Sunday, October 25News That Matters

Banner News 2

खोटाङमा आज एकैदिन ४८ जना कोरोना संक्रमणमुक्त

खोटाङमा आज एकैदिन ४८ जना कोरोना संक्रमणमुक्त

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ २७ । खोटाङमा आज एकैदिन ४८ जना कोरोना संक्रमित निको भएका छन् । केही समयअघि संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका उनीहरू संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । यस्तै जिल्लामा आज ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्थानमा गरिएको १०० जनाको एन्टिजेन परीक्षणमा ४ जनामा मात्र संक्रमण देखिएको हो । जिल्लामा पछिल्लो समय निरन्तर दैनिक थपिने संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढिरहेको छ । यसले सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । अघिल्लो दिनसम्म सक्रिय संक्रमितको संख्या १ सय ६६ रहेको जिल्लामा आज थपिएकासहित यो संख्या १ सय २२ मा झरेको छ । संक्रमित सबैको अवस्था सामान्य रहेकाले उनिहरु होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।...
शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर यादवमाथि हातपात र दुव्र्यवहार

शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर यादवमाथि हातपात र दुव्र्यवहार

Banner News 2, अर्थ, राजनीति
खोटाङ, माघ १७ । शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर पवनकुमार यादवमाथि हातपात र दूव्र्यवहार भएको छ । रकम हिनानिमा आरोपमा विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित यादवमाथि हातपात गरेका हुन् । सब–इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोप लगाउँदै सोमवार दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो १ बजेतिर मास्क लगाएर नचिनिने गरी कार्यालयमा आएका १० जना युवाले नाराबाजीसहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताउनुभयो । हातपातपछि विद्यार्थी युनियनले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्तिसमेत टाँसेको छ । युनियनका संयोजक एकराज राईद्वारा हस्ताक्षरित विज्ञप्त...
स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियु खोटाङको माग

स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियु खोटाङको माग

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ १७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले स्थानीय तह चुनावको मिति यथाशीघ्र घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षणपत्र पठाउँदै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई ध्यानकर्षणपत्र पठाउँदै अनेरास्ववियुले जनताको स्वच्छ जनमतबाट नभई अदालतको परमादेशबाट बनेको अप्राकृतिक गठबन्धनको सरकारले संविधानको वस्तुगत भावना र मर्मविपरीत स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरेर नेपाली जनताको आन्दोलनबाट प्राप्त मुलुकको संघीयतालाई नै कमजोर बनाउने दुस्प्रयास गरिरहेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनताको हक अधिकारलाई हनन गरेर लोकतान्त्रमाथि निर्मम प्रहार ग...
ऐँसेलुखर्क वडा कार्यालय र एक विद्यालयमा तोडफोड

ऐँसेलुखर्क वडा कार्यालय र एक विद्यालयमा तोडफोड

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, माघ १४ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा वडा कार्यालय र विद्यालयको ताला तोडफोड भएको छ । ३ नं. वडा कार्यालय ऐँसेलुखर्क र सोही वडाको भस्मे सिरानटोलस्थित त्रिभुवन माध्यमिक विद्यालयको ताला तोडफोड भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गए राति अज्ञात समूहले वडा कार्यालय र विद्यालयको ताला तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । वडा कार्यालयको घेराबाराको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको भौतिक सामानहरु भने सुरक्षित छन । वडा कार्यालयले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कमा उजुरी दिएको छ । यस्तै विद्यालयको मूल ढोका र तीन वटा द...
कर कार्यालय खोटाङको राजश्व संकलन लक्ष्यभन्दा २८ प्रतिशत कम

