जन्तेढुंगाका जनप्रतिनिधि र कर्मचारीको एक वर्षमा ४५ लाख बैठक भत्ता, ३१ लाख भ्रमण खर्च
राजकुमार सरगम (भट्टराई )
खोटाङ, असार ४ । एक वर्षमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा कर्मचारी तथा पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा १ करोड ५३ लाख ९९ हजार खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जन्तेढुंगा गाउँपालिकाले उक्त खर्च गरेको हो ।
एक आर्थिक वर्षमा गाउँपालिकामा कर्मचारी पदाधिकारी बैठक र अन्य भत्ता ४५ लाख २४ हजार, भ्रमण खर्च ३१ लाख ४६ हजार, इन्धन खर्च २४ लाख ९ हजार र विविध खर्च ५३ लाख २० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । पालिकाले खर्च गर्दा सवारी गुडेको किलोमिटर उल्लेख गरी सवारी लगबुक नराखेको, भ्रमण गर्नुको कारण र उदेश्य उल्लेख गरी भ्रमण प्रतिवेदन तयार नगरेको, अनुगमन समिति बनाइ अनुगमन मुल्यांकन नगरेको तथा एउटै कार्यमा दोहोरो हुने गरी अनुगमन गरेको देखिएकाले...









