Wednesday, April 29News That Matters

Banner News 1

खोटाङमा आज एकै दिन ३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि

खोटाङमा आज एकै दिन ३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि

Banner News 1, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ ११ । खोटाङमा आज एकै दिन ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको बिभिन्न ठाउँका ८६ जनामा एन्टिजेन परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । जिल्लामा केही दिन यता कोरोना भाइरसका संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । आज पुराना संक्रमित एक जना पनि निको नहुँदा नयाँ ३४ जना संक्रमित थपिएका हुन । यो सँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या १ सय ४७ पुगेको छ । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनिहरु होम आइसोलेशनमा रहेका स्वाथ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो । यो पनि , https://rupakotkhabar.com/?p=3042, कर्मचारी संक्रमित भएपछि खोटाङका दुई पालिकामा नियमित सेवा बन्द...
खोटाङमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघ्यो

खोटाङमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघ्यो

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १० । खोटाङमा कोरोनाका भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघेको छ । जिल्लामा हिजो ९४ जना सक्रिय संक्रमित थिए । आज १९ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या १ सय १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । आज जिल्लाका बिभिन्न ठाउँमा ६७ जनाको एन्टिजेन परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । नमुना परिक्षण गरिएको मध्ये २८.३९ प्रतिशतमा कोरोना देखिएको छ । जिल्लाका हाल सम्म ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण १५ जनाको ज्यान गएको छ भने ३ हजार ४४ जनाले कोरोना परास्त गरेका छन ।...
तुवाचुङ साप्ताहिकद्वारा ९ जना पत्रकारसहित १३ जनालाई पुरस्कार प्रदान

तुवाचुङ साप्ताहिकद्वारा ९ जना पत्रकारसहित १३ जनालाई पुरस्कार प्रदान

Banner News 1, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ ८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई आधारभूमि बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले १३ जनालाई पुरस्कृत गरेको छ । पत्रिकाले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा जिल्लामा कार्यरत ९ जना पत्रकार, एक जना शिक्षक, एक जना समाजसेवी, पत्रिकाका सीईओ र पूर्व प्रबन्ध निर्देशकलाई जनही १५ हजार नगदसहित प्रमाणपत्रले विभिन्न शीर्षकमा पुरस्कृत गरेको हो । पत्रिकाले पत्रकार उजुर राईलाई प्रेमबहादुर राई–हीरामाया राई–तुवाचुङ साप्ताहिक पुरस्कार तर्फको पुरस्कार प्रदान गरेको छ । यस्तै स्व. मेघराज राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार भीम राईलाई, स्व. हिमालशेर राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार डम्बरसिं राईलाई, हलेसी तुवाचुङ नगरपालिका–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार दिलीप खत्रीलाई प्रदान गरिएको छ । यस्तै स्व. इन्द्रशेर राई–गउनसरी राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार हरिबोल आचा...
खोटाङमा एकैदिन २७ जना कोरोना संक्रमित थपिए

खोटाङमा एकैदिन २७ जना कोरोना संक्रमित थपिए

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ६ । खोटाङमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । जिल्लमा आज एकैदिन २७ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको नियमित कोरोना अपडेटमा ३८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको २७ जनाको छुट्टै एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण देखिएको हो । योसहित जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६१ पुगेको छ । संक्रमित सैब होम आइसोलेसनमा रहेका बताइएको छ । जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । प्रशासनले २५ जनाभन्दा धेरै भेला हुने सबै खालका भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ भने माघ ७ गतेदेखि सार्वजनिक निकायका सेवा लिन कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । यसैबीच जिल्ला प्रशासनले राष्ट्रिय परिच...
छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । छुट्टाछुट्टै जबरजस्ती करणीको मुद्दामा खोटाङमा दुई पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र सोही नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हिङमाङले पुस २५ गते बेलुका ५ बजे दोर्पा चिउरीडाँडाकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । छिमेकीको घरमा पितृ कार्य (श्राद्ध) को निम्तो मानेर घर फर्कँदै गर्दा एक्लै भएको मौका छोपेर किशोरीलाई डर धम्की देखाई जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा आएको जाहेरीका आधारमा हिङमाङ बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, खोटाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गोप्य रूपमा खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा दोर्पा चिउरीडाँडाबाटै बुधबार उनलाई पक्राउ गरेको हो । यस्तै राईले पुस ३० गते बिहान ११ बजे पा...
विकास निर्माणमा भएको ढिलासुस्तीप्रति एमाले खोटाङको ध्यानाकर्षण

