Tuesday, June 30News That Matters

ताजा अपडेट

दिक्तेलमा फागुन २४ र २५ गते मृगौला सम्बन्धि शिविर सञ्चालन हुने

दिक्तेलमा फागुन २४ र २५ गते मृगौला सम्बन्धि शिविर सञ्चालन हुने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ११ । फागुन २४ र २५ गते दिक्तेलमा मृगौला सम्बन्धि शिविर सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय मृगौला दिवसको अवसरमा निःशुल्क मृगौला रोग सम्बन्धि दुई दिने चेकजाँच शिविर सञ्चाालन गर्न लागिएको बताइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङको सहआयोजनामा शिविर सञ्चालन हुने भएको हो । सरस्वती मावि दिक्तेलको प्राङ्गणमा फागुन २४ गते बिहान ८ बजेबाट सञ्चालन गरिने शिविरमा मृगौला प्रत्यारोपण केन्द्र बनस्थली काठमाडौंका संस्थापक नेपालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मृगौला रोग सम्वन्धी चेकजाँच गर्ने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । पछिल्लो समय जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मृगौला रोगको समस्या बढ्दै गएकोले समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना गरिने भएको न...
रत्न राज्य लक्ष्मी माविको हीरक महोत्सव, वडा स्तरीय भलिबलदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म

रत्न राज्य लक्ष्मी माविको हीरक महोत्सव, वडा स्तरीय भलिबलदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ८ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ६० औँ जन्मजयन्ती अर्थात हीरक महोत्सव मनाएको छ । विद्यालयले चार दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाएको हीरक महोत्सवमा वडा स्तरीय भलिबल प्रतियोगितादेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म रहेको थियो । प्रतिनिधि सभा सदस्य राम कुमार राई (पासाङ) ले बिहिबार उद्घाटन गर्नुभएको कार्यक्रमको आइतबार समापन प्रतिनिधि सभा सदस्य सरस्वती बजिमयले गर्नुभएको छ । हीरक महोत्सवमा आयोजना गरिएको गाउँपालिका भित्रका वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ डुम्रे धारापानीले जितेको छ । यस्तै वडा नम्बर १ कुभिण्डे दोस्रो भएको छ भने वडा नम्बर ५ दुवेकोल तेस्रो हुन सफल भएको छ । प्रथम, दोस्रो र तेस्रो समुहलाई क्रमस रु २५, २० र १० हजार नगदको साथमा शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको कुभिण्डेका वडाध्यक्...
केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, उद्घाटनमा जनप्रतिनिधि र कर्मचारीको भिडन्त

केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, उद्घाटनमा जनप्रतिनिधि र कर्मचारीको भिडन्त

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ७ । खोटाङको केपिलासगढी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका केन्द्र तथा वडा नम्बर ४ बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता आईतबारबाट सुरु भएको हो । प्रतियोगिताको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । तीन दिने प्रतियोगितामा छात्राछात्रतर्फ १५ विद्यामा अर्थात ३० स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ । जसमा १००, २००, ४००, ८००, १५००,३००० मिटरको दौड, रिले दौड दुई, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपाल जम्प, भलिवल र कबड्डी प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभरीका आठ वटा माविको सहभागिता छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको चार लाखसहित ५ लाखमा प्रतियोगित...

१० स्वर्ण पदका लागि जन्तेढुंगामा सुरु भयो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ७ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । १० स्वर्ण पदका लागि गाउँपालिकाको वडा नम्बर ५ स्थित चिसापानी माध्यमिक विद्यालयमा आइतबारबाट प्रतियोगिता सुरु भएको हो । गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा ५ विद्यामा प्रतिस्पर्धा हुनेछ । जसमा महिला, पुरुष भलिबल, १०० र २०० मिटर दौड, हाई जम र लङ जम गरी ५ विद्यामा १० स्वर्ण पदका लागि प्रतिस्पर्धा हुने गाउँपालिकाका शिक्षा शाखा प्रखुक सुर्य बहादुर दाहालले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारबाट प्राप्त १ लाखमा गाउँपालिकाले ३ लाख थपेर जम्मा ४ लाख बजेटमा प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागि प्रत्येक बिद्यालयलाई व्यवस्थापन खर्चका लागि रु २०/२० हजार र प्रमाणपत्र गाउँपालिकाले उपलब्ध गराएको छ । बिजेता वि...
हलेसी तुवाचुङले गर्यो अर्ध वार्षिक सार्वजनिक सुनुवाइ, बजेट खर्च २८ प्रतिशत

हलेसी तुवाचुङले गर्यो अर्ध वार्षिक सार्वजनिक सुनुवाइ, बजेट खर्च २८ प्रतिशत

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थीक वर्ष २०७९/०८० को पुस ३० गतेसम्म २८ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले शनिबार अर्ध वार्षिक सार्वजनिक सुनुवाइ गर्दै पुस मसान्तसम्म २८ दशमलव ७४ प्रतिशत मात्र बजेट खर्च भएको जनाकारी दिएको छ । नगरपालिकाले विनियोजन गरेको रु ६९ करोड ५५ लाख ४४ हजार ५० रुपैयाँमा अर्ध वार्षिक अर्थात पुस मसान्तसम्म रु १९ करोड ९९ लाख ३२ हजार ८ सय ३६ रुपैयाँ २९ पैसा खर्च भएको विवरण नगरपालिकाले सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेको हो । नगरपालिकामा हालसम्म भएको काम र बजेट खर्चको विषयमा सबै शाखागत प्रमुखहरुले प्रस्तुत गर्नुभएको थियो । नगरपालिकामा भएका कामहरु सबैलाई जानकारी गराउन त्यसको पारदर्शिताका लागि नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको उपमेयर रमेशकुमार राउतले बताउनुभयो । अर्ध वार्षिक रुपमा वा वर्षमा एक पटक स्थानीय तहले सार्वजनिक सुनुवाइ गर्नै पर्ने कान...
२ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुँदै

२ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुँदै

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ५ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । आगामि वैशाख २ गतेदेखी ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकप जन्तेढुंगा गाउँपालिकाका–५ खर्क खेलमैदानमा आयोजना हुने गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विद्यातर्फ बेष्ट स्टाइकरलाई, बेष्ट गोल्डकिपर, बेष्ट डिफेण्डरलाई नगद रु १० हजार र म्यान अफ द म्याचलाई नगद रु ५ हजा...
विद्यालयमा राजनीतिकरण : व्यवस्थापन समितिमा पार्टीगत चुनाव हुँदा एमाले विजयी

विद्यालयमा राजनीतिकरण : व्यवस्थापन समितिमा पार्टीगत चुनाव हुँदा एमाले विजयी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ५ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित शारदा माध्यमिक विद्यालयमा राजनीतिकरण भएको छ । विद्यालयको व्यवस्थापन समितिमा राजनीतिक दलको आधारमा चुनाव भएको छ । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै गत माघ २७ गते नयाँ समिति गठनका लागि विद्यालयले अभिभाबकलाई पत्र काटेर बोलाएको थियो । तर नयाँ समिति गठनमा राजनीतिकरण हुँदा सर्वसम्मत समिति गठन हुन सकेन् । २७ गतेको अभिभाबकको भेलामा करीब २५ जनाले समितिमा बस्न आकांक्षा ब्यक्त गरेको प्रधानाध्यापक हर्क बहादुर कार्कीले बताउनुभयो । आकांक्षीहरु धेरै भएपछि सर्वसम्मतका लागि धेरै पटक छलफल गर्दा पनि सहमति हुन नसकेको उहाँको भनाइ छ । केही ब्यक्तिले नाम फिर्ता लिए पनि समितिमा आवश्यक भन्दा धेरै आकांक्षी पछि नहटेपछि शुक्रबार चुनाव भएको छ । २ महिला र २ पुरुष सदस्यका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । पटक पटकको छलफलमा सहमति नजुटेपछि अ...
दिक्तेलमा १०३ वर्षका वृद्धसहित ६४ जनाको मोतिविन्दुको शल्यक्रिया

दिक्तेलमा १०३ वर्षका वृद्धसहित ६४ जनाको मोतिविन्दुको शल्यक्रिया

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिएका छन् । जिल्ला आयुर्वेद अस्पतालमा मंगलबारदेखि बिहिबारसम्म तीन दिनसम्म सञ्चालन भएको शिविरमा ११ सय ३७ जनाले आँखा परिक्षण गराएको नगरपालिकाले जनाएको छ । शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको छ । १ सय ३ वर्षका बृद्धदेखि दुवै गोडा नभएका अपांगता भएका ब्यक्तिसम्मको शिविरमा शल्यक्रिया गरिएको नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला अस्पताल चोक निवासी १ सय ३ वर्षिय खड्ग बहादुर राउतको सफलता पूर्वक सम्पन्न भएको छ । जन्मजातै अपांगता भएका (दुवै गोडा) नभएका रावा बेसी गाउँपालिका–६ हौँचुरका ६० वर्षिय पुर्ण गुरुङको पनि आँखाको मोतिविन्दुको शल्याक्रिया गरिएको छ । शिविरमा ९ जनाको टेरिजिएम शल्यक्रिया, ३ जनाको इन्ट्रोपिएन शल्यक्रिया गरिएको छ । सोही शिविरमा...
खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण

खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । एक नम्बर प्रदेश सरकार अन्तरगत स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा धनकुटाको आयोजनामा दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पताल खोटाङमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारासहित प्रदेश एकका १४ वटै जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको मुख्य उदेश्य गुणस्तरीय स्वास्थ्य प्राप्त रहेको बताइएको छ । कार्यक्रमको जिल्ला स्तरीय समितिको संयोजक जिल्ला समन्वय समितिका प्रमुख र सदस्य सचिव आयुर्वेद अस्पतालका प्रमुख रहने व्यवस्था छ । सोही अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको अध्यक्षतामा बिहिबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, विभिन्न कार्यालयका प...
खोटाङ : बनमा लागेको डढेलोले दुई घर र चौपाया जल्यो, १० लाख बराबरको क्षति

खोटाङ : बनमा लागेको डढेलोले दुई घर र चौपाया जल्यो, १० लाख बराबरको क्षति

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुईवटा घर र एकवटा गोठ जलेर नष्ट भएको छ । । बनमा लागेको डढेलोले घर र गोठ जल्दा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बुधबार दिउँसो साढे दुई बजे दुर्छिमको आमकासुकसे सामुदायिक बनमा लागेको आगो अचानक हावाले उडाई ल्याउँदा बस्नेतको ढुंगा र माटोले बनेको फुसको छानो भएको दुई तलाको दुई वटा घर र काठले बनेको गाईबस्तु राख्ने एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगोले दुईवटा घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद १ लाख, सुन ४ तोला, चाँदी २ तोला र गोठमा रहेको गाईको बाछी १ वटा तथा १ वटा बाख्रा पूर्णरुपमा जलेको छ । आगोलाई स्थानीय र प्रहरीले साँझ ६ बजेर ४० मिनेटमा नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।...