Sunday, October 25News That Matters

Banner News 2

हलेसी तुवाचुङको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज

हलेसी तुवाचुङको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । नगरले निर्माण गरेको शिक्षा ऐन, शिक्षा ऐन २०२८ सँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालमा असार २४ गते शुझबार बसेको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ । जसअनुसार स्थानीय तहहरुले शिक्षा ऐन निर्माण गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले पनि आफ्नो छुट्टै नगर शिक्षा ऐन २०७६ निर्माण गरेर लागु गरेको छ । उक्त ऐन, शिक्षा ऐन २०२८ सँग बाझिएको भन्दै अखिल नेपाल शिक्षक संघ खोटाङको हकमा इच्छराम राईले करीब एक वर्ष अघि नगरको शिक्षा ऐन नै खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । राईले नगरपालिकाको शिक्षा ऐन निर्माण भएसँगै गरिएका सबै कामहरु बदर गरीपाउ भन्दै...
हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले गरे खोटाङ प्रहरीलाई सम्मान

हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले गरे खोटाङ प्रहरीलाई सम्मान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले खोटाङ प्रहरीलाई सम्मान गरेका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरीमा बस्दैआउनुभएकी ७७ वर्षीय तुलसा खड्काको हत्या अभियोगका दोषीलाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले आज प्रहरीलाई सम्मान गरेका हुन् । गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातीले हजुरमालाई साथमा लिएर सुनसरीबाट २६ वैशााखमा खोटाङतर्फ हिँडेका थिए । तर नातीसँगै हिँडेकी तुलसाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी बगरमा खाल्डोभित्र शंकास्पद र सडिसकेको अवस्थामा फेला परेको थियो । घटना पश्चात फरार रहेका नाती निरबहादुर खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपालभारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा प...
हलेसी तुवाचुङ : चाम्लिङ भाषा र लोपोन्मुख तिलुङ भाषा विद्यालयमा पठनपाठन सुरु

हलेसी तुवाचुङ : चाम्लिङ भाषा र लोपोन्मुख तिलुङ भाषा विद्यालयमा पठनपाठन सुरु

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, असार २१ । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिए पश्चात स्थानीय तहले शिक्षा ऐन बनाएका छन् । ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ । हराउन लागेका अर्थात लोपोन्मुख अवस्थामा रहेका भाषा संरक्षण तथा सम्वद्र्धनमा नगरपालिका जुटेको हो । नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । भाषा आयोगले तिलुङ भाषालाई नेपालको लोपोन्मुख भाषा घोषणा गरेको छ । लोपोन्मुख भाषा संरक्षणकालागि भाषा आयोगसँगको समन्वयमा हलेसी तुवाचुङ नगरपालिकाले लगानि गरेर यस अघि बाटै अनौपचारिक रुपमा तिलुङ भाषा पठनपाठन गरिरहेको थियो । भर्खरै मात्र तेस्रो चरणको ४५ दिने कक्षा...
हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा

हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १८ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा भीषण पहिरो गएको छ । शुक्रबार साँझबाट परेको अभिरल वर्षाका कारण रातको समयमा करीब ५ सय मिटर लामो भीषण पहिरो गएको हो । पहिरो अझै पनि निरन्तर गइरहेको स्थानीयको भनाइ छ । पहिरोले बलराम खत्रीको घर बगाएको छ । घरमा मानिस नरहेका कारण मानवीय क्षेती भने भएको छैन् । भैरब बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ । भैरब राई, हरी राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । कार्कीले भन्नुभयो, “पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै करीब १० घर उच्च जोखिममा छन् । त्यसैले जोखिममा परेका घरका मानिसहरुलाई अन्यन्त्र सार्ने सोँचमा छौँ ।”  ...
खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १६ । खोटाङमा ५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सीलाका १६ वर्षिय बालक पक्राउ परेका हुन् । उनि बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन् । उनले सोही गाउँकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप छ । बालिका आफ्नै घरमा खेलिरहेको अवस्थामा ललाई फकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्तीकरणी गरिरहेको अवस्थामा बालिकाको आमाले देखेपछि बालक फरार भएका थिए । परिवारले प्रहरीलाई खबर गर्नसाथ खटिएको बाक्सीला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहिबार (आज) बिहान २ बजे राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेका बालकलाई जबरजस्तीकरणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी कार्यालयको निगरानी कक्षामा राखेर थप अनुसन्धान भइरहेको सूचना अ...
रावा बेसी : ३८ करोड ३९ लाख रुपैयाँको बजेट पारित, ४५ वर्ष माथिका विधुर पुरुषलाई भत्ता दिने

रावा बेसी : ३८ करोड ३९ लाख रुपैयाँको बजेट पारित, ४५ वर्ष माथिका विधुर पुरुषलाई भत्ता दिने

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १० । रावा बेसी गाउँपालिकाले आर्थीक वर्ष २०७९/८० का लागि ३८ करोड ३९ लाख २ हजार २३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र हरमटारमा आज सम्पन्न ११ औँ गाउँसभाबाट गाउँपालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले पेस गर्नुभएको निती तथा कार्यक्रम र उपाध्यक्ष कौशिला कुमारी गुरुङले पेस गर्नुभएको उक्त बजेट पारित भएको हो । उपाध्यक्ष गुरुङले पेस गर्नुभएको बजेटमा गाउँपालिकाको आन्तरिक आयबाट प्राप्त रु ४० लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त राजश्व बाडफाँड रु ७ करोड १२ लाख ९३ हजार २३ अनुमान गरिएको छ भने संघीय सरकार वित्तिय समानिकरण अनुदान रु ८ करोड ३९ लाख र संस्थाहरुसँगको साझेदारी कार्यक्रमको लागि रु १ करोड ५० लाख रकम विनियोजन भएको छ । वडाकालागि पूजिँगत योजनामा रु १ करोड ५० लाख विनियोजन भएको छ । निती तथा कार्यक्रम रावा बेसी गाउँपालिकाले आगामि आर्थीक वर्...
केपिलासगढी गाउँपालिका : आगामि बजेट बारे सबै राजनीतिक दल र संघ संस्थासँग छलफल

