Saturday, May 2News That Matters

ताजा अपडेट

रावा बेसी गाउँपालिकाका ८० वर्ष माथीका बृद्धबृद्धालाई सम्मान

रावा बेसी गाउँपालिकाका ८० वर्ष माथीका बृद्धबृद्धालाई सम्मान

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ ७ । रावा बेसी गाउँपालिकाका बृद्धबृद्धालाई पेटी र दोसल्लाले सम्मान गरिएको छ । पालिकाका ६ वटै वडाका ८० वर्ष माथीका बृद्धबृद्धालाई कम्मरमा पेटी लगाइदिएर र दोसल्ला ओढाएर सम्मान गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट खरिद गरिएको पेटी र दोसल्लाले अहिले सम्मान कार्यक्रम धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ डुम्रेधारापानीमा केही दिन अगाडि सम्मान गरेर सकिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले जानकारी दिनुभयो । वडा नम्बर ६ हौँचुरमा पनि सम्मान कार्यक्रम भइरहेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । वडा नम्बर १ कुभिण्डेमा सोमबार (आज) बृद्धबृद्धाको घर घरमै पुगेर सम्मान गरिएको वडा सदस्य विशाल राईले बताउनुभयो । यस्तै, वडा नम्बर २ खार्पा र ३ लामिडाँडामा पनि सम्मान कार्यक्रम धमाधम भइरहेको सम्बन्धित वडाध्यक्षहरुको भनाइ छ । पालिकाका भरीमा ८० वर्ष पुरा भएका २ सय ८२ जना बृद्धबृद्ध...
पार्टी प्रतिको अपेक्षा र सुझाव सुन्न खोटाङ कांग्रेस जनताको घरमा जाने

पार्टी प्रतिको अपेक्षा र सुझाव सुन्न खोटाङ कांग्रेस जनताको घरमा जाने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, भदौ ७ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । खोटाङ जिल्लाकालागि केन्द्रिय सदस्य तारामान गुरुङलाई खटाइएको छ । केन्द्रिय सदस्य गुरुङ जिल्ला आएपछि १० गते पार्टी कार्यालयमा बैठक बसेर अभियान सुरु गर्ने जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । जसअनुसार ११ गतेबाट जिल्ला घुम्ने कार्यक्रम सुरु हुने सभापति राईको भनाइ छ । ‘केन्द्रिय सदस्य तारामान ज्यु आएपश्चात हामी एक खालको बैठक बस्छौँ । त्यसपछि जिल्लाका सबै पालिकाका हरेक वडामा, हरेक जनताका घरमा पुग्छ...
खोटाङमा व्यवसायीकरुपमा खुकुरी उत्पादन, अनलाइन डेलिभरी पनि हुने

खोटाङमा व्यवसायीकरुपमा खुकुरी उत्पादन, अनलाइन डेलिभरी पनि हुने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ७ । खोटाङमा व्यवसायीकरुपमा खुकुरी लगायत घरेलु फलामे औजार उत्पादन गर्न थालिएको छ । बराहपोखरी गाउँपालिका–४ धर्तुङ छुलुवारका सेवन राईले फलामे घरयासी सामाग्री उत्पादन गर्ने कारखाना दर्ता गराएर खुकुरी साथै अन्य घरेलु औजारहरु निर्माण गरिरहनु भएको हो । उहाँकी श्रीमती बिमला राईको नामबाट ९ महिना अगाडि घरेलु तथा साना उद्योयक कार्यालय दिक्तेलमा कारखाना दर्ता गराएको उहाँको भनाइ छ । कारखाना दर्ता गराएको करीब ३ महिना पछिबाट रामकुमारी छुलाछा खुकुरी उद्योग कारखाना खोलेर फलामे औजारहरु उत्पादन गरिरहेको उहाँले बताउनुभयो । कारखानामा फलामे सामाग्री उत्पादन तथा निर्माणकालागि खुकुरीको नेपालकै चर्चित जिल्ला भोजपुरबाट दुई जना कालिगड ल्याइएको सञ्चालक राईले बताउनुभयो । ‘विज्ञ दुई जना कालिगड राखेका छौँ, औजार निर्माणकालागि समस्या छैन् । धरानबाट फलाम ल्याएर यहाँ अहिले खुकुरी, खुर्पा, कुटो, कोदालो सबै निर्म...
कविता : सपनामा लेनिनसँग