विकास निर्माणमा भएको ढिलासुस्तीप्रति एमाले खोटाङको ध्यानाकर्षण

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललगायत । खोटाङ, माघ ४ । नेकपा एमाले खोटाङले विकास निर्माणमा भएको ढिलासुस्तीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा सञ्चालित सडक, पुल, भवन, खानेपानी आयोजना र कार्यालयहरूको सेवा प्रवाहमा देखिएको लापरबाही र ढिलासुस्ती अन्त्य गर्न माग गर्दै एमालेले आज प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमालेले खोटाङ र उदयपुरको सिमाना फोक्सिङ्टारमा निर्माणधीन मोटरेबल पुल, महुरे–फोक्सिङ्टार–गाईघाट सडक, दिक्तेल अस्पताल चौक–खानीडाँडा आहाले सडक, हुर्लुङ जाल्पा–ऐँसेलुखर्क– बाक्सिला सडक, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पङ्घ–लप्से मोटरेबल पुल लगायतका पुलहरू, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको निर्माणाधीन सेखुवा सडक तत्काल निर्माण सम्पन्न गर्न माग गरेको छ । यस्तै ...
जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुँदै

जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुँदै

Banner News 1, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
राजकुमार भट्टराई (सरगम)- खोटाङ, पुस २८ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । वराहपोखरी गाउँपालिकाको बङ्सिलादेखि देविस्थान, चिसापानी हुँदै खोटेहाङसम्मको सडक एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोग र जन्तेढुंगा गाउँपालिकाको समन्वयमा कालोपत्रे हुन लागेको हो । जिल्लाकै विकट मानिने जन्तेढुंगा गाउँपालिकामा सडकको ट्रयाक खोलिए पनि बर्खाको समयमा सवारी साधन ठप्प हुने गरेको छ । गाउँपालिकाको दुई वर्षदेखिको पहलमा सडक कालोपत्रे हुन लागेको गाउँपालिकाका रोजगार संयोजक विज्ञान राईले जानकारी दिनुभयो । ट्रयाक खोलिसकिएको उक्त सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे हुने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । अबको एक माहिनाभित्रमा ठेक्का प्रक्रिया टुगिंने र काम सुरु हुने उहाँको भनाइ छ । प्रति किलोमिटर ७ करोड लागत लाग्ने गरी तयार भएको डीपीआर अनुसार जम...
भोली देखि माघ १५ गते सम्म नेपालका सबै विद्यालय बन्द

भोली देखि माघ १५ गते सम्म नेपालका सबै विद्यालय बन्द

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
पुस २५ । माघ १५ गतेसम्मका लागि नेपालका सबै विद्यालय बन्द हुने भएका छन । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । प्रवक्ता नेपालका अनुसार यो निर्णय भोलिदेखि नै लागू हुने छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उहाँको भनाई छ । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।...
नाङलोमा पसल थापेको पार्टी हैन एमाले, पोलिटव्युरो सदस्य भट्टराई

नाङलोमा पसल थापेको पार्टी हैन एमाले, पोलिटव्युरो सदस्य भट्टराई

Banner News 1, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २३ । नेकपा एमाले नाङलोमा पसल थापेको पार्टी नभएको एमालेका पोलिटव्युरो सदस्य, संसदीय दलका प्रमुख सचेतक एवं खोटा जिल्लाका संघीय सांसद विशाल भट्टराईले बताउनु भएको छ । नेकपा एमालेको सातौँ खोटाङ जिल्ला अधिवेशन उद्घाटनसत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै भट्टराईले यस्तो बताउनु भएको हो । देशकै ठुलो र वैचारिक पार्टी नेकपा एमाले रहेको कारण केहि ब्यक्ति छुट्टिएर गएपनि एमाले सधै पहिलो पार्टी बनिरहने उहाँको भनाई छ । एमालेलाई हराउने उद्स्यले माधव नेपालले निर्माण गरेको पार्टी राजनितिक पार्टीनै नरहेको उहाँको टिप्पणी छ । यस्तै बिचार बिनाको एमालेको बिरुद्धमा मात्र लाग्न बनाईएको गठबन्धन धेरै नटिक्ने पनि उहाँको दावी छ । देशमा संघीयता ल्याने योजना एमालेको रहेको र संघीयता आएपश्चात जनतालाई ठुलो राहत मिलेको पनि उहाँले बताउनु भयो । केहि ब्यक्तिले सिंह आएको तर सिंहदरबार नआएको भनेर टिप्पणी गरेपनि स्थानीय ...
पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङमा यहि पुस २५ गते भित्र कोरोना बिरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई लगाइसकिने भएको छ । सोहि योजना अनुसार हाल जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भेरोसेल, एष्ट्राजेनिका कोभिशिल्ड गरी तिन प्रकारको खोप जिल्ला भित्रिएकोमा हाल सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ५२ हजार ३ जनाले पुर्ण मात्रा खोप लगाएका छन । २५ गते भित्र सबै नागरिकलाई पहिलो मात्रा खोप लगाइसकिने योजना रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । जिल्लामा अहिले १२ देखि १७ बर्षका बालबालिकालाई लगाइने मोर्डना खोप कार्यक्रम पनि सञ्चालन भईरहेको उहाँको भनाई छ । जिल्लाको रावाबेसी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा, बराहपोखरी, साकेला, ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा खोप कार्यक्रम सम्पन्न भइसकेको छ ...