Thursday, August 27News That Matters

ताजा अपडेट

सर्वधन राईले लिए उम्मेद्वार फिर्ता

सर्वधन राईले लिए उम्मेद्वार फिर्ता

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २६ । खोटाङबाट प्रतिनिधि सभाकालागि स्वतन्त्र उम्मेद्वार दर्ता गराएका पूर्व राज्य मन्त्री सर्वधन राईले उम्मेद्वार फिर्ता लिएका छन् । खोटाङ कांग्रेसलाई अन्याय भएको भन्दै स्वतन्त्र उम्मेद्वार दिएका राईले आज उम्मेद्वारी फिर्ता लिएका हुन । सिट भागबन्डामा असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि लगायतको समर्थनमा राईले उम्मेद्वारी दर्ता गराएका थिए । निर्वाचन कार्यालयले आज १ बजेसम्म उम्मेद्वारी फिर्ता गर्न समय दिएसँगै राईका प्रतिनिधि राजन सैजुले उम्मेद्वारी फिर्ताको निवेदन दिएका सहायक निर्वाचन अधिकृत रमाकान्त यादबले जानकारी दिए । यस्तै, प्रदेश सभा क मा स्वतन्त्र उम्मेद्वार दिएका कांग्रेसका महाधिवेशन प्रतिनिधि सुबास पोखरेल र धर्मराज पोखरेलले पनि उम्मेद्वारी फिर्ता गर्ने तयारी गरिएको बुझिएको छ ।...
केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्दै

केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्दै

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २५ । खोटाङको केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश स्तरीय छनोटमा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीलाई पुरस्कृत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष समिर राईका अनुसार प्रदेश छनोटको विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार खेलाडीहरुको प्रोत्साहनका लागि कुनै खेलकुद कार्यक्रमको अवसर पारेर पुरस्कृत गरिने राईको भनाइ छ । प्रदेश स्तरीय छनोटमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका दिर्पा बस्नेतले एथलेटिक्स र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका मोहन राईले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकै नविन र्राइले किङ फाईटमा र महिला भलिबलमा केपिलासगढी गाउँपालिका–७ सुङदेलका शिखा कोयी राई, केपिलासगढी ग...
प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक हुन्छ : माओवादी संयोजक पाण्डे

प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक हुन्छ : माओवादी संयोजक पाण्डे

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २३ । माओवादी केन्द्र खोटाङ जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डेले प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक भएर जाने बताएका छन् । नेपाली कांग्रेसले छुट्टै स्वातन्त्र उम्मेद्वार दर्ता गराएपनि २६ गते भित्रमा फिर्ता लिनेगरी छलफल भइरहेको पाण्डेले बताएका हुन् । पाण्डेले भने, ‘हाम्रो दुश्मन भनेको एउटै हो, त्यसैले हामीले एक भएर हिड्नुको बिकल्प छैन् । सिटको भागबन्डा माथीबाटै भएको हो, गठबन्धनको आधिकारीक उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वार दिएपनि हामी छलफल गरिरहेका छौँ । हाम्रो छलफल ७५ प्रतिशित सकारात्मक भएको छ, बाकी रहेका असन्तुष्टहरु चाडै समाधान हुनेछ, उम्मेद्वारी फिर्ता हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ एउटै आवाज लिएर एउटै मञ्चबाट जनताको घरमा गठबन्धन पुग्ने संयोजक पाण्डेको भनाइ छ । सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, ...
शेर्पा दम्पतीले दिए शेर्पा संघ ओखलढुंगाको भवन निर्माणका लागि निःशुल्क जग्गा

शेर्पा दम्पतीले दिए शेर्पा संघ ओखलढुंगाको भवन निर्माणका लागि निःशुल्क जग्गा

ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज
दावा जाङबु शेर्पा असोज २३ । नेपाल शेर्पा संघ ओखलढुंगाको भवन निर्माणका लागि शेर्पा दम्पतीले निःशुल्क जग्गा प्रदान गरेका छन् । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ का सोनाम टाशी शेर्पा र पासाङ पुटी शेर्पाले करिब १६ लाख रुपैयाँ मूल्य बराबरको एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । जग्गा दिने शेर्पा हाल काठमाडौं नयाँवस्ती वस्दै आएका छन् । शेर्पा पर्यटन व्यवसायी तथा थोलेदेम्बा शेर्पा किदुगका कोषाध्यक्षसमेत हुन् । जग्गा प्राप्त भएसँगै भवन निर्माणको काम छिट्टै सुरु गरिने संघका जिल्ला अध्यक्ष पेम्बा शेर्पाले बताए । अध्यक्ष शेर्पाका अनुसार संघले शेर्पा संस्कृति झल्किने गरी भवन निर्माण गरिनेछ । आवश्यक रकमकालागि सहयोगी दाताहरु संग सहयोग संकलन तथा स्थानीय तहसंग बजेट माग गरिने उनको भनाइ छ ।...
गठबन्धन : प्रतिनिधि सभामा रामकुमार, प्रदेशमा भुपेन्द्र र वीरवल

