Saturday, May 2News That Matters

ताजा अपडेट

देगेलिङ गुम्बा पुनर्निर्माणका लागि चालिस लाख आर्थीक सहयोग संकलन

देगेलिङ गुम्बा पुनर्निर्माणका लागि चालिस लाख आर्थीक सहयोग संकलन

ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज
दावा जाङ्बु शेर्पा काठमाडौं, भदौ १९ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ चुप्लु भञ्ज्याङस्थित देगेलिङ गुम्बा पुनर्निमाणकालागि चालिस लाख आर्थीक सहयोग संकलन भएको छ । गुम्बा पुनर्निमाणकालागि २ करोड भन्दा बढी खर्च लाग्ने अनुमान गरिएकोमा अहिलेसम्म करीब ४० लाख सहयोग संकलन भएको गुम्बा निर्माण समितिले जनाएको छ । वि.स. २०७२ साल वैशाख १२,१३ र २९ गते गएको भुकम्पले गुम्बा पूर्णरुपमा ध्वस्त भएको थियो । गुम्बा भत्किदा पुराना धार्मिक ग्रन्थ, मुर्ति वास्तुकला, चित्रकला लगायत नष्ट भएको अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । उक्त आगामि मंसिरबाट गुम्बा पुनर्निमाणको काम सुरुगर्न लागिएको शेर्पाको भनाइ छ । पुनर्निमाणमा आवश्यक रकम संकलन गर्न समितिले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै आएको छ । सहयोग गर्न चाहानेले देगेलिङ गुम्बाको अफिसियल फेसबुक मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ । ३ लाख भन्दा बढी सहयोग गर...
खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लागेर २४ घण्टा भित्रमा दुई जनाको ज्यान गएको छ । शनिबार राती विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको थियो । २४ घण्टा नबित्दै आइतबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा अर्का एक जनाको करेण्ट लागेर ज्यान गएको छ । बुईपास्थित ३३ के.भीको हाइटेन्शन लाइनमा करेण्ट लाग्दा डाँडाखर्कका करीब ३५ वर्षका नगिन्द्र राईको ज्यान गएको छ । बुईपामा विद्युत मर्मत कार्य सकेर फर्कनेक्रममा भर्‍याङ गाडिमा राख्न लिएर जाँदा हाइटेन्शन लाइनको तारमा भर्‍याङले छुएर राईलाई करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भिर घाइते राईलाई उपचारकालागि नजिकै रहेको बुईपा स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । मृतक राई दैनिक ज्यालादारीमा ...
एमाले खोटाङ : प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ जना, प्रदेशसभा ‘ख’ मा दंगाल सर्वसम्मत सिफारिस

एमाले खोटाङ : प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ जना, प्रदेशसभा ‘ख’ मा दंगाल सर्वसम्मत सिफारिस

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले आसन्न निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि शनिबार बसेको एमालेको जिल्ला कमिटिको बैठकले छलफल गरेर उम्मेद्वारका नाम प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ३ जनाको नाम नेपाली बर्णानुक्रमअनुसार सिफारिस गरेको जनाएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश सदस्य देवन राई, प्रदेश सचिवालय सदस्य पाँचकर्ण राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रमेश पौडेल र प्रदेश सदस्य राजन प्रसाद ढकालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला कमिटि सचिवालय सदस्य रमेश परियार र जिल्ला कमिटि सदस्य राजकुमारी राई...
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा बिरामीलाई फलफुल

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा बिरामीलाई फलफुल

Banner News 1, ताजा अपडेट, समाचार, समाज
खोटाङ, भदौ १९ । नेपाल निजामती कर्मचारी युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा खोटाङमा बिरामीलाई फलफुल बितरण गरिएको छ । जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर दिवस मनाइएको नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिनुभयो । निजामती कर्मचारी युनियन खोटाङका पुर्व अध्यक्ष एवं नेपाली कांग्रेसका कर्मचारी बिभाग प्रमुख टंकनाथ आचार्यको प्रमुख आतिथ्यमा अस्पतालमा रहेका १६ जना बिरामीलाई आइतबार बिहान स्याउ, केरा लगायतका फलफुल बितरण गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । जिल्ला समितिले आयोजना गरेको फलफुल बितरण कार्यक्रममा समितिका पदाधिकारीसहित केन्द्रिय सदस्य अनिल आचार्य र इरन राई साथै प्रदेश सदस्य खेमराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।...
करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय नाखम खोला हाइड्रोपावर विद्युतको जम्पर जोड्न शनिबार करीब साँझ ६ बजे पोलमा चड्दा करेण्ट लागेर राई घाइते भएका थिए । घाईते राईलाई राती उपचारका लागि फेमिली केयर अस्पताल दिक्तेलमा ल्याउदै गर्दा बाटैमा उनको मृत्यु भईसकेको फेमिली केयर अस्पतालले जनाएको छ । हाल मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । मृतक राईको श्रीमती र चार जना सन्तान रहेका छन् ।...
खोटाङ कांग्रेस : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस

खोटाङ कांग्रेस : प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ भदौ १८ । खोटाङबाट नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरु सिफारिस गरेको छ । शनिबार बसेको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ सर्वधन राई, सुवासकुमार पोखरेल, भुपेन्द्र राई, हिरा गुरुङ, डा.राजकुमार राई, रोजन राई, रामप्रसाद आचार्य(आरपी) विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकको महिलातर्फ सरस्वती वजिमय र शान्तीदेवी राई तथा पुरुषतर्फ दिनेशकुमार राई, काशिनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्र कुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको छ ।...
खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रत्यक्षमा ६ र समानुपातिकमा १२ जनाको नाम सिफारिस

खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रत्यक्षमा ६ र समानुपातिकमा १२ जनाको नाम सिफारिस

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १८ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय कार्य समितिले आसन्न निर्वाचनकालागि उम्मेद्वारका आकंक्षीहरुको नाम सिफारिस गरेको छ । दुई दिनसम्म सञ्चालन भएको समितिको बैठकले आज खोटाङ प्रदेशसभा ‘ख’ का लागि प्रत्येक्षमा ६ जना र समानुपातिकमा १२ जनाको नाम सिफारिस गरेको हो । प्रत्येक्षतर्फ बिष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शक्भु कार्की र पुर्णबहादुर खड्काको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकतमा खुल्ला पुरुषतर्फ शहरमान राई र महिलातर्फ कमला राईको नाम सिफारिस गर्दै अन्य आकांक्षी इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता के.सी बस्नेत, धुव्रकला राई, सपना राई, निर्मला राई र राजु ढकालको नाम पनि समावेश गरेर जिल्ला कार्य समितिलाई पठाएको कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय सभापति दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । प्रदेशसभा ‘क’ क...
आसन्न निर्वाचनमा खोटाङबाट कसले बाजी मार्ला ? यस्तो छ पार्टीहरुको अवस्था

आसन्न निर्वाचनमा खोटाङबाट कसले बाजी मार्ला ? यस्तो छ पार्टीहरुको अवस्था

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार सरगम खोटाङ, भदौ १५ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकीदै गर्दा केही नेता गाउँ पस्न थालेका छन् भने केही नेता सहर छिरेका छन् । चुनावको समयमा मात्र गाउँ आउनेहरु अहिले जनतालाई अनुहार देखाउन आइपुगेका छन् । गाउँमै बस्नेहरु टिकट आफ्नो पक्षमा पार्न ठुला नेता फकाउन सहर पसेका छन् । जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टी (एस)ले दुवै सभामा खोटाङबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारकालागि नाम सिफारिस गरिसकेको छ । तीन ठुला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले पनि उम्मेद्वारको नाम सिफारिस गर्ने तयारी गर्दै छ । केही समय अगाडि भएको स्थानीय तहको निर्वाचनले तताएको गाउँघर सेलाएको थियो । अहिले पुनः चोकमा, चिया पसलमा, चोतारोहरुमा निर्वाचनका कुराहरु हुन थालेका छन् । मानिसहरुको भेटघाट बाक्लीएको छ । राजनीतिक दलहरुले बैठक निरन्तर गरिरहेका छने भने मत आफ्नो पक्ष...
किरात राई यायोक्खा रावा बेसीको अध्यक्षमा बिशाल राई चयन

किरात राई यायोक्खा रावा बेसीको अध्यक्षमा बिशाल राई चयन

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १३ । किरात राई यायोक्खा रावा बेसी गाउँपालिकाको अध्यक्षमा बिशाल राई चयन हुनुभएको छ । यायोक्खाको दोस्रो पालिका सम्मेलनले राईको अध्यक्षतामा सोमबार (आज) १५ सदस्य समिति गठन गरेको हो । यायोक्खा रावा बेसी गाउँपालिकाको उपाध्यक्षमा भुपेन्द्र राई, सचिवमा दिपक राई र कोषाध्यक्षमा भविना राई सर्वसम्मत चयन हुनुभएको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो । सेतुमान राईको अध्यक्षतामा गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा सम्पन्न दोस्रो पालिका सम्मेलनमा किरात राई यायोक्खा जिल्ला सचिव युगसन राई रावा बेसी गाउँपालिकाका अध्यक्ष फट्टिक कुमार श्रेष्ठ ,उपाध्यक्ष कौशिला गुरुङ ,कि.रा.या शाखा कतार प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष एल वि मगर, किरात राई विद्यार्थी संघ केन्द्रीय सचिवालय सदस्य डार्विन राई लगायतको उपस्थिति रहेको थ...
नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट (सूचीसहित)

नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट (सूचीसहित)

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ १३ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट भएका छन् । भदौ ५ देखि १० गतेसम्म दिक्तेलमा भएको छनोट प्रतियोगिताबाट १४ खेलकालागि १ सय ५८ जना खेलाडी छनोट भएका हुन् । व्यवस्थापन तथा अफिसियलमा ३० जना गरेर जिल्लाबाट प्रदेश छनोट प्रतियोगितामा १ सय ८८ जना जानेछन् । आठौँ राष्ट्रिय प्रतियोगीतामा १० खेलमा खोटाङबाट खेलाडी लगिएको थियो । यो वर्ष नवौँ प्रतियोगितामा ४ खेल थपिएको खेलाडी छनोट समितिका संयोजक सुमन राईले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीहरु अब प्रदेश स्तरीय खेलाडी छनोटमा भाग लिने छन् । प्रदेश छनोट प्रचियोगिता कुन–कुन जिल्लामा हुने भन्ने टुंगो लागिसकेको छैन् । यद्यपी कराते र बुद्धिचाल प्रतियोगिता खोटाङमा हुन सक्ने राईको भनाइ छ । भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा ४, तेक्वान्दोमा २२, टेबलटेनिसमा ४, फुटबलमा ३२, व्याडमिन्टनमा ७, भारोत्...