कविता : सपनामा लेनिनसँग

Banner News 3, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट
  जब दिनको प्रादूर्भावसँगै रवीकिरणहरू धरतीमा टप्ल्याक् टुप्लुक्क देखिन लाग्दै थिए । मेघगर्जनसहितको अविरल वर्षाले मौसम भयानक बनाउदै थियो । म पुँजीवादी पृष्ठभूमिको दोबाटोमा बेचैनी आत्मका अप्रतीत वाणीहरू ओकल्दै– हत्केलाका ठेलाहरू सुम्सुम्याउदै– च्यात्तिएका अर्धनग्न वस्त्रमा अर्पित भैं शिथिल शरीर बोकेर लम्पसार पल्टिरहेको थिएँ । अनायास ! मैले पुर्वी कोणतिर दृष्टिपात गर्न पुगेछु । जहाँ– धुमिल कुनाबाट लाल छाताभित्र ओतिदै– हँसियाहथौडा कम्मरमा भिरेर– उनी– माक्र्सवादी सिद्धान्तका भिटामिनहरू चपाउँदै– एङ्गेल्सका वैचारिक मन्थनहरू गुनगुनाउँदै– सामन्तवादको कठिन मार्ग छिचोल्दै मतर्फ नजिकिरहेका थिए । जसलाई मैले ठम्याइसकेको थिएँ । उनी त म जस्ता किसान र मजदुरहरू का नायक घगडान लेनीन थिए । उनी– नजिक पर्दासमेत म चुपचाप रहे तर प्रफुल्लित थिएँ । उनी स्वयंले मेरो पुँज...
आँगनमा राखेको पानीको भाँडामा डुबेर बालिकाको मृत्यु

आँगनमा राखेको पानीको भाँडामा डुबेर बालिकाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, भदौ ६ । सोलुखुम्बुमा ३ वर्षीया बालिकाको पानीको भाँडामा डुबेर मृत्यु भएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ चौलाखर्क स्थित लोक बहादुर भुजेलकी ३ वर्षकी छोरी सौगात भुजेलको पानीको भाँडामा डुबेर मृत्यु भएको हो । भुजेलको आफ्नै आँगनमा राखिएको पानीको भाँडामा डुबेर छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतार दिउँसो भएको यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
शुभशेर राई स्मृति प्रतिष्ठानलाई परिवारको १६ लाख ९० हजार, ५ जना सम्मानित

शुभशेर राई स्मृति प्रतिष्ठानलाई परिवारको १६ लाख ९० हजार, ५ जना सम्मानित

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ५ । सोर्गीय शिक्षक शुभशेर राईको परिवारले शुभशेर राई स्मृति प्रतिष्ठानलाई रु १६ लाख ९० हजार ९ रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । राईको वार्षिक पुण्य तिथिको अवसरमा आइतबार (आज) जिल्ला समन्व समितिको हलमा कार्यक्रमको आयोजना गरेर परिवारका सदस्यबाट उक्त रकम प्रतिष्ठानलाई हस्तान्त्रण गरिएको हो । वि.स. २००७ सालमा जन्मनुभएका स्व. शिक्षक राईको वि.स. २०७८ साल भदौ ५ गते निधन भएको थियो । ४३ वर्ष लामो समय शिक्षण पेशामा आबद्ध राई नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । स्व. राईको जेठा छोरा देव विक्रम राई अध्यक्ष रहनेगरी शुभशेर राई स्मृति प्रतिष्ठानको स्थापना गर्दै गत साउन ३० गते जिल्ला प्रशासनमा दर्ता गरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कुमार पराजुलीले जानकारी दिनुभयो । प्रतिष्ठानलाई आज परिवारका सदस्यहरुले रकम संकलन गरेर स्व. राईकी श्रीमती जम्मासरी राईको हातबाट ...
एमालेका कारण प्रदेश एकको नाम राख्न सकिएन : खानेपानी मन्त्री राई

एमालेका कारण प्रदेश एकको नाम राख्न सकिएन : खानेपानी मन्त्री राई

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, भदौ २ । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर एकका खानेपानी सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ) ले अहिलेको सरकारको कार्यकाल भित्र प्रदेशको नाम जुर्न कठिन रहेको बताउनुभएको छ । प्रेस सेन्टर खोटाङले बिहिबार (आज) दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री राईले नेकपा एमालेका कारण एक नम्बर प्रदेशको नाम राख्न नसकिएको आरोप लगाउनुभएको छ । पहिले नेकपाको सरकार हुँदा दुई तिहाइ भएपनि एमालेको नेतृत्वले नाम राख्न आनाकानी गरेको उहाँको आरोप छ । ‘प्रदेश एकमा शेरधन राईको नेतृत्वमा नेकपाको सरकार हुँदा दुई तिहाई थियो, प्रदेशको नाम पास गर्न कुनै समस्या थिएन तर एमालेको नेतृत्वले आनाकानी गरेपछि प्रदेशको नाम राख्न सकिएन ।’ मन्त्री राईले भन्नुभयो । पहिचानसहितको नाम राख्न अहिलेको गठबन्धन सरकार लागि परेपनि एमाले कोशी प्रदेश भन...
खोटाङका भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिकालागि निवेदन दिनसक्ने