गठबन्धन : प्रतिनिधि सभामा रामकुमार, प्रदेशमा भुपेन्द्र र वीरवल

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २३ । सत्तारुढ गठबन्धन दलले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रदेश १ का सिंचाइ तथा खानेपानी मन्त्री रामकुमार राई पासाङले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट प्रदेश सभा ‘क’ मा नेकपा एकीकृत समाजवादीका विरबलकाजी राई र प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका प्रदेश नम्बर एकका महामन्त्रीसमेत रहेका भुपेन्द्र राईले उम्मेद्वारी दर्ता गराएका हुन् । यस्तै, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराएका छन् । संघमा दुई पटक निर्वाचित भट्टराई गठबन्धनको घेरबन्दीमा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभा ‘क’ मा पाँचकर्ण राई (पिके) र प्रदेश सभा ‘ख’ मा रामप्रसाद दंगालले उम्मेद्वारी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा सर्जु श्रेष्ठ...
तेस्रो पटक उदाउन भट्टराईले दर्ता गराए उम्मेद्वारी

तेस्रो पटक उदाउन भट्टराईले दर्ता गराए उम्मेद्वारी

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, संघर्षको कथा, समाचार, स्थानीय
खोटाङ, असोज २३ । खोटाङबाट दुई पटक चुनाव जितिसकेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् । दुई पटक जिल्लाबाट उदाएका भट्टराईले तेस्रो पटक उदाउने चाहानाकासाथ उम्मेद्वारी दर्ता गराएका हुन् । पहिलो पटक २०५६ सालको चुनावमा भाग लिएका भट्टराई पराजित भएका थिए । दोस्रो पटक २०६४ सालको चुनावमा पनि एमालेबाट टिकट ल्याएर चुनावी मैदानमा आएका भट्टराई पुनः पराजित भए । सोही क्षेत्र, खोटाङ क्षेत्र नम्बर दुईबाट ०७० सालमा भने पहिलो पटक भट्टराई उदाएका हुन् । नेपाली कांग्रेस र नेकपा मओवादीका उम्मेद्वारलाई पराजित गर्दै भट्टराई पहिलो पटक सांसद बनेका हुन् । ०७४ सालमा भएको चुनावमा बामगठबन्धनका साझा उम्मेद्वार बनेका भट्टराईले सानदार जीत हात पारेका थिए । दुई पटक सांसद भइसेका भट्टराईले पुनः तेस्रो पटक सांसद बन्न नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गर...
भुपेन्द्र राईलाई समर्थन, संघ र प्रदेस ‘क’ मा कांग्रेसले दियो छुट्टै उम्मेद्वारी

भुपेन्द्र राईलाई समर्थन, संघ र प्रदेस ‘क’ मा कांग्रेसले दियो छुट्टै उम्मेद्वारी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २३ । सत्ता गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले खोटाङमा छुट्टै उम्मेद्वारी दर्ता गराएको छ । सिट बाँडफाँडमा खोटाङ कांग्रेसलाई अन्याय गरेको भन्दै संघ र प्रदेश सभा ‘क’ मा कांग्रेसले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको हो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाएका थिए । तर पत्रको कुनै वास्ता नभएपछि जिल्ला सभापति, पूर्वसभापति, महाधिवेशन प्रतिनिधि लगायतको समर्थनमा पुर्व राज्य मन्त्री सर्वधन राईले प्रतिनिधि सभामा र महाधिवेशन...
भागबन्डामा खोटाङ कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिन सक्ने

भागबन्डामा खोटाङ कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिन सक्ने

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २२ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकालागि सिट भागबन्डामा खोटाङ कांग्रेसले असन्तुष्टि जनाएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाएका छन् । जिल्लामा सबै भन्दा ठुलो पार्टी रहेको कांग्रेसको भागमा एउटा प्रदेश सभा मात्र पर्नु ठुलो अन्याय भएको र उक्त निर्णय नसच्याए स्वातन्त्र उम्मेद्वारी दिन सक्ने पत्रमा लेखिएको छ । “एक संघ र दुई प्रदेश क्षेत्र भएको जिल्लामा संघमा माओवादी र प्रदेश क मा गठब...
खोटाङमा गजलको कार्यक्रम हुँदै

खोटाङमा गजलको कार्यक्रम हुँदै

Banner News 2, कला, साहित्य, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २२ । खोटाङमा गजलको कार्यक्रम हुने भएको छ । अचानो नेपालको आयोजना असोज २५ गते मंगलबार समन्वय समितिको हलमा हुने भएको हो । कार्यक्रममा युवा पुस्ताले रुचाएको गजलकार सुमन स्मारिकाको एकल वाचन रहनेछ । स्थानीय गजलकारहरुले पनि वाचन गर्न पाउने आयोजक समितिले जनाएको छ । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा स्मारिकाले दुई दर्जन गजल वाचन गर्ने अचानो नेपालका अध्यक्ष विशाल बिहानीले बताउनुभयो । गजलकार स्मारिकाले वाचन गरेका गजलहरु युटुवमासमेत चर्चित छन् । ‘जिल्लामा साहित्य क्षेत्रको विकाससँगै साहित्यलाई रुचाउने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गरी गजलको कर्याक्रम आयोजना गरेका छौँ । सबैको साथ र सहयोग मिल्नेछ, कार्यक्रममा स्थानीय गजलकारहरुले आएर गजल वाचन गर्नुहुनेछ, साहित्यलाई अर्थात गजललाई मन पराउनेहरुले आएर सुन्नुहुनेछ भन्नेमा हामी विश्वस्त छ ।’ अध्यक्ष बिहानीले भन्नुभयो । खोटाङमा गजलका कार्यक्...
घनश्याम भूसालले एमाले छाडे, स्वतन्त्र उम्मेदवारी दिने

घनश्याम भूसालले एमाले छाडे, स्वतन्त्र उम्मेदवारी दिने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
असोज २२ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।...