१० दिनमै हलेसी मन्दिरको भेटी करिब ७ लाख
खोटाङ, चैत ३० । त्रिधार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा झण्डै ७ लाख रुपैयाँ भेटी संकलन भएको छ । १९ देखि २८ चैतसम्म मन्दिर दर्शन तथा अवलकोनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ६ लाख ७२ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
यस अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ४ लाख ६८ हजार २ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ८० हजार ९ सय ५०, बसाहा गुफाको दानपेटिकाबाट ९३ हजार ९ सय ८० रुपैयाँ भेटी संकलन भएको छ । यस्तै शिवरात्री र रामनवमी मेलामा चढाइएको चामल बिक्रीबाट २५ हजार २ सय र ढ्याक्के सटहीबाट ३ हजार ९ सय रुपैयाँ संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो ।
भेटीबापतको आम्दानीबाट विद्युत र पानीको महसुल, नौमती बाजा बजाउँदा, रामनवमी मेलामा खटाइएका अस्थायी कर्मचारीको तलबभत्ता, दूध, दही, खाजा, भेटी गणना लगायतमा गरी. १ लाख ३ हजार...