कर कार्यालय खोटाङको राजश्व संकलन लक्ष्यभन्दा २८ प्रतिशत कम

Banner News 2, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, १२ माघ । करदाता सेवा कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । कार्यालयले राजश्व विभागबाट साउनदेखि पुस मसान्तसम्मको अवधिमा ७ करोड ५१ लख ४२ हजार राजश्व संकलनको लक्ष्य पाएको थियो । त्यसमध्ये ५ करोड ३९ लाख ७४ हजार मात्र संकलन गर्न सकेको हो जुन लक्ष्यभन्दा २८ दशमलव १७ प्रतिशत कम हो । कर अधिकृत हरि आचार्यका अनुसार आयकर, मूल्य अभिवृद्धि कर, ब्याज कर, अन्तःशुल्क र घरबहाल करबापत उक्त रकमको राजश्व संकलन भएको हो । स्थानीय तह गठनपछि व्यक्तिगत घरबहाल कर स्थानीय तहमै दाखिला हुन्छ भने प्राइभेट निकायको १० प्रतिशत  घरबहाल कर मात्र कार्यालयमा जम्मा हुने गरेको छ । पूँजीगत खर्चमा कमी, करदाताको विवरण संशोधनमा ढिलाइ, आर्थिक वर्षको सुरुवाती चरणमा कोभिड–१९ महामारीले कारोबार प्रभावित हुनुुलगायत कारणले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको आच...
१० बर्षमा खोटाङको जनसंख्या ३० हजारले घट्यो

१० बर्षमा खोटाङको जनसंख्या ३० हजारले घट्यो

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ १२ । खोटाङको जनसंख्या घटेको छ । केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक विवरणले जिल्लाको जनसंख्या घटेको देखाएको हो । विभागका अनुसार २०६८ को जनणनामा २ लाख ६ हजार ३ सय १२ जनसंख्या रहेको थियो । २०७८ को गणना अनुसार जिल्लामा जनसंख्या १ लाख ७५ हजार ३ सय ४० रहेको छ । विभागको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा जिल्लामा ३० हजार ९ सय ७२ जनसंख्या घटेको देखिन्छ । जिल्लाको जनसंख्या वृद्धिद्धर ऋणामत्क रहेको विभागले जनाएको छ । जसअनुसार जिल्लाको जनसंख्या वृद्धिद्धर माइनस १ दशमलव ५६ (–१.५६) प्रतिशत रेहको छ । विभागले खोटाङसहित देशका ५ जिल्लाको जनसंख्या वृद्धिद्धर ऋणात्मक रहेको विवरण सार्वजनिक गरेको छ । जसमा क्रमशः सबैभन्दा धेरै रामेछापको माइनस १.६५, खोटाङको माइनस १.५६, मनाङ र भोजपुरको समान माइनस १.३२ र तेह्रथुमको माइनस १.२६ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक रहेको विभागको प्र...
माओवादीले खोटाङका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज तोक्यो

माओवादीले खोटाङका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज तोक्यो

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ १२ । जिल्ला नेतृत्व परिवर्तनसँगै नेकपा (माओवादी केन्द्र) ले खोटाङका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज पनि टुंगो लगाएको छ ।  माओवादी केन्द्र प्रदेश १ समितको हिजो विराटनगरमा बसेको बैठकले यसअघिका जिल्ला समन्वय समिति संयोजक देवान किराँती ‘पृथ्वी’ १ नं. प्रदेश समिति उपाध्यक्षमा निर्वाचित भएपछि जिल्ला संयोजकमा दीपक पाण्डे ‘आकाश’ र सचिवमा जीवन राई ‘सँगीन’ लाई चयन गरेको थियो । त्यसको भोलिपल्टै आज पार्टीले जिल्लाका १० वटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी पनि तोकेको हो । जिल्ला संयोजक पाण्डेलाई केपिलासगढी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा होमकाजी आचार्य ‘विनोद’ तथा सह–इन्चार्जमा विकाश राईलाई जिम्मेवारी दिइएको छ भने हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ चयन हुनुभएको छ । यसैगरी ऐँसेलुख...
बुवालुङमा अनियमितता भएको भन्दै गठबन्धनको निरीक्षण

