलिकमको खोटाङ कार्यालयका प्रमुख खगेन्द्र बलम्पाकीले जानकारी दिनुभयो । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, वुुइपा र साकेला गाउँपालिका–३, खिदिमामा पनि दसैँअघि नै फोरजी सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । सोझै प्रयोग गर्दा केही खर्चिलो हुने भएकाले डाटामार्फत फोरजी सेवा प्रयोग गर्न पनि उहाँले प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ । उच्च गतिको इन्टरनेट सेवा फोरजी विस्तारपछि नेटवर्क खोज्न डाँडाकाँडा पुग्नुपर्ने स्थानीयको बाध्यता हटेको दोर्पाका वडाध्यक्ष लिला चौहानले बताउनुभयो ।...
जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु भएको छ । दिक्तेलबाट साप्सुखोला हुँदै खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारसम्म जाने सडकको प्रारम्भिक स्तरोन्नतिको काम सुरु भएको हो ।   सडक विभागको ८ करोड लागतमा सडक स्तरोन्नतिको काम थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । आज (बुधबार) जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र नगरप्रमुख दिपनारायण रिजालले संयुक्त रूपमा सडक स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको हो । १० मिटर चौडाइ र ६ किलोमिटर लम्बाइको सडक आगामी पुस सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाले जनाएको छ ।...
गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ असोज १२ : खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौँसम्म नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाएका हुन् । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नेपाली नागरिकताबाट वञ्चित साकेला गाउँपालिकाका नागरिकहरूलाई घरैमा पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताउँनु भयो । नागरिकता प्राप्त गर्नेहरुमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई रहनु भएको छ । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उहाँहरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।...
खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ११ : जिल्ला प्रशासन कार्यालय खोटाङबाट पाँच महिनामा १६ सय ४७ जनाले नागरिकता लिएका छन् । कार्यालयको नागरिकता शाखाका अनुसार प्रतिलिपि, संशोधन र नयाँ गरी चालु वर्षको वैशाखदेखि भदौ मसान्तसम्मको अवधिमा सो संख्याको राहदानी वितरण भएको हो । दुई जनाले वैवाहिक अंगीकृत र बाँकीले वंशजका आधारमा नागरिकता लिएका हुन् । नागरिकता लिनेमा ९ सय ५३ पुरुष र ६ सय ९४ महिला रहेका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती खनाल पौडेलले जानकारी दिनुभयो । यस अवधिमा भदौ महिनामा सबैभन्दा बढी र जेठ महिनामा सबैभन्दा कमले नागरिकता लिएका छन् । भदौमा ३ सय ४९ पुरुष र २४७ जना महिला गरी ५९६ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठमा भने एक जना पुरुषले मात्र नागरिकता लिएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएकाले जेठ महिनामा नागरिकता वितरण प्रभावित भएको सहायक प्...
लिम्चुङबुङ गाउँपालिकाले गाईघाट र हलेसी सम्म सार्वजनिक बस सञ्चालन गर्दै

लिम्चुङबुङ गाउँपालिकाले गाईघाट र हलेसी सम्म सार्वजनिक बस सञ्चालन गर्दै

Banner News 1, ताजा अपडेट, समाचार, समाज
असोज ११ गते : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सार्वजनिक बस सञ्चालन गर्ने भएको छ । जनप्रतिनिधिहरुका लागि छुट्याइएको सेवाबाट सार्वजनिक बस खरिद गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको सार्वजनिक बस जिल्लाको सदमुकाम गाईघाट देखि लिम्चुङबुङ सम्म र लिम्चुङबुङ देखी छिमेकी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी मन्दिर सम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष मेजर राईले जानकारी दिनुभयो । सार्वजनिक बस सञ्चालनको सम्पुर्ण तयारी पुरा भएको र अबको एक साता भित्र बस सञ्चालनमा आउने अध्यक्ष राईले बताउँनु भयो । यस्तै, उक्त सार्वजनिक बसमा जेष्ठ नागरिक र पुर्णरुपमा अपाङगता भएकाहरुलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।...
खोटाङमा ट्राफिक नियम उल्लंघन बढ्दो : एक महिनामा ५८७ सवारी कारबाही

