समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबलाई
खोटाङ, असोज १ । खोटाङको दिक्तेलमा सम्पन्न समता खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबले जीतेको छ । शनिबार सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउदै बाम्राङले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधिसँगै बाम्राङले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने साकेला गाउँपालिका फुटबल क्लबले नगद २७ हजार ७ सय ७७ र तेश्रो हुने हलेसी तुवाचुङ फुटबल क्लबले नगद १२ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थानकालागि शुक्रबार भएको खेलमा हलेसीले युवा जागरण क्लबलाई २–१ गोल अन्तरले पराजीत गरेको थियो ।
खेलको सर्वाधिक गोलकर्ता बाम्राङका हरी खवास भएका छन् । यस्तै, साकेलाका जोर्डन राई उत्कृष्ट खेलाडी, बाम्राङका सुजन खड्का सर्वोत्कृष्ट किपर, साकेलाका रामसुर राई उत्कृष्...