बुवालुङमा अनियमितता भएको भन्दै गठबन्धनको निरीक्षण

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ ११ । खोटाङको दिक्तेल रुपाकोठ मझुवागढी नगरपालिका–८, बुवालुङमा सञ्चालित विभिन्न योजनामा अनियमितता र ढिलासुस्ती भएको भन्दै गठबन्धन दलले चासो देखाएको छ । बुवालुङस्थित मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको सडक निर्माण गुणस्तरहीन भएको, अन्नपूर्ण माध्यमिक विद्यालयको सिँढी तथा पर्खाल निर्माणमा अनियमितता भएको, एकीकृत बस्ती निर्माण अलपत्र परेकोलगायत विषयमा जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी परेपछि गठबन्धनले मंगलबार ती योजनाको स्थलगत निरीक्षण गरेको हो । स्थलगत निरीक्षणका क्रममा योजना निर्माणको जिम्मा पाएको उपभोक्ता समिति र विद्यालय प्रशासनका प्रतिनिधिलाई भेटेर ध्यानाकर्षण गराइएको नेपाली कांग्रेस खोटाङका उभसभापति तीर्थराज भट्टराईले बताउनुभयो । अनुगमनका क्रममा बुवालुङमा गठबन्धनको बैठक बसेर अनुगमनबाट देखिएको वास्तविकताको प्रतिवेदन जिल्ला प्रशासनमा बुझाउने निर्णय गरिएको भट्टराईको भनाइ...
दुवै मिर्गौला फेल भएकी बालिकाको उपचारार्थ पाँच लाख बढी सहयोग जुट्यो

दुवै मिर्गौला फेल भएकी बालिकाको उपचारार्थ पाँच लाख बढी सहयोग जुट्यो

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ ११ । खोटाङको खोटेहाङ गाउँपालिका–४, बडकादियाले, नौलाकी दुवै मिर्गौला फेल भएकी १४ वर्षीया बालिका कविता विश्वकर्माको उपचारका लागि ५ लाख बढी आर्थिक सहयोग जुटेको छ । दुवै मिर्गौला फेल भएपछि बालिका कविताको गत मंसिर ९ गतेदेखि शिक्षण अस्पताल महारागञ्ज, काठमाडौँमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाव भएपछि पुस ५ गतेबाट सञ्चालित ‘कविता विश्वकर्मा बचाऔँ’ अभियानमार्फत ५ लाख २१ हजार ३ सय १८ रुपैयाँ आर्थिक सहयोग जुटेको हो । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माविमा कक्षा ९ मा अध्ययनरत बालिका कविताको उपचारार्थ विद्यालय परिवार, सोही विद्यालयका पूर्व विद्यार्थी, सरकारी तथा गैरसरकारी संघ संस्था, देश तथा विदेशमा रहेका नेपालीलगायतले आर्थिक सहयोग गरेका हुन् । अभियन्ता वराहपोखरी गाउँपालिका–१ स्थित शंखेश्वरी माविका पूर्व शिक्षक तथा हाल सुनसरीको इनरुवा नगरपालिका–६, मधेशास्थित ज...
खोटाङमा किवी उत्पादन बढ्यो

खोटाङमा किवी उत्पादन बढ्यो

Banner News 2, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ १० । खोटाङमा किवी उत्पादन बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १३.१५ मेट्रिक टनले किवी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । ज्ञान केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो वर्ष जिल्लामा २०.३५ मेट्रिक टन किवी उत्पादन भएको थियो । यो वर्ष उत्पादन बढेर ३३.५ मेट्रिक टन ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । किवीको बोटमा हरेक वर्ष फल बढ्दै जाने उहाँको भनाइ छ । साथै यो वर्ष खेतीमा क्षेत्र विस्तार पनि भएकाले उत्पादन बढेको उहाँले बताउनुभयो । हरेक वर्ष किवी खेतीमा क्षेत्र विस्तारसँगै उत्पादनमा वद्धि हुँदै गएप नि बजारीकरणमा भने समस्या रहेको कृषक बताउँछन् ।...