खोटाङमा ट्राफिक नियम उल्लंघन बढ्दो : एक महिनामा ५८७ सवारी कारबाही

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
पवन खड्का/०६ असोज खोटाङ । खोटाङमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले पछिल्लो दुई महिनामा कारबाही गरेका सवारी साधनको संख्याबाट ट्राफिक नियम उल्लंघन बढ्दो अवस्थामा रहेको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार भदौ महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने ५८७ सवारी साधनलाई कारबाही गरिएको छ । कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । भदौमा मात्र ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ३०८ मोटरसाइकल कारबाहीमा परेका छन् । यस्तै कार–जीप–भ्यान १३२, ट्रक ५०, ट्याक्टर ४९, टिप्पर १९, बस १५, अटो–टेम्पो १० र अन्य ४ वटा सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । ती सवारी साधन कारबाहीबाट ४ लाख ४४ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र नलिएका, हेल्मेट...
महामारीमा पनि युुवा बिदेसिने क्रम घटेन, खोटाङमा ५ महिनामा ४ सय ८७ जनाले लिए राहदानी 

महामारीमा पनि युुवा बिदेसिने क्रम घटेन, खोटाङमा ५ महिनामा ४ सय ८७ जनाले लिए राहदानी 

Banner News 1, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/असोज ०६, खोटाङ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना कहरकाबीच पनि युवाहरू बिदेसिने क्रम बढेको छ । स्वास्थ्यका हिसाबले नेपालबाहिरका मुलुक अति जोखिमयुक्त रहेको भनिए पनि रोजगारीका लागि बिदेसिने युवाको संख्या घट्नुको सट्टा बढ्दो अवस्थामा रहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय खोटाङको तथ्यांकअनुसार राहदानी बनाएर बिदेसिने युवाको लहर घटेको छैन । जिल्लामा पछिल्लो पाँच महिनामा ४ सय ८७ जनाले राहदानी लिएका छन् । चालु वर्षको वैशाखदेख भदौ मसान्तसम्म जिल्लाभित्रबाट सिफारिस भई आएका र जिल्ला प्रशासनबाट सिफारिस लिएर द्रूूत सेवामार्फत राजधानी पुुगेर १३२ महिला र ३५५ पुुरुषले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिनुुभयो । उहाँका अनुसार कोरोना कहरकाबीच पनि रोजगारीका लागि बिदेसिने बाध्यताले राहदानी बनाएको सेवाग्राह...
संविधान दिवसमा खोटाङका चार कैदीबन्दी रिहा

संविधान दिवसमा खोटाङका चार कैदीबन्दी रिहा

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज ३ : संविधान दिवसका अवसरमा खोटाङ कारागारबाट चार कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराध मुुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा चार पुरुष कैद मिनाहा भएको कारागार शाखा प्रमुख कृष्ण आचार्यले जानकारी दिनुुभयो । आचार्यका अनुसार रिहा हुनेमा कर्तव्य ज्यान मुद्दाका दुुई जना, नकवजनी चोरी मुद्दाका एक जना र सवारी ज्यान मुुद्दामा कैद भुक्तान गरिहेका एक जना छन् । हाल जिल्ला कारागारमा तीन महिला र १३४ पुरुष गरी जम्मा १३७ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।...
खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङमा कोरोना बिरुद्धको थप खोप असोज ४ र ५ गते लगाईने भएको छ । ४५ बर्ष माथीका नागरिकले एस्ट्राजेनिका खोपको पहिलो मात्रा असाज ४ र ५ गते लगाउँन पाउँने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । ४५ बर्ष माथीका नागरिकसँगै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुले पनि लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस्तै १८ बर्ष माथीका बिद्यार्थीले पनि उक्त एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन सक्ने उहाँको भनाई । जसको लागि एस्ट्राजेनिका खोप ६ हजार ५ सय मात्रा जिल्ला आएको छ । खोटाङ जिल्लामा हाल सम्म कोरोना बिरुद्धको खोपको पहिलो मात्रा मात्र ३९ हजार ९ सय ८६ जनाले लगाएका छन भने २० हजार १ सय ७४ जनाले दोसो मात्राको खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।...