खोटाङका भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिकालागि निवेदन दिनसक्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २ । खोटाङका भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिकालागि निवेदन दिने समय सुरु भएको छ । राष्ट्रिय भूमि आयोगले नेपालका २ सय ४० स्थानीयतहरुका लागि भदौ १ गते सूचना प्रकाशन गरेको छ । जसमा खोटाङका दश वटै स्थानीय तहहरु रहेका छन् । जिल्लाका सबै पालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडा कार्यालयमा भदौ १ देखि असोज ४ गतेसम्म निवेदन दिनसक्ने आयोगको सूचनामा उल्लेख छ । निवेदन दिन आयोगको केन्द्रिय कार्यालयले सूचना प्रकाशन गरेसँगै जिल्ला कार्यालय खोटाङले बिहिबार (आज) समन्वय समितिको हलमा पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा बोल्दै भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राईले पालिका र वडाहरुमा सहजिकरण समिति निर्माणका लागि ताकेता गरिरहेको बताउनुभएको छ । आयोगको नीति अनुसार सम्बन्धित पालिका प्रमुख संयोजक रहनेगरी पालिका स्त...
विजयखर्कको मालामा शाखा वडा कार्यालय स्थापना

विजयखर्कको मालामा शाखा वडा कार्यालय स्थापना

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कको मालामा शाखा वडा कार्यालय स्थापन भएको छ । वियजखर्क वडाले साविकका वडाहरु १ र २ का नागरिकलाई सहजताका लागि मालामा शाखा वडा कार्यालय स्थापना गरिएको वडाध्यक्ष राम बहादुर कटुवालले जानकारी दिनुभयो । उक्त क्षेत्रका नागरिकलाई वडा कार्यालय बसेरीसम्म आउन डेड देखि २ घण्टासम्म समय लाग्छ । जसकारण साविकका दुई वडालाई समेट्ने गरी पञ्चकन्य माध्यमिक विद्यालयको खाली भवनबाट महिनाको ५ दिन सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको वडाध्यक्ष कटुवालले बताउनुभयो । प्रत्येक महिनाको १ गते र प्रत्येक सोमबार उक्त ठाउँबाट वडाले दिने सबै सेवा प्रदान गरिने उहाँको भनाइ छ । ‘विजयखर्कको सबै भन्दा धेरै जनसंख्या भएको साविक १ र २ नम्बर वडा हो, तर उनिहरुलाई नै वडा कार्यालय आउन सबै भन्दा टाढा छ । त्यहाँका जनताको अत्याधिक माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले सोही ठाउँबाट ...
सवारी साधन कारबाहीबाट खोटाङ ट्राफिकले एक वर्षमा ४९ लाख राजस्व उठायो

सवारी साधन कारबाहीबाट खोटाङ ट्राफिकले एक वर्षमा ४९ लाख राजस्व उठायो

अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १ । सवारी साधन कारबाहीबाट खोटाङ ट्राफिकले एक वर्षमा रु ४९ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थीक वर्ष २०७८/७९ मा ६ हजार ८ सय ५० सवारी साधन कारबाहीमा पर्दा रु ४९ लाख ८७ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय दिक्तेलले जानकारी दिएको छ । सबैभन्दा धेरै मोटरसाइकलबाट राजस्व उठेको छ । एक वर्ष भरीमा ३ हजार ६६ वटा मोटर साइकल कारबाहीमा परेका छन् । जसबाट २३ लाख ९५ हजार राजस्व उठेको छ । दोस्रो धेरै कारबाही पर्नेमा कार, जीप र भेन रहेका छन् । २ हजार २ सय २७ वटा कार, जीप र भेन कारबाहीमा पर्दा १४ लाख ६८ हजार राजस्व उठेको छ । यस्तै ६ सय ८३ ट्रक कारबाहीबाट ४ लाख ९२ हजार, ५ सय ९ ट्याक्टर कारबाहीबाट ४ लाख १३ हजार, १ सय ९ वटा टेम्पो कारबाहीमा पर्दा ७९ हजार ५ सय, १ सय ३ वटा बस कारबाहीमा पर्दा ७६ हजार ५ सय र अन्य विभिन्न ७१ वटा मेसिन तथा सवारी साधन कारबाहीमा पर्दा ६३ हजार ५ सय राजस्व स...