दिक्तेल रुपाकोट मझुवागढीमा समाजवादी विद्यार्थी युनियनको संगठन विस्तार तीव्र
खोटाङ, चैत ९ । जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संगठन विस्तारको कार्य तीव्र पारेको छ । चैत १२ गते सदरमुकाम दिक्तेलमा हुने विद्यार्थी र युवाको नगर सम्मेलनलाई मध्यनजर गर्दै संगठन विस्तारलाई तीव्र पारिएको समाजवादी विद्यार्थी युनियन प्रदेश १ का मुख्यसचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।
संगठन विस्तार अभियान अन्तर्गत आज जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा कक्षा १२ का तीन संकायमा फरक फरक संगठन निर्माण गरिएको छ ।
समाजवादी विद्यार्थी युनियन प्रदेश १ का अध्यक्ष रबिन खम्बुको उपस्थितिमा शिक्षा संकायमा साइँला राईको अध्यक्षतामा ५८ सदस्यीय समिति निर्माण गरिएको छ । यस्तै मानविकी संकायमा विशाल विश्वकर्माको अध्यक्षतामा ४७ सदस्यीय र व्यवस्थापन संकायमा लोकेन्द्रबहादुर कार्कीक...