केपिलासगढी गाउँपालिका : आगामि बजेट बारे सबै राजनीतिक दल र संघ संस्थासँग छलफल

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ७ । केपिलासगढी गाउँपालिकाले आगामि बजेट बारे सबै राजनीतिक दल र संघ संस्थासँग छलफल गरेको छ । आर्थीक वर्ष २०७९/०८० को बजेट ल्याउन लागेको गाउँपालिकाले आज विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, समाजसेवी ब्यापारी लगायत सरोकारवालाहरुसँग गलफल गरेको हो । आगामि आर्थीक वर्षकालागि गाउँपालिकाले के कस्ता कार्यक्रम सञ्चालन गर्ने र कस्ता योजनालाई छनोट गर्ने भन्ने विषयमा छलफल भएको गाउँपालिकाले जनाएको छ । छलफलमा उपस्थित प्रतिनिधिहरुले कृषि, स्वास्थ्य, शिक्षा र सडक पुर्वाधारलाई विशेष ध्यान दिएर बजेट निर्माण गर्न सुझाव दिएका छन् । बजेटले भ्याएसम्म सबैका सुझाव र नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै आर्थीक वर्ष २०७९/०८० को कार्यक्रम नीति तथा कार्यक्रम ल्याएर केपिलासगढी गाउँपालिकालाई नमुना स्थानीय निर्माण गर्ने पालिका अध्यक्ष समिर राईले बताउनुभयो ।...
हलेसी तुवाचुङ : कक्षा १ देखि ९ सम्मको परिक्षा नगरपालिकाले लिने

हलेसी तुवाचुङ : कक्षा १ देखि ९ सम्मको परिक्षा नगरपालिकाले लिने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परिक्षा नगरले लिने निर्णय गरेको छ । विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनकालागि नगर कै मातहतमा परिक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकालले जनाएको छ । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परिक्षण गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ । त्यसैले आगामि दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसईई) जस्तै परिक्षा सञ्चालन गरिने सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १ बाहुनिडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभयो । कक्षा १ देखि ९ सम्मकालागि नै प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ । परिक्षाको समयमा पनि हरेक विद्यालयमा फरक विद्यालयका शिक्षक परिक्षा नियन्त्रक बनाएर परिक्षा सञ्चालन गरिने छ भने उत्तरपुस्तिका पनि नगरपालिकाकै मातहतमा परिक...
लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ५ । खोटाङको रावा बेसी गाउँपालिका–३ लामिडाँडाको खेल मैदान व्यक्तिको नाममा रहेको पाइएको छ । सुरुमा संस्थाको नाममा जग्गा नामसारी गर्दिने भनेर मैदान निर्माण गरेपनि हाल सम्म व्यक्तिकै नाममा जग्गा रहेको खुलेको हो । लामिडाँडा स्थित पात्लेमा खेल मैदान निर्माण भइरहेको छ । प्रदेश नम्बर १ सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेको मैदानको हालसम्म सम्याउने काम सकिएको छ । यस्तै मैदानको तलबाट तारजालीको ग्याबिङ र मैदान अगाडि पनि केही ठाउँमा सिमेन्ट प्लास्टर गरेर माथी उठाउने काम भएको छ । दुई आर्थीक वर्षमा २०/२० लाख गरी जम्मा ४० लाख लगानी भइसकेको मैदानको जग्गा अझै व्यक्तिकै नाममा रहनु शङ्कास्पद रहेको स्थानीयको भनाइ छ । मैदान निर्माण भइरहेको जग्गा केशर बहादुर श्रेष्ठको नाममा रहेको छ । श्रेष्ठको अगाडिनै मृत्यु भइसकेको हो भने जग्गा उहाँको कान्छा छोरोले खेल मैदानकोलागि निशुल्क प्रदान गर्ने घोषणा ...
हलेसी तुवाचुङ : जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम सम्बन्धि विज्ञद्वारा अभिमुखिकरण

हलेसी तुवाचुङ : जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम सम्बन्धि विज्ञद्वारा अभिमुखिकरण

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिलाई वार्षिक नीति तथा कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । निति तथा कार्यक्रम समबन्धि विज्ञ बिके महर्जनले जनप्रतिनिधिहरुलाई आज भर्चुअल माध्यमबाट अभिमुखिकरण तालिम प्रदान गर्नु भएको हो । महर्जचनले भर्चुअल माध्यमबाट अभिमुखिकरण गरेपश्चात नगरपालिकाका प्रमुख विमला राई, उप–प्रमुख रमेश कुमार राउत र निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि किरण आचर्यले पनि अन्य जनप्रतिनिधिलाई भौतिक उपस्थितीमा अभिमुखिकरण गर्नुभएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा के कस्ता कार्यक्रमहरु समेट्ने, कस्ता कार्यक्रमलाई प्रथामिकता दिने लगायतका विषयमा तालिम प्रदान भएको प्रवक्ता गिरीले बताउनुभयो ।  गिरीले भन्नुभयो, “प्राय जनप्रतिनिधिहरु नयाँ छौँ । निर्वाचित भएको केही समय मात्रै भ...